Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 12-14

परमेश्वरप्रति स्तुति-गान

12 त्यस बेला, तिमीहरू भन्नेछौः
“हे परमप्रभु म तपाईंको महिमा गाउँछु!
    तपाईं मसित रिसाउनु भएको थियो।
तर अहिले तपाईंको रिस साम्य भएकोछ
    अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।
परमेश्वरले मलाई बचाउनु हुन्छ।
    म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्।
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ।
    उहाँले मलाई बचाउनु हुन्छ,
    अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”

तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ।
    तब तिमीहरू आनन्दित हुनेछौ।
त्यसपछि तिमीहरू भन्नेछौ,
    “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर!
उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन!
    र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ।
    किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ!
परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ।
    यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ!
    इस्राएलका परमपवित्र परमेश्वर
तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
    त्यसैले आनन्दित होऊ!

बाबेललाई परमेश्वरको सन्देश

13 परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः

“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्।
    मानिसहरूलाई बोलाऊ।
तिम्रा हातहरू हल्लाऊ।
    तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”

परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्‌याएँ,
    अनि म आफैं नै तिनीहरूलाई आज्ञा दिनेछु।
म कति रिसाहा छु भन्ने देखाउनँ,
    ती घमण्डी, खुशी मानिसहरूलाई एक ठाउँमा भेला परेको छु।

“त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ, ध्यान लगाएर हल्ला सुन्।
    यो धेरै मानिसहरूको हल्ला जस्तो छ।
यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ।
    सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ।
परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्।
    तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्।
परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ।
    ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।”

परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ। मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ। प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन आँटेकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।

बाबेलका विरूद्ध परमेश्वरको न्याय वाक्य

हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ। 10 आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।

11 परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिनेछु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन। 12 त्यहाँ केही मानिसहरू मात्र छोडिनेछन्। सुन जस्ता निष्खोट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खाँटी सुन झैं बहुमूल्य हुनेछन्। 13 मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।”

त्यो त्यस दिन हुनेछ, जब सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ। 14 तब मानिसहरू घाइते मृग जस्तै भाग्नेछन्। तिनीहरू गोठालो नभएको भेंडा़ जस्तै भाग्नेछन्। तिनीहरू भागेर आफ्नो देश र मानिसहरूकहाँ जानेछन्। 15 अनि ती शत्रुहरूले ज-जसलाई पक्रनेछन् ती सबैलाई तरवारले मार्नेछन्। 16 तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लुटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्।

17 परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्। 18 आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्। 19 सदोम र गमोरा जस्तै नै बाबेल पनि नष्ट पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घट्ना घटाउनु हुनेछ जहाँ केही रहने छैन।

“सबै राज्यहरूमा बाबेल सर्वश्रेष्ठ छ। बासिन्दाहरू आफ्नो राज्यप्रति साह्रै गर्वित हुनेछन्। 20 तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बू टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेंडा़ ल्याउने छैनन्। 21 जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्नु पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र ठूल-ठूला चराहरू बस्नेछन्। लामा-लामा भुत्लाहरू भएका जङ्गली बाख्राहरू त्यस घरहरूमा चराहरू हिँड्नेछन्। 22 जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खत्तम हुनेछ। बाबेलको अन्त नजिकै आईसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।”

इस्राएल घर फर्किनेछ

14 भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफैं यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्। ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे। परमेश्वरले तिमीहरूका अप्ठेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो।

बाबेलका राजा बारे एक गीत

त्यस बेला तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः

राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो।
    तर अब उसको शासन समाप्त भयो।
परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ।
    परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ।
बाबेलका राजा रिसाउँदा
    मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो।
ती दुष्ट शासकहरूले,
    मानिसहरूलाई लगातर कष्ट दिइरहे।
तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्।
    अहिले जनताहरूले उत्सव मनाउन थाले।
तिमी एकजना पापी राजा हौ,
    र अहिले तिमी समाप्त भएकाछौ।
सल्लाका रूखहरूसमेत आनन्दित छन्।
    लबानोनको देवदारका रूखहरू पनि आनन्दित छन्।
ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले।
    तर अहिले राजा आफै ढलेका छन्
    फेरि कहिल्यै उठ्नु हुने छैन्।”
पातल उत्तेजित छ,
    किनभने तिमीहरू आइरहेका छौ।
तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ।
    पातलले राजाहरूलाई,
तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउँछ,
    पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।
10 सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्।
    तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ।
    अब तिमीहरू खाली हामीहरू जस्तै हौ।”
11 तिम्रो रवाफ पातालमा पठाइएकोछ।
    वीणाबाट गुन्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ।
औंसाहरूले[a] तिम्रो शरीर खानेछ, तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ।
    कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्।
12 तिमी बिहानको तारा जस्तो थियौ,
    तर तिमी आकाशबाट खस्यौ।
पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो।
    तर अहिले तिमी काटिएर ढल्यौ।
13 तिमीले सधैँ आफैंले आफूलाई भन्ने गर्दथ्यौ,
    “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु,
    म आकाशमाथि जानेछु।
म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु।
    म पवित्र पर्वत सापोनको टापुमा बस्नेछु,
    म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।
14 म बादलहरूको बेदी सम्म जानेछु,
    म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।”

15 तर त्यस्तो भएन, तिमी परमेश्वरसँग आकाशमाथि गएनौ,
    तिमीलाई गहिरो खाडल मुनि ल्याइयो पातालमा-मृत्युको ठाउँमा।
16 मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले।
    तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने,
“के यो त्यही मानिसहरू हुन,
    जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”
17 के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो,
    र घना जङ्गलमा परिणत गरिदियो?
के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई
    आफ्ना घर फर्कन दिएनन्?
18 पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे।
    प्रत्येक राजाको आफ्नै चिहान छ।
19 तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो।
    तिमी हागाँ हो जो रूखबाट काटिएर टाडो फ्याँकिएको छौ।
तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ
    जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिँड्छन्।
अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ।
    तिमी कात्रोमा बेरिएका छौ।
20 तर अरू तिमी धेरै राजाहरू मरेका छन्,
    अनि तिनीहरू सबैको आफ्नो चिहानहरू छन्।
ती मरेका राजाहरूसित सम्मिलित हुन सक्ने छैनौ,
    किनभने तिमीले आफ्नै देश नष्ट पार्यौ।
तिम्रा सन्तानले तिमीहरूले झैं नष्ट गरिरहने छैनन्,
तिम्रा सन्तानहरूलाई रोकिनेछ।

21 उनका सन्तानहरूलाई मार्न तयार हौ,
    तिनीहरूलाई मार किनभने तिनीहरूका पिता दोषी थिए।
तिनका नानीहरू फेरि आफ्नो देशलाई हेरचाह गर्ने योग्य छैनन्।
    अब तिनीहरूले यस संसारमा त्यस्ता शहरहरू स्थापना गर्न सक्तैनन्।

22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाईं गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल नष्ट पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।

23 परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिवर्तन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको’ कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछु।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।

परमेश्वरले अश्शूरलाई पनि दण्ड दिनुहुनेछ

24 सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ। 25 म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ। 26 त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”

27 जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन्। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन।

पलिश्तीहरूलाई परमेश्वरको सन्देश

28 आहाज राजा मरेकै बर्षमा यस्तो दुःखको सन्देश प्राप्त भयो।

29 हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू धेरै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्। 30 तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्।

31 तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रोऊ!
    शहरका मानिसहरू विलाप गर।
पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्।
    तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ।

उत्तरतिर हेर,
    त्यहाँ बादलको रूपमा धूलो छ।
अश्शूरबाट सेनाहरू आउँदैछन्।
    त्यस सेनाका सबै मानिसहरू बलिया छन्।
32 त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ,
    ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई भन्ने छन,
“पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु भयो,
    अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षाकोलागि गए।”

2 कोरिन्थी 13

अन्तिम चेतावनी र शुभकामना

13 म तिमीहरूकहाँ फेरि आउने छु। त्यो तेस्रो पटक हुनेछ। अनि यादगर, “हरेक विवरणको लागि दुइ अथवा तीन जना सम्म मानिसहरूले प्रमाण गर्नु पर्छ।” जब म तिमीहरूसित दोस्रो पल्ट थिएँ, जसले पापहरू गरेका थिए तिनीहरूलाई मैले चेताउनी दिएको थिएँ। अहिले म तिमीहरूदेखि टाढा छु, तिनीहरूलाई र अरू रहेकाहरूलाई म चेतावनी दिन्छु। जब म फेरि तिमीहरूकहाँ आउँछु तिमीहरूको पापको लागि म दण्ड दिनेछु। ख्रीष्ट मबाट बोल्दैछन् भन्ने प्रमाण चाहन्छौ भने मेरो प्रमाण छ कि ख्रीष्ट तिमीहरूलाई दण्ड दिन दुर्वल हुनुहुन्छ। वास्तवमा उहाँ तिमीहरूको बीचमा बलियो हुनुहुन्छ यो साँच्चो हो कि ख्रीष्ट दुर्बल हुनु हुन्थ्यो। जति बेला क्रूसमा टाँगिए। तर यस घड़ी उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँच्चो हो कि हामी ख्रीष्टमा दुर्बल छौं। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौं।

तिमी आफैंलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न। तर म आशा गर्छु, तिमीहरूले जान्ने छौ कि हामी यस जाँचमा विफल बनेका छैनौं। परमेश्वरलाई हाम्रो प्रार्थना छ, तिमीहरूले कुनै नराम्रो काम गर्ने छैनौ। हामी जाँचमा सफल बनेको अरू मानिसहरूले देखुन् भन्ने कुरो हाम्रा होइन। तर ठूलो कुरो त यो छ कि यदि परीक्षमा हामी आफैं असफल भएको मानिसहरूले सोचे पनि जुन असल हो तिमीहरू त्यही काम गर। सत्यको विरूद्ध हामी केही गर्न सक्दैनौं। हामी सत्यका निम्ति जे छ त्यो गर्न मात्र सक्छौं। तिमीहरू दरिलो बन्यौ भने हामी दुर्वल हुनुमा खुशी छौं। हाम्रो प्रर्थाना छ तिमीहरू दिरिलो बन्दै जानेछौ। 10 तिमीहरूसित नहुँदा म यी कुराहरू लेख्दैछु जसमा कि आउँदा खेरि मैले मेरो अधिकार कड़ासँग प्रयोग गर्न नपरोस्। तिमीहरूलाई विनाश गर्ने होइन तर बलियो बनाउने त्यो शक्ति प्रभुले मलाई दिनुभयो।

11 दाज्यू-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।

12 एक अर्काको अभिवादन पवित्र चुम्बनले गर। परमेश्वरका सबै पवित्र जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

13 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहभागिता तिमीहरूमा सधैँ होस्।

भजनसंग्रह 57

प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा दाऊदको “मिक्तम” भन्ने भजन। जुन समय दाऊद शाऊलबाट भागेर ओडारमा लुकेका थिए।

हे परमेश्वर, मप्रति कृपालु हुनु होस्।
    मप्रति दयालु हुनुहोस्,
किनभने म तपाईंको शरणमा आएकोछु।
    जबसम्म कष्ट हराँउदैन, म तपाईंको संरक्षणमा छु।
म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु
    अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ!
स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ
    र बचाउँनु हुन्छ।
उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ।
    परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।

मेरो प्राण विपदमा छ।
    मेरा शत्रुहरू चारैतिर छन्।
तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत
    अनि तरवार जस्तो धारिलो जिब्रो लिएर
    मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ।
    तपाईंको महिमा पृथ्वी ढाकिएर फैलिन्छ।
मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए।
तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।

हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु।
    म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु।
हे मेरो प्राण जाग!
    वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर!
    प्रभात फेरि लगाऊ।
हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु।
    प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु।
10 तपाईंको स्नेहपूर्ण करूणा,
    आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।
11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्।
    उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ।

हितोपदेश 23:9-11

—9—

मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर।

—10—

10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर। 11 किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लड्नु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International