Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the VOICE. Switch to the VOICE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 8-9

अश्शूर चाँडै आउनेछ

परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।’”

मैले केही मानिसहरू जम्मा गरें जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे। त्यसपछि म अगमवादिनीकहाँ गएँ। उनी गर्भवती भएकी थिइन अनि उनको एउटा छोरो भयो। तब परमप्रभुले मलाई भन्नुभयो, “त्यस छोरोको नाउँ महेर-शाललहाज-बज राख। किनभने त्यो बालकले “माता-पिता” भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।”

फेरि परमप्रभुले मलाई भन्नुभयो। उहाँले भन्नुभयो, “ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।” तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ। त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदालाई डुबाउनेछ।

इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउन्जेल फैलिनेछ।

सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ!
    तिमीहरू परास्त हुनेछौ।
सुन टाढामा भएका सारा देशहरू!
    युद्धका लागि तयार हौ।
    तिमीहरू सबै परास्त हुनेछौ।
10 लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार!
    तिम्रा योजनाहरू परास्त हुने छन्।
तिम्रा सैन्यहरूलाई हुकुम गर
    तिम्रा हुकुमहरू बेकामे हुनेछन्।
    किनभने परमेश्वर हामीसँग हुनुहुन्छ।

यशैयाहलाई चेतावनीहरू

11 आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेताउनी दिनु भयो। परमप्रभुले भन्नुभयो, 12 “प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!”

13 सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ। 14 यदि तिमीले परमप्रभुको आदर गर्यौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इस्राएलका दुइ परिवारहरूले नराम्रो ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्नका लागि परमप्रभु एक पासो हुनहुन्छ। 15 (धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।)

16 परमप्रभुले भन्नु भयो, “करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।”

17 हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं।
परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो।
उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो तर म परमप्रभुलाई पर्खिनेछु,
उहाँले हामीलाई बचाउनु हुनेछ।

18 म र मेरा छोरा-छोरीहरूले सही छाप गर्यौ र इस्राएलका मानिसहरूका लागि प्रमाण गर्छौ। हामीलाई सेनाहरूका परमप्रभुले पठाउनु भएको हो! ती परमप्रभु जो सियोन पर्वतमा बस्नुहुन्छ।

19 कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ? 20 तिमीले शिक्षा र करार अनुशरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुशरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ। 21 यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुशरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू गर्जने सिंहझैं क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्। 22 यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ—त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्।

एक नयाँ दिन आइरहेछ

पहिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू। ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर “दिव्य ज्योति” तिनीहरूमाथि चम्किनेछ।

परमेश्वर, तपाईंकै कारणले गर्दा ती जातिहरूको वृद्धि हुने भयो। तपाईंले मानिसहरूलाई खुशी पार्नु भयो। अनि मानिसहरूले आफ्ना खुशीहरू तपाईंलाई देखाए। खेतमा बाली काट्ने बेलाको झैं त्यो खुशी रमाइलो हुनेछ। त्यो खुशी युद्धमा जितेर आ-आफ्नो भाग बाँडिने बेलाको आनन्द झैं हुनेछ, किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।

युद्धमा चल्ने प्रत्येक सैनिकले लगाएको जुत्ता नष्ट गराइनेछ। पोशाकमा लागेका रगतको प्रत्येक दाग मेटाइनेछ। ती सबै चीजहरू आगोमा भस्म हुनेछन्। कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।” उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

परमेश्वरले इस्राएललाई दण्ड दिनुहुने छ।

मेरा मालिकले याकूबका मानिसहरूका विरूद्ध आज्ञा दिनुभयो। इस्राएलको विरूद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ। एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ।

ती मानिसहरू अहिले एकदम अहंकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्, 10 “ती ईंटाहरू झर्न सक्छन, तर हामी फेरि निमार्ण गर्नेछौ। अनि हामी पक्का ढुङ्गाले निमार्ण गर्नेछौ। यो मसिना रूखहरू काटेर ढाल्न सकिन्छ। तर हामी नयाँ रूखहरू रोप्ने छौं।”

11 यसकारण इस्राएलका विरूद्ध लडाइँ गर्ने मानिसहरू परमप्रभुले पाउनु हुनेछ। परमप्रभुले रसीनका शत्रुहरू तिनीहरूको विरूद्ध उठाउनु हुनेछ। 12 परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।

13 परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्। 14 तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ। 15 यहाँ टाउको भन्नाले बूढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।

16 जुन मानिसहरूले अगुवाई गरे तिनीहरूले गल्ती बाटो डोर्याए। अनि तिनीहरूलाई पछ्याउनेहरू नष्ट हुने छन्। 17 सम्पूर्ण मानिसहरू दुष्टछन्। यसैले युवावर्गसँग परमप्रभु प्रसन्न हुनुहुन्न। अनि तिनीहरूका विधवाहरू र टुहुरा-टुहुरीहरू प्रति परमप्रभु दया दर्शाउनु हुन्न। किनभने सारा मानिसहरू दुष्ट र पापी छन्। तिनीहरू परमेश्वरकै विरूद्ध काम गर्छन्। तिनीहरू झूट बोल्छन यसैले परमेश्वर ती मानिसहरूसँग रिसाएको हुनुहुन्छ।

परमेश्वर ती मानिसहरूलाई दण्ड दिनलाई अहिले पनि तयार नै हुनुहुन्छ।

18 दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका बिस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयङ्कर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।

19 सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ, यसैले सारा जमीन आगोमा जलेर भस्म हुनेछ। सारा मानिसहरू त्यस आगोमा जलेर खरानी हुनेछन्। कसैले पनि आफ्नो दाज्यू-भाइलाई बचाउने प्रयास गर्न सक्दैनन्। 20 मानिसहरूले दाहिनेपट्टि समाउनेछन्, तर त्यसले तिनीहरूको भोक तृप्त गर्नेछैन्। तिनीहरूले देब्रेपट्टि भएको केहि खानेछन् तर तृप्ति हुनेछैनन्। तब सबैतिर फर्केर मानिसहरूले आफ्नै शरीर खानेछन्। 21 (यसको तात्पर्य, मनश्शे एप्रैमको विरूद्ध लड्ने छ र एप्रैम मनश्शेको विरूद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहूदाको विरूद्ध फर्किने छन्।)

परमप्रभु अझ सम्म इस्राएलसँग रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ।

2 कोरिन्थी 12:1-10

पावलको जीवनमा विशेष आशिष

12 अब मैले गर्व गर्नै पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु। म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौध र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ। 3-4 म यति नै जान्दछु त्यस मानिसलाई स्वर्गमा लगियो शरीरसितै अथवा शरीर बिना, म जान्दिनँ। तर उसले त्यहाँ जुन कुरा सुन्यो त्यो शब्दमा वर्णन गर्न सकिँदैन। उसले जे सुन्यो त्यो बताउनु कुनै मनुष्यलाई अनुमति छैन। म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व गर्दिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु।

यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सक्तैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व गर्दिनँ। किनकि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस्।

मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म गर्वित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो। यस समस्याबाट बाँच्नलाई मैले प्रभुसित तीन पटक बिन्ती गरें। तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ। 10 यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्वलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अप्ठेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्वल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु।

भजनसंग्रह 55

प्रमुख संगीतकारलाई: वाद्य वादन सहित गाउने दाऊदको “मस्किल” भन्ने भजन।

हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्।
    कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।
परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस्,
    मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।
मेरो शत्रुहरूले मप्रति अनुचित कार्यहरू गरे।
    त्यो दुष्ट मानिसले मसित चिच्यायो।
मेरो शत्रुहरू क्रोधित थिए र मलाई आक्रमण गरे।
    तिनीहरूले मलाई सम्पूर्ण प्रकारले तहस-नहस गर्ने विघ्न-वाधाहरू सृष्टि गरे।
मेरो हृदय भित्रभित्रै जोडले धड्किरहेको छ।
    मलाई मृत्युसित डर लाग्यो।
म डरले गर्दा र थर-थर कामी रहेकोछु,
    म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु।
ओ हो! ढुकुरको जस्तो पखेंटाहरू भए म उड्ने थिएँ।
    अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।
    म धेरै टाढा, एकदम टाढा निर्जन ठाउँमा जाने थिएँ।

म भागेर बाँच्ने थिएँ।
    म दुःखको तूफानबाट भाग्ने थिएँ।
मेरो स्वामी, तिनीहरूका झूटो कुराहरू बन्द गर्नुहोस्।
    मैले यस शहरमा उपद्रो र झगडा़हरू देखें।
10 प्रत्येक रात-दिन, हरेक छिमेकीपनमा, यो शहर
    अपराध र बर्बरताले भरिपूर्ण भयो।
11 त्यहाँका गल्लीहरूमा अधिक भन्दा अधिक अपराधहरू भए।
    मानिसहरूले चारैतिर झूटा बोलेर ठगिरहेका थिए।

12 यदि यो शत्रु भएको भएता,
    म हेला गरेको पनि सहन सक्थें।
यदि यो मेरो शत्रु भएता
    म उनीहरूको आक्रमणदेखि लुक्न सक्थें।
13 तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी।
    मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।
14 हामी आपसमा आफ्ना गुप्त कुराहरूको सहभागी हुने गर्दथ्यौ,
    अनि हामी सँगै भीड-भाडमा छिर्दै-छिर्दै परमेश्वरको मन्दिरमा जाने गर्दथ्यौं।

15 मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्!
    म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्।
    किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्।

16 म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु,
    अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।
17 म परमेश्वरसँग बिहान, दिउँसो र बेलुकी कुरा गर्दछु।
    मेरो अस्तव्यस्त उहाँलाई बताउँछु।
    अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!
18 मैले धेरै युद्धहरू लडी सकेको छु।
    तर परमेश्वरले मलाई सधैँ बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।
19 परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ।
    सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।

मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्।
    तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।
20 मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्।
    तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
21 मेरा शत्रुहरू वास्तवमा चिप्लो घस्नेहरू हुन्,
    तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्।
तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ,
    तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।

22 तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ
    अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ।
    परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।

23 हे परमेश्वर तपाईंको करार अनुसार,
    ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ,
मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

हितोपदेश 23:4-5

—7—

धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर। धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पखेंटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International