Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उपदेशक 4-6

के मरिजानु राम्रो हो?

मैले फेरि यो पनि बुझें कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुःखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याउँछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन। म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्। अझ त्यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ किनकि तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।

यति कठोर परिश्रम किन?

मैले फेरि सोचें, “मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।” मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।

कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोकै मर्छौ। धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा़ गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।

फेरि मैले अर्को पनि एउटा कुरो देखेका छु जसको कुनै अर्थ छैन: एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुःखको र व्यर्थ कै कुरो हो।

मित्र र परिवारबाट शक्ति पाइन्छ

एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेरसँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।

10 यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लड्छ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।

11 यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन।

12 एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।

मानिस शासक र प्रसिध्दि

13 एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन। 14 हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस्। 15 तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रो युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ। 16 धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।

भाकल गर्नमा होशियार

परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दैछन् त्यो पनि जान्दैनन्। परमेश्वरसित प्रतिज्ञा गर्ने बेलामा होशियार होऊ। परमेश्वरसित प्रतिज्ञाहरू गर्नमा हतार नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी पृथ्वीमा छौ। यसकारण तिमीले परमेश्वरसंग एकदमै कम बोल्नु पर्छ। यो उखान साँचो छ:

धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ,
    र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।

यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नमा ढिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउँने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ। बरू कुनै भाकलै नगर्नु राम्रो हो तर भाकल गरेर पूरा नगर्नु राम्रो होइन। यसर्थ तिम्रो आफ्नै शब्दहरूले आफैंलाई पापमा पतन नगराओस् पूजाहारीलाई[a] नभन, “मैले जे कुरा भनें त्यसको अर्थ यो होइन!” तिमीले यसो गर्यौ भने परमेश्वर तिम्रा शब्दहरूमा रिसाउनुहुनेछ, जुन कुराको निम्ति तिमीले कर्म गरेका छौ ती सबै नष्ट पारिदिनु हुनेछ। धेरै सपनाहरू देख्नाले र शेखी गर्नाले व्यर्थको कुराहरूमा डोर्याउँछ। तिमीले परमेश्वरलाई आदर गर्नुपर्छ।

प्रत्येक शासकको माथि शासक हुन्छन्

कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्। यति हुँदाहुँदै पनि कुनै खेती गर्न योग्य भूमिमा एउटा राजा हुनु देशको निम्ति लाभदायक हो। राजा पनि अन्तमा एउटा दास नै हो।

धनले आनन्द किन्न सकिंदैन

10 जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थै हो।

11 कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन्। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ।

12 जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन्।

13 मैले यस जीवनमा धेरै दुःखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सन्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ। 14 अनि केही नराम्रो घटना घट्छ र उसको सबै कुरा जान्छ र त्यस मानिससित आफ्नो छोरालाई दिने पनि केही रहँदैन।

15 एक मानिस आफ्नो आमाको गर्भबाट खाली हात आँउछ। जब त्यस मानिसको मृत्यु हुँन्छ, ऊ आफूसित केही नलिई सबै कुरा यही छोडेर जाँदछ। सम्पत्ति थुपार्न उसले कठोर परिश्रम गर्दछ तर जब मर्छ ऊ आफूसित केही लिएर जान सक्दैन। 16 यो बडा दुःखको कुरो हो। यस संसारलाई उसले त्यसरी नै छोड्नु पर्छ जसरी ऊ आएको थियो। यसकारण “हावालाई पक्रने कोशिश गर्नाले के पाउन सक्छ”? 17 उसले यदि केही पाँउछ भने त्यो हो दुःख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ।

आफ्नो जीवनको कर्ममा रमाऊ

18 मैले त यो देखें कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो र उसको हो।

19 यदि परमेश्वरले कसैलाई धन, सम्पत्ति र ती कुराहरूको आनन्द लिने शक्ति दिनुभएको छ भने उसले तिनको आनन्द लिनु पर्छ। आफूसित जे जस्तो छ त्यसलाई स्वीकार गर्नुपर्छ र परमेश्वरबाट उपहार स्वरूप पाएको आफ्नो काममा आनन्द मनाउनु पर्छ। 20 यसो भए त्यस्ता मानिसले कहिल्यै पनि जीवन छोटो छ भनी सोच्दैन। किनकि परमेश्वरले त्यस्तालाई त्यस्तै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नमा उसको रूचि हुँदछ।

धनबाट प्रसन्नता पाइँदैन

मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्। त्यस मानिससित चाँहिंदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र ब्यार्थ कुरो हो।

एकजना मानिस लामो समयसम्म बाँच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ। त्यस बालकलाई कुनै नाम नदिई उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ। त्यस्ता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ। त्यस्ता मानिसहरू दुइ हजार बर्ष बाँच्न सक्छन् तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।

एउटा मानिसले निरन्तर काम गरिनै रहन्छ किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर ऊ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन। यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ? एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैँ धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रन खोज्नु जस्तै हो।

10-11 जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन। यसकारण ज्यादा बोल्नु व्यर्थ हो।

12 कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।

2 कोरिन्थी 6:14-7:7

अन्यजातिहरूसँग जीउन वारे चेताउनी

14 अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन। 15 ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ? 16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ,

“म तिनीहरूसित बस्छु,
    तिनीहरूसितै हिँड्छु,
म तिनीहरूका परमेश्वर हुनेछु,
    अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”(A)

17 “यसैले ती मानिसहरूबाट निस्केर आऊ,
    आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ,
केही असुद्ध कुराहरू नछोऊ,
    र म तिमीरूलाई स्वीकार गर्नेछु।”(B)

18 “म तिमीहरूका पिता बन्नेछु,
    अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,
    सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”(C)

प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।

पावलको आनन्द

हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं। मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलेका छौं, म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति गर्वित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दु:खहरूमा पनि म बडो अनिन्दित छु।

जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर। तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो। तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौ। तीतसले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौ। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यौ भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौ भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ।

भजनसंग्रह 47

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।

हे सारा मानिसहरू हो ताली बजाऊ।
    परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
    सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
    उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
    उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।

नरसिंह र तुरहीको आवाजमा,
    जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
परमेश्वरको स्तुति-गान गर।
    स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
    प्रशंसाको[a] गीतहरू गाऊ।
परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
    र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।
    अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
    परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।

हितोपदेश 22:16

16 आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International