Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 12:22-51

22 हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन। 23 जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ। 24 तिमीहरूले यो आदेश याद राख्नुपर्छ। यो नियम सदा-सर्वदा तिम्रा सन्तानहरूको निम्ति हुनेछ। 25 तिमीहरू जब परमप्रभुले दिनु भएको भूमिमा जानेछौ तिमीहरूले यो चाड़ पालन गर्नुपर्छ। 26 जब तिमीहरूका नानीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन हामी यो चाड़ मनाउछौं?’ 27 तब तिमीहरूले जवाफ दिनेछौ, ‘यो निस्तार चाड़ परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो।’”

यसकारण अहिले मानिसहरू उहाँलाई निहुरिएर दण्डवत गर्छन् र आराधना गर्छन्। 28 परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो।

29 मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो। 30 त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याउँदै रोए।

इस्राएलीहरूले मिश्र छाड्छन्

31 तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर। 32 तिमीहरूले भने झैं आफ्नो-आफ्नो भेंडा तथा गाई-वस्तुहरू लिएरै जाऊ। तिमीहरूले मलाई पनि आशीर्वाद देऊ।” 33 मिश्र देश वासीहरूले पनि भने, “तिमीहरू चाँडै गइहाल। किनभने, यदि तिमीहरू गएनौ भने हामीहरू सबै मर्न सक्छौं।”

34 इस्राएली मानिसहरू यति हतारमा थिए तिनीहरूले रोटीमा खमीर मिसाउने समय पाएनन्। यसकारण तिनीहरूले आँटा, भाँडाहरूमा आफ्नो काँधमाथि बोकेर ल्याए। 35 तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे। 36 परमप्रभुले मिश्रका मानिसहरूलाई दयालु बनाई दिनु भयो अनि तिनीहरूले जे मांगे त्यही दिए।

37 इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन। 38 तिनीहरूसित धेरै भेंडा, बाख्रा गाई-वस्तु र अरू चीजहरू थिए। तिनीहरूसित अन्य धेरै थरिका मानिसहरू यात्रा गरिरहेका थिए। 39 ती मानिसहरूसँग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।

40 इस्राएली मानिसहरू 430 बर्षसम्म मिश्रमा बसे। 41 ठीक 430 बर्षपछि परमप्रभुका समस्त सेनाहरू मिश्रबाट गए। 42 यसर्थ त्यो विशेष छ। जब परमप्रभुले गरेको मानिसहरूले सम्झने छन्। त्यो रात सबै इस्राएली मानिसहरूको हृदयमा सदा-सर्वदा रहनेछ।

43 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाड़को भोजन खान पाउनेछैन। 44 तर यदि कुनै मानिसले कमारो किन्छ र त्यसको खतना गराइदिन्छ भने, त्यो कमरोले निस्तारको भोजन खान सक्छ। 45 तर तिमीहरूको माझमा बस्ने कुनै पनि ज्यालाका मजदूर अथवा विदेशीहरूले निस्तारको भोजन खानु हुँदैन।

46 “प्रत्येक परिवारले एउटा घर भित्र नै भोजन गर्नुपर्छ, कुनै पनि भोजन बाहिर लानु हुँदैन। थुमाको कुनै हड्डी भाँच्नु हुँदैन। 47 इस्राएलका सारा समुदायले यो चाड़ मनाउनु पर्छ। 48 यदि कोही मानिस तिमीहरूसित बसो-बासो गर्छ तर त्यो इस्राएली होइन र यो परमप्रभुको निस्तार चाड़़मा भाग लिन चाहन्छ भने उसको खतना गरिनु नै पर्छ। त्यसपछि त्यो इस्राएली नागरिक बराबर हुन्छ र उसले निस्तार भोजनमा भाग लिन सक्छ। तर यदि उसको खतना गरिएको छैन भने निस्तार भोजनमा भाग लिन सक्तैन। 49 खतना नभएको कुनै पनि मानिसहरूले परमप्रभुको भोजनमा भाग लिनु हुँदैन। यो प्रत्येक मानिसहरूको लागि यो सत्य र निष्पक्ष नियम हो त्यो देशी अथवा विदेशमा जन्मेका नागरिक होस् यो नियम प्रत्येकलाई हुनुपर्छ।”

50 यसर्थ इस्राएलका सारा मानिसहरूले परमप्रभुले मोशा र हारूनलाई दिनु भएका आदेशहरू पालन गरे। 51 यस प्रकारले परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई मिश्र देशबाट बाहिर लिएर जानु भयो। मानिसहरू झुण्ड-झुण्डमा यात्रा गरे।

लूका 15

स्वर्गमा आनन्द

(मत्ती 18:12-14)

15 अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँका कुराबरू सुन्न आए। तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि सँगै बसेर खान्छ।”

त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “तिमीहरूमध्ये कसैको सय वटा भेंडा़हरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडा़लाई छोडेर हराएको एउटा भेंडा़ खोज्न जान्छ। त्यो भेंडा़ जब सम्म पाउदैन ऊ खोजी रहने छ। अनि जब उसले हराएको भेंडा़ पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेंडा़लाई आफ्नो काँधमा बोकेर ल्याउनेछ। जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, ‘म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेंडा़ पाएको छु।’ त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनन्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।

“मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे। अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’ 10 त्यसरी नै, म भन्दछु, ‘जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दूतहरूको अघि खुशी छाउँछ।’”

उड़न्ता पुत्र

11 त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए। 12 कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, ‘पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’

13 “केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो। 14 आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो। 15 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो। 16 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।

17 “तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। 18 म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें 19 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’ 20 यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो।

छोरो फर्किन्छ

“जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए। 21 छोरोले तिनलाई भन्यो, ‘हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’

22 “तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ। 23 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं। 24 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।

जेठो छोरोको आगमन

25 “उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो। 26 यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘यी सब के भइरहेको छ?’ 27 नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सकुशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।

28 “त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे। 29 त्यो छोरोले बाबुलाई भन्यो, ‘मैले यतिका वर्षसम्म नोकर झैं तपाईंको सेवा गरें। मैले सधैँ तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसँग भोज मनाउँन सक्थें। 30 तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको सँगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।’

31 “अनि बाबुले छोरालाई भने, ‘ए छोरो! तिमी त मसँग सधैँ छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो। 32 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।’”

अय्यूब 30

30 “तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्।
    अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि,
    म तिनीहरूलाई कुकुरहरूसँग मेरो भेंडाको रक्षा गर्नलाई राख्थें।
ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि,
तिनीहरूले मलाई सघाउन सक्थेनन्।
    तिनीहरू बृद्ध र थकित थिए, तिनीहरूका मांसपेशीहरू कमजोर भइसकेका थिए।
तिनीहरू मृत मानिसहरू जस्ता थिए,
तिनीहरू खान नपाएर भोकै थिए।
    यसैले तिनीहरू मरुभूमिको सूख्खा धुलोहरू खान्थें।
तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्दथिए,
    तिनीहरूले काँसका जराहरू खान्थे।
तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्।
    मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
तिनीहरू सूख्खा नदीका किनारहरूमा,
    पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ।
झाडीहरूमा तिनीहरू चिच्याउँछन्,
    अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।
तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन्,
    जो आफ्नो देशबाट जबरजस्ती निकालिए।

“अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्।
    मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
10 ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन।
    तिनीहरू सोच्छन् कि तिनीहरू म भन्दा राम्रा छन्।
    तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।
11 परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो।
    ती मानिसहरूले आफैं थामिदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।
12 ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्।
    म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु
    तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।
13 भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन।
तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए।
    तिनीहरू कसैलाई सहयोग गर्न चाँहदैनन्।
14 तिनीहरूले भित्तामा प्वाल बनाउँछन् तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन
    अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।
15 म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्।
    मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।

16 “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु।
    पीडित दिनहरूले मलाई पक्रेकोछ।
17 मेरो हड्डीहरू पीडाले राती दुख्छ।
    मलाई कष्टले चपाउन कहिल्यै छाड्दैन।
18 परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ
    अनि बटारेर रूप बिगारिदिनु हुन्छ।
19 परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो
    र म धूलो र खरानी जस्तै भएकोछु।

20 “हे परमेश्वर,
    सहायताको लागि मैले पुकारें,
म उठें र प्रार्थना गरें,
    तर तपाईंले मलाई ध्यान दिनु भएन।
21 हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ।
    मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।
22 हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो।
    मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।
23 मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ,
    त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।

24 “तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ,
    त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
25 तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रोएँ।
    तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।
26 जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ।
    जब मैले उज्यालो खोजें, अंध्यारो आयो।
27 म भित्र कष्ट कहिल्यै रोकिँदैन
    अनि दुःख भर्खरै शुरू भएको छ।
28 म सधैँ दुःखी र उदासीन छु कुनै चैन छैन।
    म सहायताको लागि सभामा उभिन्छु।
29 म जङ्गली कुकुर जस्तै
    र मरुभूमिको शुतुरमुर्ग जस्तै एक्लो भएको छु।
30 मेरो छाला जलेकोछ र उप्किँदैछ।
    ज्वरोले मेरो शरीर तातो छ।
31 मेरो वीणाले करूणाको लय निकाल्छ
    मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।

1 कोरिन्थी 16

अरू विश्वासीहरूकोलागी संग्रह

16 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन। जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु। अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।

पावलको योजना

म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ। यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ। तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु। किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।

10 तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्। 11 यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।

12 अब हाम्रा भाइ अपोल्लोसको बारेमाः मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्।

पावल आफ्नो पत्र टुंग्याउँछन्

13 सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हौ र दृढ बन। 14 हरेक कुरो प्रेमपूर्वक गर।

15 तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखैयामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पेकाछन्। प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि 16 यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड।

17 स्तिफनस, फोर्टुनाटस, र अखाइकस आएकामा म हर्षित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्। 18 तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ।

19 एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्। 20 यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ।

21 पावलले यो मेरो शुभेच्छा, म आफ्नैं हातले लेख्दैछु।

22 जसले परमेश्वरलाई प्रेम गर्दैन, ऊ श्रापित होस्। हे प्रभु, आउनु होस्![a]

23 प्रभु येशूको अनुग्रह तिमीहरूसित रहोस्।

24 ख्रीष्ट येशूमा हुने तिमीहरू सबै प्रति मेरो प्रेम!

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International