Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 34

दीनाको बलात्कार

34 दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्। त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो। शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो। शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”

याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्। त्यस समय शकेमका बाबु हमोर याकूबसित कुरा गर्न गए।

जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।

तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्। यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्। 10 तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौ। तिमीहरू जमीनको मालिक हुन सक्छौ र स्वतत्र रूपले व्यापार गर्न सक्छौ।”

11 शकेमले पनि याकूब अनि तिनका छोराहरूसित कुरा गर्यो। उनले भने, “दया गरी मलाई ग्रहण गर्नु होस् अनि तपाईहरूले भनेका कुरा म जेपनि गर्नेछु। 12 यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”

13 शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झूटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो। 14 यसर्थ ती दाज्यू-भाइहरूले शकेमलाई भने, “हामी हाम्री बहिनीसित तिमीलाई विवाहको अनुमति दिन सक्तैनौ कारण तिमी अझसम्म खतना गरिएका छैनौ। हाम्री बहिनीको तिमीसित विवाह गर्नु एउटा भूल कर्म हुनेछ। 15 तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौं यदि तिमीले यो काम गर्यौं भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ। 16 त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौं। 17 यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”

18 यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए। 19 दीनाका दाज्यूहरूले भनेको कुरामा शकेम साह्रै खुशी भयो।

आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो। 20 हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने, 21 “यी मानिसहरू हामीसित मैत्रीपूर्ण छन्, तिनीहरूलाई हामीहरूमाझ बस्न अनि व्यापार गर्न दिऊँ। जहाँसम्म भूमिको कुरा छ, हेर, हामी सबैको लागि यो धेरै नै छ। हामी तिनीहरूकी छोरीहरूलाई हाम्री पत्नीहरू बनाऊँ अनि हाम्री छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिऊँ। 22 तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इस्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ। 23 यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सकुन्।” 24 सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो।

25 तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए। 26 दीनाका दाज्यूहरू शिमोन र लेवीले हमोर र उसको छोरो शेकमलाई पनि मारे अनि शेकमको घरबाट दीनालाई निकाले अनि लिएर गए। 27 याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रीस मरेको थिएन। 28 गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे। 29 ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।

30 तर याकूबले शिमोन र लेवीलाई भने, “तिमीहरूले मलाई साह्रै कष्ट दियौ। यहाँ सबै मानिसहरूले मलाई घृणा गर्नेछन्। सबै कनानी र परिज्जी मानिसहरू मेरो विरूद्धमा हुनेछन्। हामीहरूको संख्या यहाँ कम्ती छ, यदि यहाँका मानिसहरू हामीसित लड्न भेला भए भने हामीहरू ध्वंश हुनेछौ। अनि मसँग भएका सबै हाम्रा मानिसहरू ध्वंश हुनेछन्।”

31 तर ती दाज्यू-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अँहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।”

मर्कूस 5

दुष्टात्मा बाट छुटकारा पाएको एक मानिस

(मत्ती 8:28-34; लूका 8:26-39)

येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो। जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो। त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्गलोले बाँधेर पनि। धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्गलोले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्गलाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन। रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैंले आफैंलाई ढुङ्गाले काट्दै हिँड्थ्यो।

जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगुरेर आयो अनि उहाँका अघि निहुरियो। 7-8 येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइज।” अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्?”

त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”

त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।” 10 ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।

11 त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए। 12 दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुँगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।” 13 अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती दुष्टात्मा मानिसलाई छोडेर सुँगुरहरूमा पसे। त्यसपछि ती सुँगुरहरू भिरालो पहाड़ अनि समुद्र तिर हुर्रिन लागे। सबै सुँगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुँगुरहरू थिए।

14 सुँगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घट्नाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घट्ना हेर्न आए। 15 मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए। 16 केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए। 17 अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानुहोस् भने।

18 येशू डुङ्गा मा चढ्दै हुनुहुन्थ्यो, दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसँगै जानलाई बिन्ती गर्यो। 19 तर येशूले त्यस मानिसलाई आफूसँग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”

20 तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।

येशूद्वारा मृत युवतीलाई प्राणदान अनि रोगी स्त्रीलाई आरोग्य प्रदान

(मत्ती 9:18-26; लूका 8:40-56)

21 येशू डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। 22 सभाघरका एकजना याईरसले येशूलाई देखे, अनि येशूलाई दण्डवत गरे। 23 याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, “मेरी सानि छोरी मर्न आँटेकी छे। कृपया झट्टै आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि ऊ निको हुनेछे अनि बाँच्नेछे।”

24 अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।

25 ती मानिसहरूसँग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। 26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।

27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई। 28 त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।” 29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी। 30 अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?”

31 चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन्। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ, ‘मलाई कसले छोयो?’”

32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो। 33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई। 34 येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”

35 येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दु:ख दिने आवश्यकता छैन।”

36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”

37 येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन। 38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो। 39 येशू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। ऊ सुती रहेकी छे।” 40 तर तिनीहरूले येशूमाथि हाँसो गरे।

येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो। 41 अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”) 42 सानी बालिका जुरूक्कै उठी अनि हिँड्न लागी। (बालिका 12 र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे। 43 येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्कै केही नभन्नु भनेर कड़ा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

अय्यूब 1

असल मानिस अय्यूब

अय्यूब नाउँ भएको एकजना मानिस ऊज मुलुकका वासिन्दा थिए। अय्यूब एकजना असल र ईमान्दारी मानिस थिए। अय्यूबले परमेश्वरलाई आदर गर्थे र तिनी खराब कामहरूबाट पर सर्थे। अय्यूबका सात भाइ छोराहरू र तीन बहिनी छोरीहरू थिए। अय्यूबको आफ्नै 7,000 भेंडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।

अय्यूबका छोराहरूले पालैपालो गरेर आफ्ना घरहरूमा प्रितीभोजहरू दिने गर्थे, अनि तिनीहरूले आफ्ना बहिनीहरूलाई निमंत्रणा गर्थे। तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाँडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैंले सोच्थे, “हुनसक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैँ गर्ने गर्थे।

एक दिन स्वर्गदूतहरू[a] परमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतान[b] पनि थियो। परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”

शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिएँ।”

तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र ईमान्दार मानिस छ। ऊ परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैँ टाडो रहन्छन।”

शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ। 10 तपाईंले सधैँ उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेंडाका बथानहरू फैलिएका छन्। 11 तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”

12 परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस् गर। तर उसको शरीरलाई चोट नपुर्या।”

तब शैतान परमप्रभुदेखि टाढा गयो।

अय्यूबले सारा चीजहरू गुमाउँछ

13 एकदिन, अय्यूबका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खाँदै अनि दाखरस पिउँदै उत्सव मनाइरहेका थिए। 14 तब एकजना सन्देश-वाहक अय्यूबकहाँ आए र भने, “गोरूहरूले जोतिरहेका थिए र गधाहरूले छेउमा नै घाँस खाईरहेका थिए। 15 शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

16 त्यो सन्देश-वाहक बोलिरहेकै बेला अर्को सन्देश-वाहक अय्यूबकहाँ आई पुग्यो। त्यो दोस्रो सन्देश-वाहकले भन्यो, “आकाशबाट आएको चट्याङले तपाईंको सारा भेंडाहरू र नोकरहरू मार्यो। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

17 त्यो सन्देश-वाहक बोलिरहेको बेला अर्को सन्देश-वाहक आई पुग्यो। त्यो तेस्रो सन्देश-वाहकले भन्यो, “कल्दीहरूले तीन सैन्यदलहरू पठाए। तिनीहरूले हामीमाथि आक्रमण गरे अनि सारा ऊँटहरू लगे। तिनीहरूले नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

18 तेस्रो सन्देश-वाहक बोलिरहेकै बेला, अर्को सन्देश-वाहक त्यहाँ आई पुग्यो। त्यो चौथो सन्देश-वाहकले भन्यो, “तपाईंका जेठा छोरोको घरमा तपाईंका अन्य छोरा-छोरीहरूले खाइरहेका र दाखरस पिइरहेका थिए। 19 तब एक जोडदार हावा मरुभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

20 जब अय्यूबले ती सबै खबरहरू सुने आफ्नो दुःख र उदासीनता प्रकट गर्नका लागि उनले आफ्ना लुगाहरू च्याते अनि केश खौरिए। तब अय्यूब भूईंमा घोप्टो परेर परमेश्वरलाई दण्डवत गरे। 21 उनले भनेः

“जब म यस संसारमा जन्मको थिएँ,
    म नाङ्गै थिएँ अनि मसँग केही पनि थिएन।
जब म मर्छु अनि यो संसार छाडेर जान्छु,
    म नाङ्गै नै जानेछु अनि मसँग केही रहनेछैन।
परमप्रभुले दिनुभयो,
    अनि परमप्रभुले लानु भयो।
परमप्रभुको नाउँको प्रशंसा होस्।”

22 ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।

रोमी 5

परमेश्वरसँग शान्ति

हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं। ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं। त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ। अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।

जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो। राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान। यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।

हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं। 10 मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ। 11 यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

आदम र ख्रीष्ट

12 पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। 13 मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन। 14 तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।

आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए। 15 तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। 16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ। 17 एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।

18 यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ। 19 एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्। 20 पाप बढ़ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ़दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ़दै गयो। 21 जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International