Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 8

सामदान

परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन जब तिमी बत्तीहरू जलाउँछौ, सातवटा बत्तीहरूले सामदानको अघिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।”

यसकारण हारूनले यसै गरे। हारूनले बत्तीहरू ठीक ठाँउमा राखेर ठीक दिशा तिर फर्काए ताकि सामदान अघिको क्षेत्रलाई ती बत्तीहरूले उज्जयालो पार्न सकोस्। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा तिनले पुरा गरे। सामदान यस प्रकारले बनिएको थियोः सामदान सुन पिटेर बनाइएको थियो अनि यो यसको बैठकदेखि फूलहरू सम्म पिटिएको थियो। त्यो सामदान त्यही ढाँचामा बनिएको थियो जस्तो परमप्रभुले मोशालाई देखाउनु भएको थियो।

लेवीहरूको समर्पण

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका अरू मानिसहरूबाट लेवीहरूलाई छुट्याऊ अनि ती लेवीहरूलाई शुद्ध पार। तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धोऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।

“तिनीहरूलाई जवान गोरू तिनीहरूको बथानबाट ल्याउन देऊ अनि यसको मसिनो पीठो तेलसित मिसाएको अन्यबली ल्याउन देऊ त्यसपछि तिमीले अर्को एउटा बथानबाट जवान गोरू पापबलिका निम्ति ल्याउनु पर्छ। त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर। 10 जब तिमीले लेवीहरूलाई परमप्रभुको अघि ल्याउँछौ इस्राएलको सबै मानिसहरूले तिनीहरू माथि आफ्नो हात राख्नु पर्छ। 11 हारूनले लेवीहरूलाई परमप्रभु अघि इस्राएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।

12 “लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रयाश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ। 13 यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ। 14 तिमीले तिनीहरूलाई इस्राएलका अरू मानिसहरूबाट छुट्टयाउनु पर्छ कारण लेवीहरू मेरा हुनेछन्।

15 “तिमीले तिनीहरूलाई शुद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्। 16 बिगतमा मैले इस्राएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन् भनी माँगेको थिएँ। तर अहिले इस्राएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इस्राएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु। 17 इस्राएलमा जन्मने प्रत्येक जेठो मेरो हुनेछ चाहे त्यो मानिस होस् अथवा पशु, यसमा कुनै फरक पर्दैन। किनभने मिश्र देशमा मैले प्रत्येक जेठो नानी र पशु मारेकोछु, अनि मेरो आफन्त बनाउनको निम्ति प्रत्येक जेठो छोरोलाई रोजें। 18 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इस्राएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु। 19 इस्राएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हारून र तिनका छोराहरूलाई भेटी स्वरूप दिएँ। तिनीहरूले इस्राएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इस्राएलको सबै मानिसहरूका निम्ति प्रयाश्चित गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इस्राएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।”

20 त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे। 21 लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रयाश्चित गराएर तिनीहरूलाई सफा बनाए। 22 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावार थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।

23 त्यपछि परमप्रभुले मोशालाई भन्नुभयो, 24 “यो लेवीहरूको नियम निम्ति हो। प्रत्येक लेवीहरू जो पच्चीस बर्षका अनि माथिका छन्। तिनी सबै भेट हुने पालको सेवामा भाग लिन आउनु पर्छ। 25 तर जब कुनै लेवी मानिस पचास बर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ। 26 पचास बर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”

भजनसंग्रह 44

प्रमुख संगीतकारलाई: कोरह परिवारको मस्किल भन्ने भजन।

हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं।
    हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के-के गर्नुभयो उहाँहरूले बताउनु भयो।
    तपाईंले धेरै बर्ष अघि गरेका कार्यहरू, तिनीहरूले हामीहरूलाई बताए।
परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति सहित
    अरूका जग्गाहरू लिनुभयो अनि हामीलाई दिनु भयो।
तपाईंले ती विदेशी मानिसहरूलाई टुहुरो पार्नु भयो।
    तपाईंले तिनीहरूलाई यो ठाउँ छोड्न वाध्य गर्नुभयो।
हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो।
    उनीहरूका पाखुराहरू बलिया थिएनन्, जसले तिनीहरूलाई विजयी गराए।
यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो।
    परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
    किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ।
    आदेश दिनुहोस् अनि याकूबका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।
मेरो परमेश्वर, तपाईंको सहायताले गर्दा हामी आफ्ना शत्रुहरूलाई पछि धकेल्ने छौं।
    तपाईंको नाउँमा हामी तिनीहरूलाई कुल्चदै हिंड्ने छौं।
म मेरो धनु र तरवारमाथि भरोसा राख्दिनँ।
    मेरो तरवारले मलाई बचाउन सक्दैन।
हे परमेश्वर, तपाईंले हामीलाई मिश्रबाट बचाउनु भयो।
    तपाईंले हाम्रा शत्रुहरूलाई लज्जित बनाएर राख्नु भयो।
हामीले दिनभरि नै परमेश्वरको स्तुति-गान गाएका छौं।
    अनि तपाईंको नाउँको प्रशंसा सदा-सर्वदा गर्नेछौं!

तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो।
    तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन।
10 तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो।
    हाम्रा शत्रुहरूले हाम्रो सम्पत्ति लगेर गए।
11 तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेंडा जस्तो टाढा अलग्ग राखि दिनु भयो।
    तपाईंले विदेशीहरूका माझ हामीलाई छरपस्ट पारेर छाडी दिनुभयो।
12 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो,
    तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन।
13 तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो।
    तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए।
14 हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्।
    आफ्नो देश नभएका मानिसहरू सम्म हामीमाथि हाँस्छन् र आफ्ना टाउकाहरू हल्लाउँछन्।
15 म लाजले छोपिएको छु।
    सारा दिन आफ्नो लज्जित रूप हेर्छु।
16 मेरा शत्रुहरू जसले मसित साटो फेर्न चाहन्थे,
    तिनीहरूको खिसी र अपमानबाट उप्जेको लाजले गर्दा म आफैं लुक्छु।
17 परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं।
    अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ।
    हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!
18 परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं।
    हामी तपाईंलाई पछ्याउनका लागि रोकिएका छैनौं।
19 तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्।
    तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ।
20 के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं?
    के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन!
21 निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ।
    उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।
22 हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्‌यौं!
    हामी मार्न लगिएका भेंडा़ जस्तै छौं।
23 उठ्नु होस्, मेरो स्वामी!
    किन तपाईं सुतिरहनु भएको छ?
    उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!
24 परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ?
    तपाईंले हाम्रो पीर र सङ्कटहरूलाई बिर्सिनु भयो?
25 हामीलाई फोहोर भित्र हुत्याइएको छ।
    हाम्रो शरिर धूलोमा पल्टिरहेको छ।
26 हे परमेश्वर, उठ्नु होस् र हामीलाई सहयोग गर्नुहोस्।
    तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।

श्रेष्ठगीत 6

यरूशलेमका स्त्रीहरू ऊ सित बोल्छन्

हे सुन्दरी स्त्री,
    भन तिम्रा प्रेमी कहाँ गएका छन्?
भन तिनी कुन बाटो गएका छन्?
    ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं।

यरूशलेमका स्त्रीहरूलाई तिनी उत्तर दिन्छिन्

मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ।
    उहाँ बगैंचालाई हेर्न
र त्यहाँबाट लिलीहरू
    बटुल्न जानु भएको छ।
म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ।
    उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।

उनी सित ऊ बोल्छ

तिमी तिर्सा जस्तै सुन्दरी छौ,
    तिमी यरूशलेम जस्तै आकर्षक छौ।
    तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं सहासी छौ।
तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्।
    अनि तिम्रो केश लामो र घुम्रिएको छ।
गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं।
    यसर्थ तिमीले मलाई नहेर।
तिम्रो दाँतहरू नुहाएर निस्केका
    र कत्रन तयार रहेका भेंडा़हरू जस्तै छन्।
तिनीहरू सबै जुम्ल्हा पाठाहरू जन्माए
    अनि तिनीहरू मध्ये एउटा पनि गुमाएनन्।
घुम्टो मित्र तिम्रा ती कनपटहरू एस्ता छन् कि
    जस्ता दारीमका फ्याकलाहरू हुन्।

उहाँका साठ्ठी रानीहरू छन्
    अनि अस्सी रखौटीहरू
    अनि अनगन्ती नयाँ तरूणीहरू छन्।
तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन्, मेरो सम्पूर्णता
    जुन आमाले तिनलाई जन्माइन्, ती आमाकी प्रसिद्ध नानी,
जवान स्त्रीहरूले देखेर प्रशंसा गरे,
    अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे।

स्त्रीहरूले उसको प्रशंसा गर्छन्

10 ती कन्या स्त्री को हुन्?
    अरूणोदय झैं चम्कन्छिन्
जुनझैं सुन्दरी छिन्।
    तिनी घामझैं चहकिली छिन्
तिमी एउटा झण्डा बोक्ने
    डरलाग्दा सेनाझैं साहासी छौ।

ऊ उनीसित बोल्छन्

11 म तल ओखरको बगैंचा तिर गएँ
    बेंसीहरूको फल हेर्न
दाखहरू फूल्यो कि भनेर हेर्न
    दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।
12 तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा
    चढ्न मन्जुरी दिएको अनुभव गरें।

यरूशलेमका स्त्रीहरूले तिनलाई बोलाए

13 हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ,
    फर्केर आऊ ताकि हामी तिमीलाई हेर्न सक्छौं,

किन तिमीहरूले शूलम्मेनीलाई,
    सेनाहरूको युद्ध छाउनीमा नर्तकीलाई झैं हेरिरहेका छौ!

हिब्रू 6

1-2 यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोड्नु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै फर्कनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ। त्यसबेला, हामीलाई बप्तिस्माहरू,[a] मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतकको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढ़नु पर्छ। परमेश्वरले चाहनु भए हामी त्यो पनि गर्छौं।

4-6 मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्। तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे। अब तिनीहरूलाई फर्काएर फेरि ख्रीष्टमै ल्याउन असंभव छ। किनकि तिनीहरूले ख्रीष्टलाई फेरि क्रूसमा टाँगेर काँटी ठोक्दैछन्। तिनीहरूले मानिसहरूको सामू ख्रीष्टलाई लज्जित तुल्याउँदै छन्।

जुन खेतले घरि-घरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ। तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।

प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ। 10 परमेश्वर न्यायसँगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले सन्झनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।

11 तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ। 12 अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।

13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ। 14 परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”(A) 15 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।

16 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँच्चो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ। 17 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाणित गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझुन् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सक्नु हुन्न, अनि जब उहाँले कुनै शपथ लिनुहुन्छ उहाँले पुरा गर्नु हुन्छ। 18 यी दुइ कुराहरू बद्लिन सक्दैनन्।

अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौं। 19 हाम्रो आशा एउटा लङ्गूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ। 20 येशू अघिबाटै त्यस ठाउँमा पसिसक्नुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International