Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 22

अरू नियमहरू

22 “यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेंडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ। यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्रो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउन्जेल सम्म राख्न सक्छौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ। यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।

“यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ।

“कुनै स्त्रीले पुरूषको लुगाहरू लाउनु हुँदैन अनि पुरूषले पनि स्त्रीको लुगाहरू लाउनु हुँदैन। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो अत्यन्तै घृणित हो।

“तिमी बाटोमा हिँडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सक्छौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन। आफ्नो निम्ति तिमीले चराको बच्चाहरू लैजान सक्छौं तर माऊलाई छोडी दिनु पर्छ। यदि यो नियम पालन गर्यौ भने तिमी खुशी साथ धेरै दिनसम्म बाँच्न सक्छौ।

“जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्‌यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।

सँगै नमिसाउनु पर्ने चीजहरू

“तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।

10 “गाई र गधा नारेर सँगै जोत्नु हुँदैन।

11 “तिमीहरूले ऊनी र सूतीबाट बनाइएका लुगा लाउनु हुँदैन।

12 “तिमीले धेरै धागाहरूका टुक्रा सँगै बाँधेर फुर्का बनाउनु पर्छ अनि ती फुर्काहरू आफ्नो लुगाको चार कुनामा बाँध्नु पर्छ।

विवाहको नियम

13 “एक जना मानिसले एउटी स्त्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस स्त्रीलाई मन नपराउन सक्छ। 14 मानिसले झूटो बोल्नु सक्छ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सक्छन्। 15 यदि यस्तो भएको खण्डमा त्यस केटीको आमा-बाबुले शहरको सभाघरमा बूढा-प्रधानहरूको सामुन्ने त्यस केटीको विवाह अघि कसैसित सहवास नभएको प्रमाण दिन सक्नु पर्छ। 16 त्यस केटीका मातापिताले बूढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिएँ तर अहिले उसले तिनलाई मन पराउँदैन। 17 यस मानिसले मेरी छोरीको बारेमा झूटो कुरो गरेको छ। उसले भन्यो, ‘मैले प्रमाण पाएको छैन, तिम्री छोरी कन्या छिन्। तर यहाँ प्रमाण छ मेरी छोरी कन्या छे।’ अनि तिनीहरूले बूढा-प्रधानहरूलाई लुगा[a] देखाउनु पर्छ। 18 तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ। 19 तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिक्का जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउँदैन।

20 “तर यस्तो पनि हुन सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सक्छ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसक्लान्। यदि यस्तो भयो भने, 21 शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।

लैंगिक सम्बन्धको पाप

22 “यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।

23 “यदि कुनै मानिसलाई शहरभित्र मगनी गरेकी स्त्रीसित लैंगिक कर्म गरेको पाइन्छ, 24 तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कार्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।

25 “तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरजस्ती बलात्कार गर्छ भने त्यो पुरूषलाई मात्र मार्नु पर्छ। 26 तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकली थिई अनि उसले गरेको गुहार कसैले सुनेन्। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन। 27 त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एक्लै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षाको निम्ति कराएकी हुनसक्छे तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।

28 “एकजना मानिसले मगनी पनि नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे, 29 त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिक्का तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुन्जेल छोड्न पाउँदैन।

30 “कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।

भजनसंग्रह 110-111

दाऊदको स्तुतिगान।

परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो,
    “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन,
    त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”

परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ।
तिम्रो राज्य सियोनमा शुरूहुनेछ,
    अनि यो त्यति बेलासम्म बढ्दै जानेछ,
    जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
जब तिमीले आफ्ना सैनिकहरूसँगै भेला गर्नेछौ,
    तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्।
तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्।
    अनि विहानै एका-अर्कासित भेट हुनेछ।
ती युवा पुरूषहरू भूईँमा शीत परे जस्तै
    तिम्रो वरिपरि हुनेछन्।

परमप्रभुले प्रतिज्ञा गर्नुभयो
    उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन।
“तिमी अनन्तको निम्ति
    मल्कीसेदेक जस्तै पूजाहारी हौ।”

मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ।
    जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ।
    धर्ती मृत शरीरहरूले ढाकिने छ।
    अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।

राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछ।
    त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ अनि बलियो[a] हुनु हुनेछ।

परमप्रभुको प्रशंसा गर!

म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
    आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।
    मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।
    उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने
    कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ,
    उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ।
उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि
    उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।
    उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।
    ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ।
परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।
    परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।
    मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।
    स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।

यशैया 49

परमेश्वरले आफ्ना विशेष दासलाई डाक्नु हुन्छ

49 टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्,
    पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्।
परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो।
    म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढ़नु भयो,
    जब म आमाको गर्भमा नै थिएँ।
परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ।
उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ,
    तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ।
    ऊ हाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ।
परमप्रभुले मलाई तिखो काँड झैं प्रयोग गर्नुहुन्छ,
    तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।

परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ।
    म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।”

मैले भने, “मैले व्यर्थै परिश्रम गरें,
    मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन।
मैले मेरा सारा शक्तिहरू प्रयोग गरें
    तर वास्तवमा मैले केही पनि पाइनँ।
यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ।
    परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।”
परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो
    ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि
    उहाँको सेवक हुन सकुँ।
परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ।
    म परमेश्वरबाट आफ्नो बल पाउनेछु।

परमप्रभुले मलाई भन्नुभयो, “तिमी मेरो एक मुख्य दास हौ।
    इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु।
    याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्।
तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ।
    सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु।
    तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”

परमप्रभु, इस्राएलका परम-पवित्र
    र इस्राएलका उद्धारक भन्नुहुन्छ,
“मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ,
    तर मानिसहरूले उसलाई हेला गर्दछन्।
तर, राजाहरूले उसलाई हेर्ने छन्,
    अनि उसलाई आदर गर्न उभिनेछन्।
    महान अगुवाहरूले ऊ अघि शिर झुकाउनेछन्।”

यो घट्ना हुने नै छ किनभने परमप्रभु, इस्राएलका परम-पवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।

उद्धारको दिन

परमप्रभु भन्नुहुन्छ,
“त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु।
    त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु।
त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु,
    त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु
    अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ।
देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ,
    ती मानिसहरूलाई जो त्यसको मालिक थियो।
तिमीहरूले कैदीहरूलाई भन्ने छौ,
    ‘कैदबाट तिमीहरू बाहिर आऊ।’
अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ,
    ‘अन्धकारबाट निस्क।’
यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्।
    रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।
10 मानिसहरू भोको हुने छैनन् नत तिनीहरू तिर्खाउने नै छन्।
    तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्।
किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ,
अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ।
    उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।
11 मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु।
    पर्वतहरू समतल बनाई दिनेछु,
    अनि भत्किएको बाटोहरू माथि उठ्नेछन्।

12 “हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन्
    उत्तर अनि र पश्चिमबाट आइरहेछन्।
    मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”

13 हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ।
    हे पर्वतहरू आनन्दले चिच्याऊ।
किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ।
    परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।

14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो,
    मेरो मालिकले मलाई भुल्नु भयो।”

15 तर परमप्रभु भन्छु,
“के एउटी आमाले आफ्नो नानी बिर्सिन सक्छे?
    के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नै नानीलाई बिर्सिन सक्छे र?
यदि उसले बिर्सन सक्छे भने पनि,
    म तिमीलाई बिर्सिने छैन।
16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु।
    म सारा समय तेरो बारेमा सोच्दछु।
17 तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्।
    मानिसहरूले तिमीहरूलाई पराजित गरे,
    तर ती मानिसहरूले तिमीहरूलाई एक्लै छोडेर गए।
18 माथि हेर, तिम्रा चारैतिर हेर,
    तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइरहेछ।”
परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु:
    तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्।
    तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्।

19 “तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ।
    तिमीहरूका ठाउँहरू काम नलाग्ने भएकाछन्।
तर केही छिनमा नै, तिमीहरू आफ्ना ठाउँमा धेरै मानिसहरू हुनेछन्,
    अनि मानिसहरू जसले तिमीहरूलाई नाश गरे तिनीहरू एकदम टाढा हुनेछन्।
20 तिमीहरू आफ्ना नानीहरू हराउँदा दु:खी भएका थियौ,
    तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् ‘यो भूमि एकदम सानो छ।
    हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।’
21 तब तिमीहरू स्वयंले भन्नेछौ,
    ‘कसले मलाई यी सारा नानीहरू दिए?
म दु:खी र एक्लै थिएँ।
    म पराजित भएको थिएँ
र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ।
    यसकारण कसले मलाई यी नानीहरू दिए?
हेर, म एक्लै छाडिएको थिएँ।
    यी सारा नानीहरू कहाँबाट आए?’”

22 परमप्रभु मेरो मालिक भन्नुहुन्छ,
“हेर म आफ्ना हात जातिहरू प्रति हल्लाउने छु।
    म मेरो झण्डा सारा मानिसहरूले देख्ने गरी उठाउनेछु।
त्यसपछी तिनीहरूका नानीहरू तिमीहरूकहाँ ल्याउनेछन्।
    ती मानिसहरूले तिमीहरूका नानीहरू काँधमा बोकेर ल्याउने छन्,
    अनि तिनीहरूका पाखुराहरूमा उनीहरूले समात्नेछन्।
23 राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्।
    राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्।
ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्।
    तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्।
त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ।
    तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ ऊ निराश हुनेछैन्।”

24 जब बलवान सिपाहीले युद्धमा धन जित्दछ,
    तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ।
जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन्
    त्यो कैदी भाग्न सक्तैन्।
25 तर परमप्रभु, भन्नुहुन्छ,
“कैदीहरू भाग्नेछन्।
    टाढाका ती बलबान सिपाहीबाट कतिजनाले ती कैदीहरू लैजाने छन्।
यो कसरी हुनेछ? किनकि तिम्रो युद्ध म लड्नेछु।
    म तिम्रो नानीहरूको रक्षा गर्नेछु।
26 ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउँछन्,
    तर म तिनीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु।
    तिनीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्।
तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो।
    सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”

प्रकाश 19

स्वर्गमा मानिसहरू परमेश्वरको स्तुति गर्छन्

19 तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए,

“हल्लेलूयाह!
विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।
    किनभने उहाँको न्याय सत्य अनि सही छ।
हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो।
    ऊ नै हो जसले आफ्नो व्याभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारी,
परमेश्वरले वेश्यालाई दण्ड दिएर, आफ्ना सेवकहरूको रगतको बद्ला लिए।”

स्वर्गका मानिसहरूले यो पनि भनेः

“हल्लेलूयाह!
    त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”

त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै:

“आमिन! हल्लेलूयाह!”

त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो,

“तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं,
    हाम्रा परमेश्वरको स्तुति गर!
तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छो,
    हाम्रा परमेश्वरको स्तुति गर!”

त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें:

“हल्लेलूयाह।
    हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ।
    उहाँ माहा-शक्तिशाली हुनुहुन्छ।
हामी खुशी मनाऔं अनि खुशी होऔं
    अनि परमेश्वरलाई महिमा प्रदान गरौं!
परमेश्वरको थुमाको विवाह आएकोछ।
    अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो।
    मलमल चम्किलो र सफा थियो।”

(उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।)

तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरू जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”

10 म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरू जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”

सेतो घोड़ामा सवार

11 तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँच्चो लडाँईं लडाउँछन्। 12 तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन। 13 तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।

14 स्वर्गका सेनाहरू तिनलाई पछ्याइ रहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए। 15 घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरूलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरूमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्। 16 तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो:

राजाहरूका राजा अनि प्रभुहरूका प्रभु

17 त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पंक्षीहरूलाई भने, “परमेश्वरको महा-भोजमा सम्मिलित हुनु एक साथ आऊ। 18 राजाहरू, सेनाका सेनाध्यक्षहरू अनि प्रसिद्ध मानिसहरूको मासु खान एक साथ आऊ। घोड़ाका अनि तिनका सवारहरूका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरूको मासु खान एक साथ आऊ।”

19 त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरू देखें। तिनीहरूका सेनाहरू घोड़-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए। 20 तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरू गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरू गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरूलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्याउन चमत्कारिक कर्महरू गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए। 21 तिनीहरूका सेनाहरू घोड-सवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरूले पेट भरुन्जेल ती शवहरू खाए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International