M’Cheyne Bible Reading Plan
पूजाहारी तथा लेवीहरूलाई समर्थन
18 “लेवी कुलका मानिसहरूले इस्राएल भूमिको कुनै अंश पाउने छैनन्। तिनीहरू पूजाहारीको रूपमा सेवा गर्नेछन्। तिनीहरूले खाली आगोमा पकाएर परमप्रभुलाई चढाएको बलि खान पाउने छन् अनि त्यही खानेकुरा मात्र लेवी कुलका मानिसहरूको अंश हुनेछ। 2 परमप्रभुले भन्नु भए झैं लेवीहरूको अंश परमप्रभु मात्र हुनुहुन्छ तर ती लेवीहरूले इस्राएलको भूमिको अंश पाउने छैनन्।
3 “जब तिमीहरू गाई अथवा भेंडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेंडाको फिला बंङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ! 4 तिनीहरूले पूजाहारीलाई आफ्नो बालीबाट पहिलो भाग दिनु पर्छ। पूजाहारीलाई आफ्नो बालीको प्रथम अन्न, नयाँ दाखरस अनि तेल दिनु पर्छ। लेवीहरूलाई भेंडाको पहिले काटेको ऊन पनि दिनु पर्छ। 5 किनभने परमेश्वरले तिमीहरूका सबै समूहलाई नियालेर लेवीहरू र तिनीहरूको सन्तानहरूलाई पूजाहारी भई सेवा गर्न सधैँका लागि रोज्नु भयो।
6 “प्रत्येक लेवी मानिसको मन्दिरमा काम गर्ने विशेष समय छ। तर यदि कुनै लेवी मानिसले अझ अरू धेरै समय सेवामा लगाउनु इच्छा गर्छ भने कुनै पनि समयमा उसले त्यसो गर्न सक्छ। इस्राएलको कुनै पनि शहरमा बस्ने कुनै पनि लेवी मानिसहरू आफ्नो घर छोडेर परमप्रभुले रोज्नु भएको विशेष ठाउँमा आउनु सक्छ अनि उसले यस्तो कुनै पनि समयमा गर्न सक्छ। 7 परमप्रभु सम्मुख सेवा गरिरहेका आफ्ना दाज्यू-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सक्छ। 8 अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरू पूजाहारीहरूको बराबर उसले पनि पाउँछ।
इस्राएल अरू देशहरू जस्तो बस्नु हुँदैन
9 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक। 10 आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ। 11 कुनै मानिसहरूलाई कसैमाथि टुना-मुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्। 12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुदैछ। 13 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वास योग्य हुनुपर्छ।
परमप्रभुको विशेष अगमवक्ता
14 “तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरजस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन। 15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ। 16 परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनुहुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्यौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र होरेब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’
17 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्यौ, राम्रो हो। 18 म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ। 19 त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्ङ्घन गरे उसले सजाय पाउँनेछ।’
झूटा अगमवक्ताहरू कसरी चिन्नु
20 “तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सक्छ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ। 21 तिमीहरूले सोचिरहेका होला, ‘अगमवक्ताले जे भन्छ त्यो परमेश्वरबाट होइन भनी कसरी जान्नु?’ 22 यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउँनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन।
1 परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर।
सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
2 परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर।
उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ जो उहाँले गर्नुहुन्छ।
3 परमप्रभुको पवित्र नाउँमा घमण्ड गर।
तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौं त्यसैले अब खुशी हौ।
4 बल पाउनुलाई परमप्रभु कहाँ जाऊ।
सहायताको लागि सधैँ उहाँकोमा जाऊ।
5 याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ।
याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
6 तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ।
तिमीहरू याकूबका सन्तानहरू हौं तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
7 परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ।
परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
8 परमेश्वरको करार पत्र सदा-सर्वदा याद गर।
याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
9 परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो।
परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
10 त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो।
परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो,
यो सदा-सर्वदा रहिरहने छ।
11 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु।
त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।”
12 परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो।
जब अब्राहामका परिवारहरू स-साना थिए।
तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।
13 तिनीहरू एक जातिदेखि अर्को जाति,
एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिंडे।
14 तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन।
परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो।
15 परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ।
मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।”
16 परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो।
मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्।
17 तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो।
यूसुफ एक कमारा सरह बेचियो।
18 तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे।
तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए।
19 उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहुन्जेल सम्म तिनी दास सरह नै भए।
परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो।
20 यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिएँ।
राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिएँ।
21 उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए,
यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे।
22 यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए।
यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।
23 तब इस्राएल मिश्र तर्फ आए,
याकूब हामको देशमा बसे।
24 याकूबको परिवार अत्यन्त बढेर गयो।
तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए।
25 यसकारण मिश्रीहरूले याकूबको परिवारलाई हेला गर्न थाले।
तिनीहरूले उनीहरूका दासहरू विरूद्ध योजना तयार गर्न थाले।
26 यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो,
अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।
27 परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा
हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।
28 परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो
तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
29 यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो,
अनि त्यहाँका सारा माछाहरू मरे।
30 तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो।
राजाका सुत्ने कोठा पनि भ्यागुताहरू भरिए।
31 परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले।
तिनीहरू चारैतिर फैलिएर गए।
32 परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो।
बिजुलीको प्रहार तिनीहरूको देशभरि फ्याँकियो।
33 परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो।
परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो।
34 परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले।
तिनीहरू अनगन्ति थिए।
35 सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए।
तिनीहरूले खेतका सारा अन्नबालीहरू खाई नष्ट पारिदिए।
36 त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो।
परमेश्वरले प्रत्येक पुरूषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो।
37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो।
तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए।
परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए
किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
39 परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो।
परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो।
परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो।
अनि त्यहाँबाट भल-भल पानी निस्क्यो।
मरुभूमिमा नदी बग्न थाल्यो।
42 परमेश्वरले उहाँको वचन सम्झनु भयो।
परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो।
मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए।
परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
45 परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन।
यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन।
परमप्रभुको प्रशंसा गर!
परमेश्वरले इस्राएललाई स्वतन्त्र पार्नु कोरेस छान्नु हुन्छ
45 आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ:
“म कोरेसको दाहिने हात समाउनेछु।
राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु।
शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन,
म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।
2 कोरेस, तिम्रा सेनाहरूले अघि बढ्नेछन् अनि म तिम्रो अघाडी जानेछु।
म पर्वतहरू मैदान तुल्य पारिदिनेछु।
म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु।
म फलामका ढोकाको बारहरू काटिदिनेछु।
3 म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बँचाउनेछ।
म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु।
म यसो गर्ने छु ताकि तिमीहरूले म इस्राएलको परमप्रभु परमेश्वर हुँ, भनेर जान्नेछौ।
अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु।
4 म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु।
म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु।
कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु तिमी मलाई जान्दैनौ।
तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु।
5 म परमप्रभु हुँ, म मात्र परमेश्वर हुँ।
म बाहेक अरू परमेश्वर छैन्।
मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ।
तर अझै तिमी मलाई बुझ्दैनौ।
6 यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले
म नै परमेश्वर हुँ भनेर जानुन्।
पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्,
अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।
7 मैले उज्यालो बनाएँ अनि मैले अँध्यारो बनाएँ।
मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ।
म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।
8 “माथि आकाश बाट पृथ्वीमा पण्टा बर्षिन्छ,
जसरी बादलबाट पानी बर्षिन्छ, पृथ्वी खोलिन्छ,
अनि मुक्ति उत्पन्न होस्! मुक्तिको विकास हुन्छ
साथ-साथै सद्भावना बढ्छ।
म परमप्रभुले नै यी सबैथोक बनाएँ।”
परमेश्वरले आफ्ना सृष्टिलाई वशमा राख्नु हुन्छ
9 “यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्। 10 एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?’”
11 परमप्रभु परमेश्वर एकमात्र इस्राएलको परम-पवित्र हुनुहुन्छ। उहाँले इस्राएल बनाउनु भयो। अनि परमप्रभु भन्नुहुन्छ:
“मेरा छोरा, तिमीहरूले मलाई चिन्ह दिनुहोस् भनेर भन्यौ।
तिमीहरूले मलाई मैले गरेका कामहरू देखाउनु होस् भन्यौ।
12 यसकारण हेर, मैले पृथ्वी बनाएँ,
अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ।
मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाएँ।
अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।
13 मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस्।
अनि मैले उसको कामहरू सहज पारिदिएँ।
कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ।
अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ,
कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्,
मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्।”
सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।
14 परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन्
तर इस्राएल, तिमीले ती धनहरू पाउनेछौ।
शबाईका अग्ला मानिसहरू तिम्रा हुनेछन्।
तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै,
तिनीहरू तिम्रो पछि पछि हिंडनेछन्।
तिनीहरू तिमी समक्ष झुक्नेछन्।
अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन्।
अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन्।
इस्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।”
15 परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ,
मानिसहरूले देख्न सक्तैनन्।
तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।
16 धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्।
तर ती मानिसहरू निराश हुनेछन्।
ती सारा मानिसहरू लज्जित हुनेछन्।
17 तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ।
त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ।
कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।
18 परमप्रभु नै परमेश्वर हुनुहुन्छ।
उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो।
परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो।
परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न,
जुन उहाँले बनाउनु भयो!
उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो!
“म परमप्रभु हुँ।
म बाहेक अरू कोही परमेश्वर छैन।”
19 “म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु।
मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाईँन।
मैले याकूबका मानिसहरूलाई
यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ।
म परमप्रभु हुँ, अनि सत्य बोल्दछु।
मैले भनेका कुराहरू सत्य छन्।
परमप्रभुले प्रमाणित गर्नुहुन्छ, कि उहाँ मात्र एक परमेश्वर हुनुहुन्छ
20 “त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला होऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। (जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्। 21 यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ।)
“कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै बर्ष अघि घटेका थिए? कसले धेरै बर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भनें। म मात्र परमेश्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अँह! त्यहाँ अन्य देवता छैन्। 22 टाढामा भएका सारा मानिसहरूले ती झूटा देवताहरू पछ्याउन छोड्नु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।
23 “मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ। 24 मानिसहरूले भन्नेछन्, ‘धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।’”
कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्। 25 असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।
आखिरी महामारीहरू सहित स्वर्गदूतहरू
15 तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।
2 मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए। 3 तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए:
“परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्,
तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्।
राष्ट्रहरूका राजा,
तपाईंका विचार सबै सही अनि सत्य छन्।
4 हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्।
सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्।
किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ।
सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्,
किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”
5 तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो। 6 अनि सात विपत्तीहरू ल्याउने स्वर्गदूतहरू मन्दिर बाहिर आए। तिनीहरूले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरूले आफ्नो छाती सुनौंला पट्टीले बाँधेका थिए। 7 तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरूलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरू सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्। 8 मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरू पुरा नहुन्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।
© 2004, 2010 Bible League International