Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 48:12-50:11

12 “हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्।
    इस्राएल, म तिमीलाई मेरो मानिसहरू भनेर आह्वान गर्नेछु।
    यसैले मलाई ध्यान दिएर सुन्।
म नै आदि हुँ,
    र म नै अन्त हुँ।
13 मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ।
    मेरो दाहिने हातले आकाश बनाएँ,
अनि यदि मैले तिनीहरूलाई बोलाएँ भने,
    तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्।

14 “तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन।
    के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अँहँ।
त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ,
    उसले जे मन पर्छ त्यही गर्छ।”

15 परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, ‘म उसलाई बोलाउनेछु
    अनि म उसलाई ल्याउँनेछु।
    म उसलाई सफल तुल्याउनेछु।’
16 यहाँ आऊ र मलाई ध्यान दिएर सुन्।
    म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो
अनि आदिदेखि नै मैले स्पष्ट रूपले बोले,
    यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।”

त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ, 17 ‘परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ,

“‘म तिम्रो परमप्रभु परमेश्वर हुँ।
    म तिमीहरूलाई ती कुराहरू सिकाउँछु जुन लाभदायक छ।
    म तिमीहरूलाई ती बाटोहरू लानेछु जहाँ तिमीहरू जानुपर्छ।
18 यदि तिमीले मेरो कुरा मानेको भए,
    तिमीहरूकहाँ पूर्ण रूपमा
    बगीरहेको पानी सरह शान्ति आउने थियो।
असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह,
    तिमीहरूकहाँ आउने थियो।
19 यदि तिमीहरूले मेरो कुराहरू मानेको भए,
    तिमीहरूले धेरै छोरा छोरीहरू पाउने थियौ।
    तिनीहरू बालुवाका कणहरू जस्ता हुने थिए।
यदि तिमीले मेरा आज्ञा पालन गरेको भए,
    तिमीहरू नाश हुने नै थिएनौ। तिमीहरू लगातार मसँग नै हुने थियौ।’”

20 मेरा मानिसहरू बाबेल त्याग।
    मेरा मानिसहरू, कल्दीहरूबाट भाग।
आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन।
    यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ।
मानिसहरूलाई भन,
    “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।”
21 परमप्रभुले मरुभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो,
तर तिनीहरू कहिल्यै तिर्खाएनन्।
    किनभने आफ्ना मानिसहरूका निम्ति
चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो।
    उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।

22 तर परमप्रभुले फेरि भन्नुभयो,
    “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”

परमेश्वरले आफ्ना विशेष दासलाई डाक्नु हुन्छ

49 टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्,
    पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्।
परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो।
    म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढ़नु भयो,
    जब म आमाको गर्भमा नै थिएँ।
परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ।
उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ,
    तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ।
    ऊ हाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ।
परमप्रभुले मलाई तिखो काँड झैं प्रयोग गर्नुहुन्छ,
    तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।

परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ।
    म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।”

मैले भने, “मैले व्यर्थै परिश्रम गरें,
    मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन।
मैले मेरा सारा शक्तिहरू प्रयोग गरें
    तर वास्तवमा मैले केही पनि पाइनँ।
यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ।
    परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।”
परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो
    ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि
    उहाँको सेवक हुन सकुँ।
परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ।
    म परमेश्वरबाट आफ्नो बल पाउनेछु।

परमप्रभुले मलाई भन्नुभयो, “तिमी मेरो एक मुख्य दास हौ।
    इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु।
    याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्।
तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ।
    सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु।
    तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”

परमप्रभु, इस्राएलका परम-पवित्र
    र इस्राएलका उद्धारक भन्नुहुन्छ,
“मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ,
    तर मानिसहरूले उसलाई हेला गर्दछन्।
तर, राजाहरूले उसलाई हेर्ने छन्,
    अनि उसलाई आदर गर्न उभिनेछन्।
    महान अगुवाहरूले ऊ अघि शिर झुकाउनेछन्।”

यो घट्ना हुने नै छ किनभने परमप्रभु, इस्राएलका परम-पवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।

उद्धारको दिन

परमप्रभु भन्नुहुन्छ,
“त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु।
    त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु।
त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु,
    त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु
    अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ।
देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ,
    ती मानिसहरूलाई जो त्यसको मालिक थियो।
तिमीहरूले कैदीहरूलाई भन्ने छौ,
    ‘कैदबाट तिमीहरू बाहिर आऊ।’
अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ,
    ‘अन्धकारबाट निस्क।’
यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्।
    रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।
10 मानिसहरू भोको हुने छैनन् नत तिनीहरू तिर्खाउने नै छन्।
    तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्।
किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ,
अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ।
    उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।
11 मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु।
    पर्वतहरू समतल बनाई दिनेछु,
    अनि भत्किएको बाटोहरू माथि उठ्नेछन्।

12 “हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन्
    उत्तर अनि र पश्चिमबाट आइरहेछन्।
    मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”

13 हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ।
    हे पर्वतहरू आनन्दले चिच्याऊ।
किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ।
    परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।

14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो,
    मेरो मालिकले मलाई भुल्नु भयो।”

15 तर परमप्रभु भन्छु,
“के एउटी आमाले आफ्नो नानी बिर्सिन सक्छे?
    के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नै नानीलाई बिर्सिन सक्छे र?
यदि उसले बिर्सन सक्छे भने पनि,
    म तिमीलाई बिर्सिने छैन।
16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु।
    म सारा समय तेरो बारेमा सोच्दछु।
17 तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्।
    मानिसहरूले तिमीहरूलाई पराजित गरे,
    तर ती मानिसहरूले तिमीहरूलाई एक्लै छोडेर गए।
18 माथि हेर, तिम्रा चारैतिर हेर,
    तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइरहेछ।”
परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु:
    तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्।
    तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्।

19 “तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ।
    तिमीहरूका ठाउँहरू काम नलाग्ने भएकाछन्।
तर केही छिनमा नै, तिमीहरू आफ्ना ठाउँमा धेरै मानिसहरू हुनेछन्,
    अनि मानिसहरू जसले तिमीहरूलाई नाश गरे तिनीहरू एकदम टाढा हुनेछन्।
20 तिमीहरू आफ्ना नानीहरू हराउँदा दु:खी भएका थियौ,
    तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् ‘यो भूमि एकदम सानो छ।
    हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।’
21 तब तिमीहरू स्वयंले भन्नेछौ,
    ‘कसले मलाई यी सारा नानीहरू दिए?
म दु:खी र एक्लै थिएँ।
    म पराजित भएको थिएँ
र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ।
    यसकारण कसले मलाई यी नानीहरू दिए?
हेर, म एक्लै छाडिएको थिएँ।
    यी सारा नानीहरू कहाँबाट आए?’”

22 परमप्रभु मेरो मालिक भन्नुहुन्छ,
“हेर म आफ्ना हात जातिहरू प्रति हल्लाउने छु।
    म मेरो झण्डा सारा मानिसहरूले देख्ने गरी उठाउनेछु।
त्यसपछी तिनीहरूका नानीहरू तिमीहरूकहाँ ल्याउनेछन्।
    ती मानिसहरूले तिमीहरूका नानीहरू काँधमा बोकेर ल्याउने छन्,
    अनि तिनीहरूका पाखुराहरूमा उनीहरूले समात्नेछन्।
23 राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्।
    राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्।
ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्।
    तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्।
त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ।
    तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ ऊ निराश हुनेछैन्।”

24 जब बलवान सिपाहीले युद्धमा धन जित्दछ,
    तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ।
जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन्
    त्यो कैदी भाग्न सक्तैन्।
25 तर परमप्रभु, भन्नुहुन्छ,
“कैदीहरू भाग्नेछन्।
    टाढाका ती बलबान सिपाहीबाट कतिजनाले ती कैदीहरू लैजाने छन्।
यो कसरी हुनेछ? किनकि तिम्रो युद्ध म लड्नेछु।
    म तिम्रो नानीहरूको रक्षा गर्नेछु।
26 ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउँछन्,
    तर म तिनीहरूलाई आफ्नै शरीरको मासु खान वाध्य गराउनेछु।
    तिनीहरूका आफ्नै रगत दाखरस जस्तो हुन्छ जो उनीहरूले पिउने छन्।
तब प्रत्येक मानिसले जान्नेछन्। कि म परमप्रभुले तिमीहरूलाई बचाउनुभयो।
    सारा मानिसहरूले जान्नेछन् कि याकूबको शक्तिशाली परमप्रभुले तिमीहरूलाई बचाउनु भयो।”

तिनीहरूका पापका कारण इस्राएलले दण्ड पायो

50 परमप्रभु भन्नुहुन्छ,
“इस्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि, मैले तिमीहरूकी आमा यरूशलेमलाई त्यागिदिए।
    तर कानूनी त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ?
मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएको थिएँ?
    ताकि ऋण चुकाउनलाई मैले तिमीलाई बेचें? अँहँ!
तिमीहरू बेचियौ कारण तिमीहरूले पापपूर्ण कामहरू गर्यौ।
    तिम्रो आमालाई टाढा पठाइयौ किनभने तिमीहरूले नराम्रा कामहरू गर्यौ।
म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्।
    मैले घरिघरि बोलाईनै रहें।
तर के म तिमीहरूलाई बचाउँन सक्तिनँ भनेर सोच्दछौ?
    तिमीहरूलाई आफ्ना सारा सङ्कटहरूबाट बचाउँन मसँग शक्ति छ।
हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने
    त्यो सुख्खा हुनेछ।
माछा पानी बिना मर्ने छ,
    अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
दु:खमा लगाउने कालो भन्दा कालो लुगा जस्तै
    म आकाश अन्धकार बनाउन सक्छु।”

परमेश्वरका दास पूर्णरूपमा परमेश्वरमा नै आश्रित हुन्छ

परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दु:खी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाउँनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ। परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन। मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि, मेरो अनुहारमा थुके पनि म उनीहरूबाट अनुहार लुकाउने छैन। परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले मप्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु, म जान्दछु कि म निराश हुने छैन।

परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ। तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मद्यले तिनीहरूलाई खानेछ।

10 ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।

11 परमप्रभु भन्नुहुन्छ, “हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैंले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।”

एफिसी 4:17-32

बाँच्ने तरिका

17 म यो भन्छु र प्रभुको सम्बन्धमा चेतावनी दिन्छुः परमेश्वरलाई नचिन्नेहरू जस्तो भएर नबस। तिनीहरूका विचार निकम्मा हुन्छन्। 18 ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन। 19 लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन्। हर प्रकारको नीच काम गर्न ती सधैँ तम्सन्छन्। 20 तर तिमीहरूले सिकेको ख्रीष्टको कुरा त्यस्तो होइन। 21 म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्। 22 तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोड्न सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ। 23 तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। 24 तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।

25 यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैँ साँच्चो बोल।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं। 26 “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस। 27 शैतानलाई जित्ने मौका नदेऊ। 28 यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।

29 बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउँछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्। 30 पवित्र आत्मालाई दुःखीत नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो। 31 तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर। 32 आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

भजनसंग्रह 69:1-18

प्रमुख संगीतकारलाई: “लिलिको धुनमा” दाऊदको भजन।

हे परमेश्वर, मेरो सम्पूर्ण सङ्कटहरूबाट बचाउँनु होस्!
    मेरो मुखसम्म पानी उठिसक्यो।
त्यहाँ उभिने कुनै ठाउँ छैन।
    म तल-तल दलदलमा भाँसिदैछु,
म गहिरो पानी भित्र छु,
    अनि छालहरूले मलाई जोडसँग चारैतिर हिर्काई रहेछन्।
तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु।
    मेरो घाँटी पोलिरहेछ।
म तपाईंको सहयोगको निम्ति
    मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,
मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्।
    कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्।
    तिनीहरूले मलाई विध्वंश पार्ने पूरा चेष्टा गरे।
मेरो विषयमा तिनीहरू झूटो कुराहरू गर्छन्,
    तिनीहरू झूटा छन् र मैले सामानहरू चोरें भन्छन्।
    तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्।
हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन।
    म तपाईंदेखि आफ्ना पापहरू लुकाउन सक्तिनँ।
हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्।
    हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्।
मेरो अनुहार शरमले ढाकिएको छ।
    म तपाईंको निम्ति त्यो शरम सहन्छु।
मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्।
    मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्।
तपाईंको मन्दिर तर्फको मेरो दरिलो जोशले मलाई नष्ट पारिरहेछ।
    म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।
10 म रोएँ र उपवास बसें,
    अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे।
11 आफ्नो उदासीपन देखाउनलाई थोत्रो पोशाक लगाएँ,
    अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे।
12 तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन।
    मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए।
13 तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः
    तपाईंले मलाई ग्रहण गरेको चाहन्छु।
हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु,
    म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु।
14 दलदल देखि मलाई तान्नु होस्।
    मलाई दलदल भित्र भासिन नदिनुहोस्।
मलाई यो गहन पानीबाट बचाउनुहोस्।
    मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्।
15 पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्।
    गहीरो प्वालले मलाई निल्न नदिनुहोस्।
    मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।
16 हे परमप्रभु, तपाईंको प्रेम असल छ।
    म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।
17 तपाईंको दासबाट मुख नफर्काउनु होस्।
    म सङ्कटमा छु। चाँडो, मलाई सघाउँनु होस्।
18 आउनु होस् र मेरो प्राण जोगाउनु होस्।
    मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्।

हितोपदेश 24:5-6

—21—

एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मानिस भन्दा असल हो। यसकारण तिमीले लडाईँ लड्न। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चाहन्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International