Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 4

संभोगले भएका पापहरूको निम्ति बलिहरू

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन: जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।

“यदि कुनै अभिषिक्त पूजाहारीले पाप गर्यो भने त्यो मानिस आफैं पापको दोषी हुन्छ, त्यसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ। अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ। त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्। त्यसपछि पूजाहारीले आफ्नो औंला रगतमा चोपोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्। त्यसपछि पूजाहारीले धूपवेदीका सींङहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुन्ने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याउन्। अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ। दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मृगौलाहरूसँगै पापबलिको साँढेबाट निकाल्नु पर्छ। 10 मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालियोस्। त्यसपछि पूजाहारीले त्यस बलिलाई होमबलिको वेदीमा जलाओस्। 11 तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत, 12 अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाऊराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।

13 “यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्। 14 जब तिनीहरूले परमप्रभुको आज्ञा विरूद्ध गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ। 15 अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ। 16 तब अभिषिक्त भएका पूजाहारीले साँढेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याओस्। 17 अनि पूजाहारीले आफ्नो औंला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस्। 18 अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालमा परमप्रभुको अघि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ। 19 अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्। 20 उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ। 21 पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।

22 “यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ, 23 तर पछि आफ्नो दोष थाह भयो भने, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै-भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ। 24 तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुको अघि मारोस् यो शुद्धिकरणको बलि हो। 25 त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस् 26 उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रयाश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।

27 “यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ 28 अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै-भुत्ला भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्। 29 तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्। 30 तब पूजाहारीले केही रगत औंलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्। 31 अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ।

32 “यदि कसैले उसको पापबलिको निम्ति भेंडा ल्याउँछ भने, तब उसले निष्खोट भेंडाको पाठो ल्याउनु पर्छ। 33 उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ। 34 तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सींङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ। 35 तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।

भजनसंग्रह 1-2

पहिलो भाग

(भजनसंग्रह 1–41)

यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
    पापीहरूको जस्तो जीवन बिताउँदैन,
    अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
    ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
    ऊ ठीक समयमा फल दिने रूख सरह हो।
    ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।

तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
    दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
    ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
    तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?
    किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध
    र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।
ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं,
    तिनीहरूबाट अलग हौं।”

तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ।
    परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ।
तब परमेश्वर रिसाउनु हुन्छ,
    अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।
अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें।
    अनि उसले सियोन पर्वतमा राज गर्नेछ।
    सियोन मेरो एक विशेष पर्वत हो।”

अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।
परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ,
    तिमी मेरा पुत्र भयौ।
यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु
    अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले
    माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”

10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन्
    र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।
यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ,
    र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ।
जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्।
    तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ।
    परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।

हितोपदेश 19

19 कुटिलता पूर्ण शब्द प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।

बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।

मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।

धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै मित्रले पनि त्यागि दिन्छ।

झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।

धेरै मानिसहरूले शासकको निगाह खोज्छन् अनि प्रत्येकले उद्धार मानिसको साथी बन्न चाहन्छ अनि असल मानिसको मित्र हुन चाहन्छ।

गरीब मानिस सित आफन्तहरू पनि टक्‌टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।

बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैँ उन्नति गरिरहन्छ।

एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।

10 मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमार माथि शासन गर्नु हुँदैन।

11 ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ, अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।

12 राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।

13 मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडा़लु पत्नी तप-तप पानी चुहुने घर जस्तै हो।

14 धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।

15 अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।

16 जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।

17 गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता दिनु हुनेछ।

18 सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ, नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।

19 यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।

20 उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।

21 मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ तर त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।

22 विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो।

23 परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन् अनि दुःखले उसलाई छुन सक्दैन।

24 एकजना अल्छेले उसको हात भाँडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।

25 मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।

26 जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।

27 हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्‌यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।

28 झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरूद्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।

29 जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ, उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।

कलस्सी 2

तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियाका मानिसहरूलाई सहायता गर्न प्रगाढ़ कोशिशमा छु जसले मलाई देखेकै छैन। म तिमीहरूलाई दृढ र प्रेमले सँगठित बनाउन चाहन्छु म तिमीहरूलाई दह्रिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ। ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रीष्टमा गुप्तरूपले राखिएको छ।

म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकुन्। म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शुरू गरेको र ख्रीष्टमा दह्रिलो विश्वास राखेको देखेर म आनन्दित छु।

ख्रीष्टमा स्थिर होऊ

तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस। तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।

सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदेओस्। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्। परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ। 10 अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ।

11 ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ। 12 यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले विश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो।

13 तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो। 14 हामी ऋणी छौं किन कि हामीले परमेश्वरको नियम तोडेका थियौं। त्यस ऋण-पत्रमा नियमको सूची थिएन जुन हामीले मानेका थिएनौं। तर परमेश्वरले हामीलाई त्यस ऋणदेखि पनि मुक्त पारिदिनु भयो। परमेश्वरले त्यो ऋण लगेर क्रूसमा ठोकिदिनु भयो। 15 परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।

मानिसहरूले बनाएको नियमहरू नमान

16 यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस् (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)। 17 पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाँया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ। 18 कसै-कसैले वाहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।” 19 ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढ़छ।

20 तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका व्यर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हौ भन्ने अभिनय किन गर्छौं? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ? 21 “यो नखाऊ”, “त्यो नचाख”, “त्यो नछुव” भन्ने! 22 यी जम्मै संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्। 23 यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अङ्गहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिँदछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नेदेखि रोक्दैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International