Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 36

36 “यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”

त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे। मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए। आखिरमा ती सबै कर्मीहरूले तिनीहरूले गर्दै गरेको काम रोके। तिनीहरू मोशाकहाँ गए र भने, “मानिसहरूले उपहारहरू धेरै ल्याए। अहिले हामीसँग परमप्रभुले आज्ञा गर्नु भए अनुसार चीजहरू बनाउन चाहे भन्दा प्रशस्त समानहरू छन्।”

तब मोशाले पुरै छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरूष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।” यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके। मानिसहरूले आवश्यक भन्दा बेशी भेटीहरू पठाए।

पवित्र पाल

तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि करूब स्वर्गदूतको बुट्टा बनाए। त्यहाँ बनिएका प्रत्येक पर्दा एउटै नापको थिए। 28 हात लामो अनि 4 हात चौंडाई भएको। 10 ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसँगै जोडेर अर्को एउटा पर्दा बनाए। 11 पहिलाको पर्दाको अन्तिम किनारमा सुर्काउनी बनाउन तिनीहरूले निलो लुगा प्रयोग गरे। तिनीहरूले अर्को समूहको अन्तिममा पनि त्यसै गरे। 12 एक समूहको अन्तिम पर्दामा पचास सुर्काउनी र अर्को समूहको अन्तिम पर्दामा पनि पचास सुर्काउनीहरू थिए। सुर्काउनीहरू एकार्को थिए। 13 त्यसपछि तिनीहरूले सुनका पचासवटा अंकुसेहरू ती दुइ पर्दालाई जोडन बनाए अनि यसरी पवित्र पालसँगै जोडिएर एउटै भयो।

14 त्यसपछि कर्मीहरूले पवित्र पाल ढाक्नको निम्ति अर्को एउटा पाल बनाए। तिनीहरूले एघारवटा पर्दाहरू बनाउन बाख्राको भुत्ला प्रयोग गरे। 15 तीस हात लामो अनि चार हात चौंडा सबै पर्दाहरू एउटा नापका बनाए। 16 ती कर्मीहरूले पाँचवटा पर्दा जोडेर एउटा ठूलो र फेरि छ वटा पर्दा जोडेर अर्को समूह बनाए। 17 एक समूहको आखिरी पर्दीको अन्तिम किनारामा तिनीहरूले पचासवटा प्वालहरू पारे अनि अर्को समूहको अन्तिम किनारामा पनि पचासवटा प्वालहरू पारे। 18 ती दुइ समूहका पर्दाहरू जोडेर एउटा पाल बनाउन तिनीहरूले काँसाको पचासवटा अंकुसे बनाए। 19 तब तिनीहरूले पवित्र पालको निम्ति अझ दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेंडाको छालाबाट अनि अरू नरम छालाहरूबाट बनाए।

20 तब तिनीहरूले बबुल काठको फल्याकहरू पवित्र स्थानलाई सहायता गर्न बनाए। 21 प्रत्येक फल्याक दश हात लामा अनि एक हात आधा चौंडाइको थियो। 22 प्रत्येक फल्याक बनाउँदा दुइवटा खम्बाहरू एका अर्कोमा बाख्राको भुत्लासित जोडिएका थिए। यी सबै फल्याकहरू पवित्र स्थानको निम्ति थिए। 23 पवित्र स्थानको दक्षिण पट्टिको निम्ति तिनीहरूले बीसवटा फल्याकहरू बनाए। 24 त्यसपछि तिनीहरूले चालीसवटा चाँदीको आधारहरू बनाए तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। 25 तिनीहरूले पवित्र पालको उत्तर पट्टिको निम्ति पनि बीसवटा फल्याकहरू बनाए। 26 तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। 27 पवित्र पालको पश्चिम भागको तिनीहरूले अझै छःवटा फल्याकहरू तैयार गरे। 28 पवित्र पालको पछिल्तिरको कुनाको निम्ति पनि तिनीहरूले दुइवटा फल्याकहरू बनाए। 29 अनि यी फल्याकहरू तल सबै सँगै जोडिएका थिए। माथिल्लो भागमा कुनाका फल्याकहरू एउटा अंकुसेले जोडिएका थिए। ती कर्मीहरूले अरू कुनाका फल्याकहरू पनि त्यसरी नै जोडेका थिए। 30 यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए।

31 कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे। 32 प्रयोग गरे अर्को पट्टिको फल्याकहरूको निम्ति पाँचवटा पट्टीहरू अनि पवित्र पालको पछि पट्टिको फल्याकहरूको पश्चिम पट्टि। 33 तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराएर पठाउनलाई बनाए। 34 तिनीहरूले यी फल्याकहरूलाई सुनले मोहोरे। तब तिनीहरूले पट्टी समात्नको निम्ति मुन्द्राहरू बनाए। तिनीहरूले बारहरूलाई सुनले मोहोरे।

35 तिनीहरूले महापवित्र स्थानका पर्दाहरू बनाउदा मिहीन निलो सुती लुगा बैजनी र रातो धागो प्रयोग गरे अनि तिनीहरूले मिहीन सूती लुगामाथि करूब स्वर्गदूतको चित्रमा बुट्टा भरे। 36 तिनीहरूले बबुल काठको चारवटा खम्बाहरू बनाएर सुनले मोहरे। ती खम्बाहरूका निम्ति सुनको अंकुसेहरू बनाए। तिनीहरूले ती खम्बाहरूको निम्ति चारवटा चाँदीका आधारहरू पनि बनाए। 37 त्यसपछि पवित्र पालको प्रवेशद्वार ढाक्न तिनीहरूले पर्दा बनाए। यस पर्दाको निम्ति मिहीन सूती अनि निलो, बैजनी अनि रातो धागो प्रयोग गरे र पर्दामा नक्शा सिलाए। 38 प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाएर खम्बाका सुर्काउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए।

यूहन्ना 15

येशू दाखको बोट

15 येशूले भन्नुभयो, “म साँच्चो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ। म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ। मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ। मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।

“म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ। यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्। यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ। तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ।

“म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ। 10 मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। 11 मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु। 12 यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें। 13 महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ। 14 तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने। 15 म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।

16 “तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ। 17 यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।

येशूले आफ्ना चेलाहरूलाई सावधान गर्नुहुन्छ

18 “यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर। 19 यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसँग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।

20 “मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नोकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्। 21 मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो। 22 यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।

23 “जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ। 24 मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्। 25 तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’

26 “म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्। 27 अनि तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन किनभने तिमीहरू शुरुदेखिनै मसँग छौ।

हितोपदेश 12

12 एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो।

असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ।

दुष्टताद्वारा कसैलाई पनि सुरक्षित बनाउनु सकिदैन, अनि धर्मी मानिसहरूको जरा उखाल्नु सकिंदैन।

एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मक्काउँदै गरेका हड्डीहरू जस्तै हो।

धर्मी मानिसहरूको योजनाहरू न्याय संगत हुन्छन्, तर दुष्टहरूको सल्लाह छलपूर्ण हुन्छन्।

दुष्टहरूको शब्दहरू उपगोपनबाट आक्रमण भए झैं आउँछन्, तर ईमानदारीहरूको वचनले तिनीहरूलाई बचाउँछ।

दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ।

मानिसले आफ्नो असल बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ।

प्रतिष्ठित व्याक्ति हुँ भनी बहना गर्नु तर प्रचुर मात्रमा खाना नहुनु भन्दा एउटा साधरण व्याक्ति भएर आफैंलाई आफ्नो सेवक बनाउँनु असल हो।

10 एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ।

11 आफ्नो खेतमा काम गर्ने कृषक सित प्रशस्त खाने चीज हुन्छ, तर बेकारमा समय नष्ट गर्ने मानिसको बुद्धि हुदैन।

12 दुष्ट मानिस सधैँ दुष्टयाईँ कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ।

13 दुष्ट मानिस आफ्नै खराब शब्दहरूका चंगुलमा फस्छ तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन।

14 मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ।

15 एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ।

16 एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ।

17 एक सत्यवादी गवाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ।

18 विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।

19 जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।

20 ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउँछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हन्छन।

21 एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दु:ख पाउँछ।

22 परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

23 एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ।

24 मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैँ कमारो हुनेछ।

25 चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ।

26 धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् तर दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्।

27 एकजना अल्छी मानिसले उसको शिकार भेट्दैन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्रप्त गर्नेछ।

28 धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ।

एफिसी 5

तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर। प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।

तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन। तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो।

मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। 10 प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। 11 अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। 12 अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। 13 तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। 14 अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः

“जाग, हे निदाएकाहरू हो!
    मृत्युबाट उठ,
अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। 20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।

पति र पत्नीहरू

21 एक-अर्कालाई मान्न इच्छुक होऊ किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ।

22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तै आ-आफ्ना पतिको अधीनमा बस। 23 जस्तो येशू ख्रीष्ट मण्डलीका शिर हुनुहुन्छ, पति पत्नीका शिर हुन्। मण्डली ख्रीष्टको शरीर हो, त्यसरी ख्रीष्ट शरीरमा रक्षक हुनुहुन्छ। 24 जसरी मण्डली ख्रीष्टको अधिकारमा छ त्यसरी पत्निहरू पनि हरेक कुरामा पतिहरूको अधिकारमा रहनु पर्छ।

25 पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जस्तो ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भयो। ख्रीष्टले मण्डलीको निम्ति प्राण दिनुभयो। 26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। 27 उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैंलाई बलि दिनुभयो।

28 अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ। 29 अनि कसैले पनि आफ्नो शरीरलाई कहिल्यै धृणा गर्दैन। हरेकले आफ्नो शरीरलाई, स्याहार्छ अनि खाना दिन्छ। अनि मण्डलीको निम्ति ख्रीष्टले पनि त्यसै गर्नु हुन्छ। 30 किनकि हामी उहाँको शरीरका अङ्ग हौं। 31 धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।”(A) 32 यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ। 33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International