Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 19-21

मिश्र देशलाई परमेश्वरको सन्देश

19 मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।

परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा़ गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाईँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाईँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्। मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।” मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।”

नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ। सारा नदीहरू नराम्रो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ। सारा उद्भिद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्भिदहरू समेत मरेर जाने छ।

जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र रूने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्खा हुनेछ। सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दु:खी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्भिदहरू नदी सुखेकोले गर्दा उब्जने छैन्। 10 मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन तर विफल हुनेछन्, यसकारण तिनीहरू दु:खी हुनेछन्।

11 सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका “सल्लाहकारहरूले” भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्। 12 हे मिश्र! तिम्रा ज्ञानी मानिसहरू कहाँ छन्? ती ज्ञानी मानिसहरूले सिक्नु पर्छ कि सेनाहरूका परमप्रभुले मिश्रको लागि यो योजना बनाउनु भयो। के हुनेछ तिनीहरूले तिमीहरूलाई भनुन्?

13 सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झूटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे। 14 परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भड्के र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्। 15 त्यहाँ अगुवाहरूले गर्नु पर्ने केही कुरा छैन्। (ती अगुवाहरू “उद्भिदको टाउको र पुच्छरहरू हुन्।” तिनीहरू “टुप्पाहरू र काण्डहरू हुन्।”)

16 त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्। 17 यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बित्तिकै मिश्रका मानिसहरू तर्सिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घट्ना घटोस, भनेर योजना गर्नु भएको हो। 18 त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर”[a] हुनेछ।

मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुशरण गर्ने प्रतिज्ञा गर्नेछन्। 19 त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ। 20 सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ।

21 त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्। 22 परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।

23 त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्। 24 त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशीर्वाद हुनेछ। 25 सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”

अश्शूरले मिश्र र कूशलाई पराजित गर्नेछ

20 सर्गोन अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे। त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।

तब परमप्रभले भन्नुभयो, “यशैया तीन बर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिँड। यो मिश्र र कूशदेशको चिह्न हो। अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्। मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”

समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गर्यौं। तिनीहरूले हामीलाई अश्शूरका राजाबाट छुट्कर दिलाउने छन् भन्ने आशमा हामी तिनीहरूकहाँ पुग्यौं, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?”

बाबेललाई परमेश्वरको सन्देश

21 “मरुभूमिको समुद्रको” बारेमा दु:खको सन्देश मरुभूमिबाट केही आइरहेछ,

यो नेगेवबाट बहेको हावा जस्तै आइरहेछ,
    यो भयानक देशबाट आइरहेछ।
मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ।
    मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु।
    तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु।

एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर,
    मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर
    म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।
मैले त्यस्ता भयानक कुराहरू देखें,
अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दु:ख्छ।
    त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ।
जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो।
    जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।
मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो
    किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।

मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ।
    मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पार्दैछन्।
    सैनिकहरू पनि भन्दैछन्,
    “रक्षकहरू पठाऊ।
अधिकारीहरू उठ!
    अनि आफ्नो ढाल चम्काऊ।”

मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नै पर्छ। यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊँटहरूको लहर देख्यो भने, उसले एकदमै होशीयारी साथ कान थाप्नु पर्दछ।”

तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ,

“मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु।
    म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु।
हेर! तिनीहरू आइरहे छन्!
    मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”

तब एउटा सन्देशवाहकले भन्यो,
    “बाबेल पराजित भयो।
    बाबेलको पतन भयो।
उसका सारा झूटा देवताका मूर्तिहरू
    भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”

10 “मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिंधे जस्तै तिमीहरू पनि पिधिंनेछौ।”

दूमालाई परमेश्वरको सन्देश

11 दूमाबारे एक दु:खको सन्देश:

कसैले मलाई एदोम देखि डाक्यो,
    “हे प्रहरी, रात अझ कति बाँकी छ?
    कहिले सम्म बस्नु पर्ने हो!”

12 प्रहरीले जवाफ दिन्छ,
    “बिहान हुँदैछ तर फेरि रात आउने नै हो।
यदि तिमीलाई केही सोध्नु छ भने
    फर्केर आऊ र सोध।”

अरबयालाई परमेश्वरको सन्देश

13 अरब बारे एउटा शोक सन्देश:

ददानका मरुभूमिका यात्री समूहले!
    अरब मरुभूमिको रूखहरूमाझ रात बिताए।
14 तेमाका मानिसहरू तिमीहरूले
    तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।
15 ती मानिसहरू जो मारिनलाई तयार थिए
    तरवारबाट भागि रहेका थिए।
तिनीहरू धनुबाट भागि रहेका थिए।
    जो छोडिनलाई तयार थिए,
तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।

16 परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक बर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ। 17 त्यस समयमा केदारका केही धनुर्धारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इस्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।

गलाती 2:1-16

अरू प्रेरितहरूले पावललाई माने

चौध वर्ष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें। म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।

तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्। हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए। तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झुकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।

तर ठूला-बड़ा मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्। तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो। याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।” 10 तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।

पत्रुस भूलमा थिए भन्ने पावलले औंल्याउँछन्

11 जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए। 12 यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित सँगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे। 13 त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे। 14 मैले यी यहूदीहरूको मन विचारें। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाउँछौ?”

15 हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी “पापीहरू” जस्ता होइनौं। 16 हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।

भजनसंग्रह 59

प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा दाऊदको “मिक्तम्” भन्ने भजन। जब शाऊलले दाऊदको चियो गरेर मार्न मानिसहरू पठाए।

हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउँनु होस्।
    मेरो विरूद्धमा लडाइँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्।
मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउँनु होस्।
    मलाई ती हत्याराहरूबाट बचाउँनु होस्।
हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्।
    तिनीहरू मलाई मार्न पखिरहेका छन्।
    यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।
मैले कुनै गल्ती काम गरिनँ, तर तिनीहरू मलाई मार्न यहाँ (मकहाँ) आईरहेका छन्।
    हे परमप्रभु, तपाईं स्वयं आएर हेर्नुहोस्।
तपाईं सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ!
    उठ्नुहोस र तिनीहरूलाई दण्ड दिनुहोस्।
    ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनु होस्।

ती पापीहरू कुकुर जस्ता
    साँझै पिच्छे भुकदै शहरभित्र आउँदछन्,
    अनि ङ्वार-ङ्वार र ङुर-ङुर गर्दै शहरभित्र घुम्छन्।
तिनीहरूका निन्दा र धम्की सुन्नु होस्।
    तिनीहरूले निष्ठुरी कुराहरू गर्दछन्,
    तिनीहरूको कुरा कसले सुन्छ त्यो पर्वाह गर्दैनन्।

हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्।
    ती सबैलाई एक तमाशा बनाई दिनुहोस्।
म तपाईंको स्तुति-गान गर्नेछु।
    हे परमेश्वर, तपाईं नै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ।
10 परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ।
    उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।
11 हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्।
    मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्।
12 ती दुष्टहरू सराप्छन् र झूटो बोल्छन्।
    तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्,
    तिनीहरूलाई आफ्नै फुटानीले पाशोमा फँसाओस्।
13 तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्।
    तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्।
तब संसार भरिका मानिसहरूले बुझ्ने छन्
    परमेश्वरले इस्राएल मा राज्य गर्नुहुन्छ!

14 ती धूर्त पुरूषहरू कुकुरहरू जस्तै छन्,
    ङ्वार्र-ङ्वार्र र ङुर-ङुर गर्ने कुकुरहरू जस्तै भुक्दै शहरभित्र पस्नेछन्।
15 तिनीहरूले खाने-कुरा खोज्छन्
    तर तिनीहरूले न त खानेकुरा न त सुत्ने ठाउँ नै पाउँछन्।
16 तर बिहान पख म तपाईंको स्तुति-गान गाउँनेछु
    म तपाईंको प्रेममा आनन्दित हुनेछु।
किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
    अनि जब ममाथि सङ्कट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।
17 म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु।
    किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ।
    तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।

हितोपदेश 23:13-14

—12—

13 आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन। 14 यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International