M’Cheyne Bible Reading Plan
याकूबको दाह-सँस्कार
50 जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए। 2 यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे। 3 मिश्रीहरूले इस्राएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि। यूसुफ फिरऊन कहाँ गए।
4 सत्तरी दिनपछि शोक समय सकियो र यूसुफले फिरऊनका अधिकारीहरूसँग कुरा गरे। यूसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु। 5 ‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।’”
6 फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।”
7 यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए। 8 तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए। 9 मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।
10 तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे। 11 जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।
12 यसर्थ याकूबका छोराहरूले आफ्ना बाबुले जे भनेका थिए त्यही गरे। 13 तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो। 14 आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।
दाज्यू-भाइहरू यूसुफसित अझै डराइरहे
15 याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै बर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।” 16 यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए, “तिम्रो बुबा मर्नु अघि उहाँ आफैंले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो। 17 उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।”
त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए। 18 तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।”
19 तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन। 20 यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो। 21 यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।
22 यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश बर्ष पुगेर मरे। 23 यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाति-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।
यूसुफको मृत्य
24 जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”
25 तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।”
26 यूसुफ जब एक सय दश बर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।
यूहन्नाको प्रचार
(मत्ती 3:1-12; मर्कूस 1:1-8; यूहन्ना 1:19-28)
3 सिजर तिबेरियसको पन्ध्रौं वर्षमा:
पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए;
अनि हेरोद गालीलका शासक थिए;
तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए
अनि लुसानियास, अबलेनका शासक थिए।
2 जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड़ स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए। 3 तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए। 4 यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः
“उजाड स्थानमा कराइरहेको आवाजः
‘परमप्रभुका निम्ति मार्ग तयार पार।
उहाँको पथहरू सोझो पार।
5 प्रत्येक खाल्डा पुरिनेछ,
अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ,
अप्ठेरा बाटोहरू समतल पारिनेछन,
अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
6 सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्!’”(A)
7 यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू सर्पहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो? 8 तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। 9 रूखहरू काट्नलाई बन्चरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउँदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”
10 मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”
11 यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
12 कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”
13 यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्दा ज्यादा कर नउठाऊ।”
14 कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?”
यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झूटो नबोल। आफूले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”
15 सबै मानिसहरू ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरूले सोचे, “के उहाँनै ख्रीष्ट हुनुहुन्छ त?”
16 यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। 17 उहाँ खला सफा पार्न तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नलाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।” 18 त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
यूहन्नाको काम कसरी समाप्त भयो
19 हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए। 20 हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
यूहन्नाद्वारा येशूको बप्तिस्मा
(मत्ती 3:13-17; मर्कूस 1:9-11)
21 जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो। 22 अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।”
यूसुफको पारिवारिक इतिहास
(मत्ती 1:1-17)
23 जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस वर्ष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ।
यूसुफ एलीका पुत्र थिए।
24 एली मत्तातका पुत्र थिए।
मत्तात लेवीका पुत्र थिए।
लेवी मल्कीका पुत्र थिए।
मल्की यान्नाका पुत्र थिए।
यान्ना यूसुफका पुत्र थिए।
25 यूसुफ मत्ताथियसका पुत्र थिए।
मत्ताथियास आमोसका पुत्र थिए।
आमोस नहूमका पुत्र थिए।
नहूम इसलीका पुत्र थिए।
इसली नग्गैका पुत्र थिए।
26 नग्गै माथका पुत्र थिए।
माथ मत्ताथियासका पुत्र थिए।
मत्ताथियास सेमैनका पुत्र थिए।
सेमैन योसेखका पुत्र थिए।
योसेख योदाका पुत्र थिए।
27 योदा योआननका पुत्र थिए।
योआनन रेसाका पुत्र थिए।
रेसा यरूबाबेल का पुत्र थिए।
यरूबाबेल शालतिएलका पुत्र थिए।
शालतिएल नेरीका पुत्र थिए।
28 नेरी मल्कीका पुत्र थिए।
मल्की अद्दीका पुत्र थिए।
अद्दी कोसामका पुत्र थिए।
कोसाम एलमादमका पुत्र थिए।
एलमादम एरका पुत्र थिए।
29 एर् यहोशूका पुत्र थिए।
यहोशू एलिएजरका पुत्र थिए।
एलीएजर योरीमका पुत्र थिए।
योरीम मत्तातका पुत्र थिए।
मत्तात लेवीका पुत्र थिए।
30 लेवी शिमियोनका पुत्र थिए।
शिमियोन यहूदाका पुत्र थिए।
यहूदा यूसुफका पुत्र थिए।
यूसुफ योनानका पुत्र थिए।
योनान एल्याकीमका पुत्र थिए।
31 एल्याकीम मलेआका पुत्र थिए।
मलेआ भिन्नाका पुत्र थिए।
भिन्ना मत्ताथाका पुत्र थिए।
मत्ताथा नातानका पुत्र थिए।
नातान दाऊदका पुत्र थिए।
32 दाऊद यिशैका पुत्र थिए।
यिशै ओबेदका पुत्र थिए।
ओबेद बोअजका पुत्र थिए।
बोअज सल्मोनका पुत्र थिए।
सल्मोन नहशोनका पुत्र थिए।
33 नहशोम अम्मीनादबका पुत्र थिए।
अम्मीनादाब आरामका पुत्र थिए।
आराम हेस्रोनका पुत्र थिए।
हेस्रोन फारेसका पुत्र थिए।
फारेस यहूदाका पुत्र थिए।
34 यहूदा याकूबका पुत्र थिए।
याकूब इसहाकका पुत्र थिए।
इसहाक अब्राहामका पुत्र थिए।
अब्राहाम तेरहका पुत्र थिए।
तेरह नाहोरका पुत्र थिए।
35 नाहोर सरूगका पुत्र थिए।
सरूग रऊका पुत्र थिए।
रऊ पेलेगका पुत्र थिए।
पेलेग एबेरका पुत्र थिए।
एबेर शेलहका पुत्र थिए।
36 शेलह केनानक पुत्र थिए।
केनान अर्पक्षदक पुत्र थिए।
अर्पक्षदक शेमका पुत्र थिए।
शेम नूहका पुत्र थिए।
नूह लेमेखका पुत्र थिए।
37 लेमेख मतूशेलहका पुत्र थिए।
मतूशेलह हनोकका पुत्र थिए।
हनोक येरेदका पुत्र थिए।
येरेद महलालेलका पुत्र थिए।
महलालेल केनानका पुत्र थिए।
38 केनान एनोशका पुत्र थिए।
एनोश शेतका पुत्र थिए।
शेत आदमका पुत्र थिए।
आदम परमेश्वरका पुत्र थिए।
अय्यूबले एलीपजलाई जवाफ दिंदछ
16 तब अय्यूबले जवाफ दिए,
2 “मैले पहिलाबाट यी कुराहरू सुनेको हुँ।
तिमीहरू तीनजनाले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।
3 तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइनन्।
किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ?
4 तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें
यदि तिमीहरूसँग मेरो जस्तै सङ्कटहरू भए।
म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थें
अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।
5 तर म तिमीलाई उत्साह दिउँला,
अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।
6 “मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन,
तर चुपचाप बसिरहनु पनि लाभ छैन।
7 हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो।
तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
8 तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो,
अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
9 “परमेश्वर क्रोधित हुनुभयो,
अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो।
मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो।
अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।
10 मानिसहरूले मेरो वरिपरि थुप्रेर,
तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।
11 परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो।
मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो।
12 जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन
अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन
तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो।
तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो
र मलाई उहाँको तारोको रूपमा प्रयोग गर्नुभयो।
13 परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्।
उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो।
उहाँले ममाथि दया देखाउनु भएन
उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो।
14 घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ।
उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दौड्नु हुन्छ।
15 “म अत्यन्त उदास छु,
यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु।
म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु,
अनि म पराजित भएको ठान्छु।
16 रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो।
मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्।
17 मैले कसैलाई नोक्सान गरेको छैन।
तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो।
मेरा प्रार्थनाहरू उचित र चोखा छन्।
18 “पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो।
मेरो न्यायको पुकारलाई नरोक।
19 अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ।
त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ।
20 मेरो साथीहरूले मलाई हप्काउँछ।
मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।
21 तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि
न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।
22 “केही बर्षमा म नफर्किने ठाउँमा जानेछु।
17 “मेरो आत्मा टुक्रियोः
म त्याग्न तयार छु।
मेरो जीवन प्रायः बितिसक्यो,
चिहानले मलाई पर्खिरहेछ।
2 मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि ममलाई देखेर हाँस्छन्।
जब तिनीहरूले मलाई जिस्काउँछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु।
3 “हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ।
अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।
4 तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो
अनि तिनीहरूले बुझ्दैनन्।
दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्।
5 तपाईंहरूलाई यो भनाई थाहा छ,
‘मानिसहरूले आफ्ना नानीहरूलाई भोक-भोकै राखी साथीलाई मद्दत गर्छन्।’
6 परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो।
मानिसहरूले मेरो मुखमा थुक्छन्।
7 मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु।
मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।
8 धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्।
अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ।
9 तर ईमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्।
विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।
10 “तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर।
तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिनँ।
11 मेरो जीवन बितिरहेछ।
मेरो योजनाहरू नष्ट भइरहेछ।
मेरो इच्छा मर्यो।
12 तर मेरो सारा मित्रहरू सालेमाले भए।
तिनीहरू रातलाई दिन सोच्छन, तिनीहरू अन्ध्यारोले उज्यालो भगाउँछ भनेर सोच्छन्।
13 “म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला
अँध्यारो चिहानमा मेरो ओछ्यान बनाउँने आशा गरौंला।
14 म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’
अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी’ भन्न सक्छु।
15 तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्।
यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउँनेछन्।
16 के मेरो आशा मसँगै मरेर मृतलोकमा जानेछ?
के हामी साथ-साथै मैला धूलोमा सँगै जानेछौं?”
ख्रीष्टका प्रेरितहरू
4 हामीबारे मानिसहरूले के सम्झनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छौं। 2 यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि ऊ त्यो विश्वासको योग्य छ। 3 यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफैं पनि आफूलाई जाँच्दिन। 4 मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ। 5 यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।
6 दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैंलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ। 7 तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?
8 तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ। 9 तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। 10 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन। 11 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन। 12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं। 13 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिङ्गर र धर्तीको मैला जस्तो सम्झन्छन्।
14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु। 15 ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ। 16 यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु। 17 यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
18 तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन। 19 तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्। 20 किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिदैन, तर शक्तिमा छ। 21 तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?
© 2004, 2010 Bible League International