M’Cheyne Bible Reading Plan
यूसुफले दुइवटा सपना व्याख्या गर्छ
40 पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए। 2 फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए। 3 उनले तिनीहरूलाई फिरउनले यूसुफलाई जस्तै फोतिफरलाई झ्यालखानाम पठाए जसको मुख्य अगंरक्षकको घरमा जहाँ यूसुफ थियो। 4 प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए। 5 एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो। 6 यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए। 7 यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?”
8 ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।”
यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”
दाखरस सेवकको सपना
9 यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें। 10 त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अंङ्गूरको गुच्छा भयो। 11 मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपेर त्यो प्यालामा निचोरेर त्यो प्याला फिरऊनलाई दिएँ।”
12 तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो। 13 तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौ। 14 तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सम्झना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ। 15 मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”
रोटी पकाउनेवालाको सपना
16 त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यूसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखें मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए। 17 सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”
18 यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो। 19 तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।”
नोकरले यूसुफलाई बिर्सिन्छन्
20 तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए। 21 फिरऊनले दाखरस दिने सेवकलाई मुक्त गर्यो अनि उसलाई आफ्नो पुरानो काममा नै लगायो। अनि दाखरस दिने सेवकले फिरऊनको हातमा दाखरसको प्याला राखिदियो। 22 तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो। 23 तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो।
येशूद्वारा विवाहविच्छेद बारे शिक्षा
(मत्ती 19:1-12)
10 त्यसपछि येशूले त्यो ठाऊँ छाड्नुभयो। उहाँ यहूदियाको इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकौं मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिस हरूलाई सिकाउनुभयो।
2 केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसँग बिवाह विच्छेद गर्नु उचित हो?”
3 येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?”
4 फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसँग विवाहविच्छेद गर्न सक्छ।”
5 येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ। 6 तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो, 7 त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसँग बस्छ। 8 अनि तब ती दुइजना एक हुन्छन्। 9 यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन।”
10 त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे। 11 उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसँग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसँग व्यभिचारको पाप गरेको ठरिन्छ। 12 त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसँग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”
येशूद्वार बालकहरूलाई ग्रहण
(मत्ती 16:13-15; लूका 18:15-17)
13 मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे। 14 त्यहाँ जे घट्ना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्। 15 म तिमीहरूलाई साँच्चो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सानो बालकले दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्यहाँ पस्न पाउने छैनौ।” 16 त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।
एकजना धनी मानिस येशूलाई पछ्याउन नचाहेको
(मत्ती 19:16-30; लूका 18:18-30)
17 येशू हिँड्न लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, “हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”
18 येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ। 19 यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ …।’”
20 त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”
21 येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।”
22 जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।
23 त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ।”
24 अनि येशूका कुरामा चेलाहरू अचम्मित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ। 25 धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।”
26 चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?”
27 येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर परमेश्वरको निम्ति यी सबै सम्भव छ।”
28 पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, आमा-बाबु, बालकहरू, वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ 30 उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यू-भाइहरू, दीदी-बहिनीहरू, आमा-बुबाहरू, बालकहरू अनि खेत सबै पाउनेछ। यस संसारसा उसले यातना पाउने छ, तर आउनेवाला संसारमा उसले अनन्त जीवन पाउनेछ। 31 अहिले जो धेरै अगाडी छन् भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुनेछन्।”
येशू आफ्नो मृत्युबारे फेरि चर्चा गर्नुहुन्छ
(मत्ती 20:17-19; लूका 18:31-34)
32 येशू साथमा भएका अरू मानिसहरूसँग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ? 33 येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्। 34 तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”
याकूब र यूहन्ना आफ्नो निम्ति अनुरोध गर्छन्
(मत्ती 20:20-28)
35 त्यसपछि जब्दीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस्।”
36 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”
37 तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।”
38 येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”
39 छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौं।”
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चैनै तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कष्टहरू सहन्छौ, मैले लिए जस्तै बप्तिस्तमा तिमीहरूले पनि लिन्छौ। 40 तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”
41 अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र यूहन्नासँग रिसाए। 42 येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्। 43 तर तिमीहरूसँग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ। 44 यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ। 45 त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो। मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”
येशूद्वारा अन्धो मानिस निको
(मत्ती 20:29-34; लूका 18:35-43)
46 उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसँग त्यो शहर छोड्दै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै (“तिमैको छोरो”) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैँ पैसा मगिरहन्थ्यो। 47 त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशू, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”
48 धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु भनि हुकूम गरे। तर त्यो अन्धो मानिस झन्-झन् चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मद्दत गर्नुहोस्।”
49 येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।”
अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।” 50 त्यो अन्धो मानिस जुरुक्क उठ्यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रँदै येशूकहाँ गयो।
51 येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?”
त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”
52 येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ।” त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।
अय्यूबले एलीपजलाई जवाफ दिंदछ
6 तब अय्यूबले जवाफ दिएः
2 “यदि मेरो पीडाहरू ओजन गर्न सक्ने भएता
अनि मेरो सबै सङ्कटहरू तराजुमा जोखिन सक्ने भएता।
3 मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवा भन्दा गह्रुँङ्गो हुने थियो।
यसैले मेरो वचनहरू अर्थहीन प्रतीत हुन्छ।
4 सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्।
मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु।
परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।
5 जब कुनै दुर्घटना घटेको छैन तिम्रो शब्दहरू भन्नलाई सजिलो छ।
जङ्गली गधाले पनि गुनासो गर्दैन जब त्यहाँ उसलाई खान घाँस छ।
अनि गाईले गुनासो गर्दैन् जब सम्म त्योसँग खाद्य हुन्छ।
6 नुन विनाको भोजनको स्वाद असल हुँदैन
अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन।
7 यस प्रकारको खाद्य खान अस्वीकार गर्छु।
यस्ता भोजनले मलाई अस्वास्थ पार्छ।
अनि तिम्रा कुराहरू त्यस्तै छन्।
8 “हाय! मैले जे मागें त्यो पाउँन सकूँ।
म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ।
9 म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन,
कोही अघि बढेर मलाई मारून्।
10 अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु।
म एउटा कुरामा खुशी हुनेछु।
अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।
11 “मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्।
म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ।
यसैले मसँग धैर्य पनि छैन।
12 म चट्टान जस्तो बलियो छैन।
मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन।
13 म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन।
किनभने मबाट सफलता जति लगियो।
14 “कुनै मानिस यदि सङ्कटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ।
यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ।
15 तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ।
म तिमीहरूमाथि आश्रित हुन सक्तिनँ।
तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ।
तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्।
16 जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।
17 अनि जब ऋतु गर्मी र सूक्खा हुन्छ,
पानी बहन रोकिन्छ।
अनि खोलाहरू सुक्छन्।
18 व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँछन्।
तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।
19 तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्।
शेबाबाट यात्रीहरू पानी पाउँने पूर्ण आशामा आउँछन्।
20 तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन
तर तिनीहरू निराश हुन्छन्।
21 अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ।
तिमीहरूले मेरो सङ्कटहरू देखेर भयभीत छौ।
22 के मैले तिमीहरूलाई सहायता मागे? होइन।
तर तिमीहरूले मलाई आफ्ना सल्लाहहरू खुल्ला रूपमा दियौ।
23 के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ?
निष्ठुर मानिसहरूबाट मलाई जोगाऊ?’
24 “यसैले अब, मलाई शिक्षा देऊ अनि म चूपचाप रहनेछु।
मलाई देखाऊ कि मैले के त्यस्तो गल्ती गरें?
25 ईमान्दार वचनहरू शक्तिशाली हुन्छन।
तर तिम्रो तर्कहरूको के मतलब छ।
26 जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने
के तिमीहरू मेरा कुराहरूमा बहस गर्न सक्छौं भनी सोच्छौं?
27 तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ
जुन ती बाबु हीन नाबालकहरूका हुन्।
तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ।
28 तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ।
म तिमीहरू प्रति झूटो हुने छैन।
29 यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर।
मैले कुनै गल्ती काम गरेको छैन।
30 म झूटो बोलिरहेको छैन।
अनि म झूटोबाट सही के हो जान्दछु।”
10 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ। 2 यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्। 3 तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्। 4 ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ ऊ धर्मी हुन सक्छ।
5 व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्, “व्यवस्था अनुसार हिँड्ने मानिस त्यसबाटै बाँच्नेछ।”(A) 6 तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”) 7 “र नभन, ‘पातालमा को जानेछ?’” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”)
8 धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।”(B) यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं। 9 यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। 10 हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।
11 हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।”(C) 12 किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। 13 हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”(D)
14 तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। 15 तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”(E)
16 तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”(F) 17 यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
18 तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ,
“तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्।
तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”(G)
19 फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्,
“म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन।
एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।”(H)
20 त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्:
“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्,
तिनीहरूले नै मलाई पाए।
जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”(I)
21 परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ,
“सारा दिन मैले ती मानिसहरूलाई पर्खें,
तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”(J)
© 2004, 2010 Bible League International