M’Cheyne Bible Reading Plan
इस्राएलीहरू परमेश्वरका विशेष मानिसहरू
7 “तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरू भन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ। 2 परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ। 3 ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ। 4 किनभने तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई नष्ट पार्नु हुनेछ।
झूटा देव-देवताहरू ध्वंश पार
5 “तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ। 6 किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ। 7 किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ। 8 तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।
9 “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ। 10 तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्न। 11 यसकारण आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू, विधि र विधानहरू तिमीहरूले सावधानी पूर्वक पालन गर्नु पर्छ।
12 “यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुशरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ। 13 उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेंडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।
14 “अरू मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू ब्याउन योग्य हुनेछन्। 15 परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ। 16 तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।
परमप्रभु आफ्ना मानिसहरूलाई सहायता गर्ने प्रतिज्ञा गर्नुहुन्छ
17 “‘यी देशहरू हामी भन्दा शक्तिशाली छन्। यिनीहरूलाई कसरी हटाउनु सकिन्छ,’ यस्ता कुराहरू मनमा नसोच। 18 तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो। 19 तिमीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएका कष्टहरू देख्यौ। उहाँले गर्नु भएका अचम्मका चीजहरू तिमीहरूले देख्यौ। तिमीहरूले परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याउनमा प्रयोग गरेको ठूलो सामर्थ्य र शक्ति देखेका छौ। परमप्रभु तिमीहरूका परमेश्वरले त्यही सामर्थ्य मानिसहरूको विरोधमा प्रयोग गर्नु हुनेछ जसले तिमीहरूलाई भयभीत पार्छन्।
20 “परमप्रभु तिमीहरूका परमेश्वरले सबै मानिसहरू जो तिमीहरूदेखि भागेका छन् अनि लुकेका छन् तिनीहरूको पछि बिच्छयूँ पनि पठाउनु हुनेछ। उहाँले तिनीहरू सबलाई नष्ट पार्नु हुनेछ। 21 ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ। 22 अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती देशका मानिसहरूलाई अलि-अलि गर्दै तिमीहरूको भूमिबाट निस्कन बाध्य गराउनु हुनेछ। तिमीहरूले तिनीहरू सबैलाई एकै पल्टमा नष्ट गर्ने छैनौ यदि तिमीहरू त्यसो गर्यौ भने जंगली जनावरहरू तिमीहरूका लागि ज्यादै बढ्ने छन्। 23 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ती देशहरू जित्ने बनाउनु हुनेछ। जबसम्म तिमीहरूको विजय हुँदैन तिनीहरूलाई परमप्रभुले अल्मल्याई दिनु हुने छ। 24 परमप्रभुले तिमीहरूलाई तिनीहरूका राजाहरूलाई पनि परास्त गर्नमा सघाउनु हुनेछ। तिनीहरूलाई परास्तगर्नबाट कसैले पनि रोक्ने छैन।
25 “तिमीहरूले तिनीहरूका देवी-देवताको मूर्तिहरू आगोमा फ्याँकिदिनु पर्छ अनि जलाएर नष्ट पारिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा नष्ट पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुन्न। 26 तिमीहरूले ती मूर्तिहरू ध्वंश पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ।
चौथो भाग
(भजनसंग्रह 90–106)
परमेश्वरको जन, मोशाको प्रार्थना।
1 हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।
2 परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं
अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं।
परमेश्वर, तपाईं सधैँ परमेश्वर रहनु भयो र सधैँ हुनुहुने नै छ।
3 तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ
अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ।
4 तपाईंको लागि हजारौं बर्षहरू पनि
हिजो बितेको रात जस्तै लाग्दछ।
5 हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ।
हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ।
हामी घाँस जस्तै छौ।
6 बिहान पख घाँस उम्रन्छ
अनि बेलुकी यो ओइलाएर मर्छ।
7 हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ।
तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।
8 तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ।
हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।
9 तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ।
कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ।
10 हामी सत्तरी बर्षसम्म बाँच्न सक्छौं,
यदि अझ बलियो भए अस्सी बर्षसम्म बाँच्न सक्छौं।
हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ।
त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।
11 हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन।
तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ।
12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
13 हे परमप्रभु, सधैँ हाम्रो पछाडि आउनुहोस्।
आफ्ना दासहरू प्रति दयालु हुनुहोस्।
14 प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्।
हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं।
15 तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र सङ्कटहरू दिनुभयो।
अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।
16 तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन्,
जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ,
अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।
17 हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्।
हामी जे काम गछौ त्यो फलदायक होस,
हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।
परमेश्वरले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुनेछ
35 खडेरीले डडेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुख्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्। 2 जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला-अग्ला जल वृक्षहरू हुनेछन्। मरुभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरुभूमि खुशीले नाचिरहेकोछ। मरुभूमि लबानोनको बगैंचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्।
3 कमजोर पाखुराहरू फेरि बलियो पार। कमजोर गोडाहरू दरिलो पार। 4 मानिसहरू भयभीत र अन्योलमा परेका छन्। ती मानिसहरूलाई भन, “बलियो होऊ, नडाराऊ!” हेर, तिमीहरूका परमेश्वर आउनु हुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। 5 तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ। 6 लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरुभूमिमा बर्षिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ। 7 बल्दै गरेको तातो भूमिमा पानीको धाराहरू हुनेछ। सुखा ठाउँहरूमा इनारहरू हुनेछन्। भूईंबाट पानी बग्नेछ। त्यहाँ अग्ला जलीय रूखहरू उम्रिनेछन् जहाँ एक समय पशुहरूले शासन गरेका थिए।
8 त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्। 9 त्यस बाटोमा कुनै प्रकारको खतरा हुने छैन्। त्यहाँ मानिसहरूलाई घात पार्ने कुनै सिंहहरू हुने छैन्। त्यस बाटोमा कुनै प्रकारको हिंस्रक पशुहरू हुने छैन्। परमेश्वरले मानिसहरूको लागि त्यो बाटो जोगाई राख्नु भएको हो।
10 परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।
5 तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठ्ठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो। 2 अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?” 3 तर स्वर्गमा, पृथ्वीमाथि वा पृथ्वी मुनि कोही पनि थिएन जसले त्यो बेह्रिएको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो। 4 म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन। 5 तर अग्रजहरू मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”
6 तब मैले ती चार सजीव वस्तुहरू अग्रजहरूले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेंड़ाको पाठो उभिरहेको देखें। त्यो भेंड़ाको पाठा मारिएको थुमा जस्तो देखिन्थ्यो। त्यसका सातवटा सींङ अनि सातवटा आँखहरू थिए, यी परमेश्वरका सात-आत्माहरू हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए। 7 तो भेंड़ाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो। 8 जब भेंड़ाको पाठोले त्यो बेह्रिएको पत्र लियो ती चार सजीव पशुहरू अनि चौबीस जना अग्रजहरू भेंडा़को पाठोको समक्ष निहुरिए। तिनीहरू प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरू परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्। 9 अनि तिनीहरू सबैले भेंडा़को पाठाको लागि एउटा नयाँ गीत गाए:
“तिमी त्यो बेह्रिएको चर्मपत्र लिन
अनि त्यसको मोहर खोल्न योग्य छौ,
किनभने तिमी मारिएका थियौ,
अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति
हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ।
10 यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ।
अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।”
11 तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए। 12 ती स्वर्गदूतहरूले ठूलो स्वरमा भने:
“त्यो भेंडा़को पाठा जसलाई मारियो, उनैलाई शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम,
उहाँ सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको हुनुहुन्छ।”
13 तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरूलाई भन्दै गरेको सुनें। मैले तिनीहरू सबैले यो भनेको सुनें,
“उहाँ एक जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडा़को पाठाप्रति,
सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा-सर्वदा रहुन्।”
14 ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे।
© 2004, 2010 Bible League International