Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 45:11-48

11 परमप्रभु परमेश्वर एकमात्र इस्राएलको परम-पवित्र हुनुहुन्छ। उहाँले इस्राएल बनाउनु भयो। अनि परमप्रभु भन्नुहुन्छ:

“मेरा छोरा, तिमीहरूले मलाई चिन्ह दिनुहोस् भनेर भन्यौ।
    तिमीहरूले मलाई मैले गरेका कामहरू देखाउनु होस् भन्यौ।
12 यसकारण हेर, मैले पृथ्वी बनाएँ,
    अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ।
मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाएँ।
    अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।
13 मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस्।
    अनि मैले उसको कामहरू सहज पारिदिएँ।
कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ।
    अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ,
कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्,
    मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्।”
सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

14 परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन्
    तर इस्राएल, तिमीले ती धनहरू पाउनेछौ।
शबाईका अग्ला मानिसहरू तिम्रा हुनेछन्।
    तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै,
    तिनीहरू तिम्रो पछि पछि हिंडनेछन्।
तिनीहरू तिमी समक्ष झुक्नेछन्।
    अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन्।
अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन्।
    इस्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।”

15 परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ,
मानिसहरूले देख्न सक्तैनन्।
    तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।
16 धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्।
    तर ती मानिसहरू निराश हुनेछन्।
    ती सारा मानिसहरू लज्जित हुनेछन्।
17 तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ।
    त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ।
    कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।
18 परमप्रभु नै परमेश्वर हुनुहुन्छ।
    उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो।
    परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो।
परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न,
जुन उहाँले बनाउनु भयो!
    उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो!
“म परमप्रभु हुँ।
    म बाहेक अरू कोही परमेश्वर छैन।”
19 “म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु।
    मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाईँन।
मैले याकूबका मानिसहरूलाई
    यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ।
म परमप्रभु हुँ, अनि सत्य बोल्दछु।
    मैले भनेका कुराहरू सत्य छन्।

परमप्रभुले प्रमाणित गर्नुहुन्छ, कि उहाँ मात्र एक परमेश्वर हुनुहुन्छ

20 “त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला होऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। (जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्। 21 यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ।)

“कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै बर्ष अघि घटेका थिए? कसले धेरै बर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भनें। म मात्र परमेश्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अँह! त्यहाँ अन्य देवता छैन्। 22 टाढामा भएका सारा मानिसहरूले ती झूटा देवताहरू पछ्याउन छोड्नु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।

23 “मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ। 24 मानिसहरूले भन्नेछन्, ‘धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।’”

कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्। 25 असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।

असत्य देवताहरू निरर्थक छन्

46 बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्।

“मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्। ती झूटा देवताहरू झुक्नेछन तिनीहरू सबै पतन हुनेछन्। ती झूटा देवताहरू उम्किन पाउने छैनन्। तिनीहरू सबैलाई कैदीहरू सरह ल्याइनेछ।

“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ। जब तिमीहरू जन्मियौ मैले बोकेर ल्याएँ अनि जब तिमीहरू वृद्ध हुनेछौ म बोकी नै रहनेछु। तिमीहरूका कपालहरू सेतै पाकी सक्नेछ, त्यति बेला पनि म तिमीहरूलाई बोकी नै रहने छु, किनभने मैले तिमीहरूलाई बनाएको हुँ। म लगातार तिनीहरूलाई बोकी रहनेछु अनि म तिमीहरूलाई बचाउनेछु।

“के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अँहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्। कतिपय मानिसहरू सुन र चाँदीको धनी छन्। सुन तिनीहरूको थैलोबाट झर्छ, अनि तिनीहरूले चाँदी तराजुमा तौलन्छन्। ती मानिसहरूले काठबाट झूटा देवताहरू बनाउनलाई शिल्पकारहरूलाई पैसा दिँदछन्। त्यसपछि ती मानिसहरू नतमस्तक भएर झूटा देवता पूज्दछ। ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूईंमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन्। झूटा देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई सङ्कटबाट रक्षा गर्न सक्दैन्। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उत्तर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन्।

“तिमीहरूले पाप गरेकाछौ, तिमीहरूले ती कुराहरूको बारेमा फेरि विचार गर्नुपर्छ। ती कुराहरूलाई सम्झ र बलियो हौ। त्यो धेरै बर्ष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्।

10 “शुरूमा मैले जो कुराहरू भनें ती अन्तमा हुनेछन्। धेरै बर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु। 11 अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। ऊ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु।

12 “तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन्। तर तिमीले राम्रो कामहरू गरेनौ। 13 म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”

बाबेललाई परमेश्वरको सन्देश

47 “हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस।
    कल्दीहरूकी कन्ये छोरी,[a] भूईंमा बस।
तिमी अहिले शासक होइनौ।
    मानिसहरू सोच्ने छैनन् कि तिमी एकजना सुन्दरी, कोमल सुकुमारी हौ।
अब तिमीले कठिन परिश्रम गर्नुपर्छ।
    तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ,
अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ
    तिम्रो घुम्टो हटाऊ अनि तिम्रो सुन्दर पोषाकहरू खोल।
तिमीले तिम्रो देश छोड्नु पर्नेछ।
    तिम्रा फरियाहरू उठाऊ जबसम्म मानिसहरूले खुट्टाहरू देख्न सक्तैनन्,
    अनि नदीहरू[b] पार गर।
मानिसहरूले तिम्रा गुप्त अङ्गहरू हेर्नेछन्
    अनि तिम्रो लाज हेर्नेछन्।
तिमीले गरेको सबै दुष्टकर्मको बद्ला म चुकाउनेछु।
    अनि कोही पनि तिमीलाई सघाउन आउने छैनन्।

“मेरा मानिसहरू भन्छन्, ‘परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
    उहाँको नाउँ हो सेनाहरूका परमप्रभु,
    इस्राएलका परमपवित्र हुनुहुन्छ।’”

“यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ।
    कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ।
    किनभने अब तिमी ‘राज्यहरूकी रानी’ रहने छैनौ।

“म मेरो मानिसहरूसित क्रोधित थिएँ,
    ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ,
मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियौ।
    तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ।
तिमीले बूढा-पाकहरूलाई पनि
    कठिन काम गर्न लगायौ।
तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु।
    म सधैँ नै रानी हुनेछु।’
तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ।
    तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।
यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन!
    तिमी सुरक्षित अनुभव गर र आफैंलाई भन,
‘म मात्र प्रमुख मानिस हुँ।
    म जस्तो प्रमुख अन्य कोही पनि छैन्।
म कहिल्यै पनि विधवा हुने छैन्।
    मसँग सधैँ नानीहरू हुनेछन्।’
यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्।
    पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ,
अनि त्यसपछि तिमीले आफ्नो लोग्ने गुमाउनेछौ।
    हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्।
    अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउँनेछैन।
10 तिमीले दुष्ट कर्महरू गर्यौ, तर अझ तिमी सुरक्षित अनुभव गर्छौ।
    तिमीले सोच्छौ, ‘मैले गरेको दुष्ट कामहरू कसैले पनि देख्दैन।’
तिमी सोच्छौ कि तिम्रो विवेक र बुद्धिले तिमीलाई बचाउने छ।
    तिमी आफैंलाई सोच्छौ ‘म मात्र हुँ,
    म जस्तो अरू कोही मुख्य छैन्।’

11 “तर कष्टहरू तिमीमाथि आइलाग्नेछ।
    तिमी जान्दैनौ यो कहिले घट्ने छ? तर विपत्ति आइरहेछ।
    तिमी ती कष्टहरूलाई रोक्न केही पनि गर्न सक्नेछैनौ।
12 तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई,
    तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ।
यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ।
    हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला।
    हुनसक्छ तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।
13 तिमीसँग धेरैजना सल्लाहकारहरू छन्,
    के तिमी तिनीहरूका सल्लाहरूबाट थकित भयौ?
तब तिम्रा ज्योतिषीहरू पठाऊ ताकि ताराहरू पढुन्।
    तिनीहरूले तिमीलाई महीना कहिले शुरू हुन्छ बताउन सकुन्।
    कष्टहरू कहिले आउन सक्छ भनेर बताउन सकुन्।
14 तर ती मानिसहरूले आफैंलाई सम्म बचाउँन सक्तैन।
    तिनीहरू पराल जस्तो जल्नेछन्।
तिनीहरू यति चाँडो जल्नेछन कि
    कसैलाई तातो पार्न कोइला सम्म रहने छैन।
15 त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ।
    जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाड्नेछन्।
प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन्,
    अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”

परमेश्वरले आफ्नो संसारमा शासन गर्नुहुन्छ

48 परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्।
    तिमीहरू आफैंले आफूलाई इस्राएल भन्यौ।
    तिमीहरू यहूदाको वंशहरू हौं।
तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ,
    तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ।
    तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।

“हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्।
    तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्।
उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।

“जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ।
    मैले ती कुराहरूको बारेमा भनेको थिएँ।
    अनि मैले तिनीहरूलाई अचानक हुने बनाएँ।
मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदमै अट्टेरी थियौ।
    तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ।
    तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा।
यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ।
    मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिनीहरूको बारेमा भनेको थिएँ।
मैले यो गरें ताकि तिमीले भन्नु नपरोस्,
‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’
    मैले यस्तो गरें भनी तिमीले भन्नु नपरोस,
    ‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन् भन्ने कुरा बतायो।’”

परमेश्वरले इस्राएललाई शुद्ध पार्नलाई दण्ड दिनु हुन्छ

“तिमीले के भयो भनेर ती घट्नाहरू देख्यौ र सुन्यौ।
    यसैले तिमीले अन्य मानिसहरूलाई यी खबरहरू भन्नु पर्नेछ।
अब म तिमीलाई नयाँ समाचारहरू बारे बताउनेछु
    ती कुराहरू अझ सम्म तिमी जान्दैनौ।
यी कुराहरू ती होइनन् जो अघिनै घटिसकेका थिए।
यी ती कुराहरू हुन जुन अहिले भइरहेकाछन्।
    आज भन्दा पहिले तिमीले ती कुराहरू जानेको थिएनौ
    यसैकारण तिमीले भन्न सक्तैनौ, ‘हामीले पहिल्यै जानेका थियौं भनेर।’
तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ।
    तिमीले केही पनि सिकेनौ।
    मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ।
म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरूद्ध उठ्नेछौ।
    तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरूद्धमा आन्दोलन गर्यौ।

“तर, म धैर्यवान हुनेछु।
    म यो आफ्नैलागि गर्नेछु।
तैपनि मलाई नरिसाएको देखेर मानिसहरूले मेरो प्रशंसा गर्नेछन्।
    किनभने मैले तिमीलाई नाश गरिनँ।

10 “हेर, म तिमीलाई शुद्ध पार्नेछु।
    मानिसहरूले शुद्ध चाँदी बनाउनु तातो आगो प्रयोग गर्दछन्।
    तर म तिमीलाई कष्टहरू दिएर शुद्ध पार्नेछु।
11 यो म स्वयंकोलागि गर्नेछु।
    तिमीले मलाई त्यस्तो व्यवहार गर्नेछैनौ, मानौ म मुख्य होइन,
    म मेरो महिमा र प्रशंसा कुनै झूटा देवताहरूलाई लैजान दिने होइन्।

एफिसी 4:1-16

शरीरमा एकता

म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।

ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। त्यसैले शास्त्रमा यस्तो भनिएको छ,

“उहाँ माथि आकाशमा जानुभयो,
    आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो,
    अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”(A)

“उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। 10 येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो। 11 अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। 12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। 13 हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ।

14 तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्। 15 तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं। 16 सम्पूर्ण शरीर ख्रीष्टद्वारा गाँसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।

भजनसंग्रह 68:19-35

19 परमप्रभुको प्रशंसा गर!
    प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ।
    जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।

20 उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।
उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ।
    परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
21 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेको देखाउनु हुनेछ।
    परमेश्वरले उहाँको विरूद्ध लड्नेहरूलाई दण्ड दिनुहुनेछ।
22 मेरो स्वामीले भन्नुभयो, “म बाशानबाट शत्रु फर्काई ल्याउने छु,
    म पश्चिमबाट शत्रु ल्याउनेछु।
23 यसकारण तिमीहरू उनीहरूको रगतमा हिंड्न सक,
    यसकारण तिमीहरूका कुकुरहरूले तिनीहरूको रगत ल्याप्-ल्याप् चाट्ने छन्।”
24 हेर, परमेश्वरले विजयी लहरलाई डोर्याई रहनुभएको!
    हेर मेरो पवित्र परमेश्वर, मेरो राजा, विजयी लहरलाई डोर्याइरहनु भएको!
25 आगाडि गायकहरू हिँडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिँड्दैछन्।
    तिनीहरूलाई खैंजडी बजाउँदै गरेका कुमारीहरूले घेरेका छन्।
26 समुदायहरूमा परमेश्वरको प्रशंसा गर!
    हे इस्राएल का मानिसहरू, परमप्रभुको प्रशंसा गर!
27 त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका।
    अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्।
    अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्।

28 हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्!
    हाम्रो निम्ति बितेका दिनहरूमा प्रयोग गर्नु भएको शक्ति देखाउनु होस्।
29 राजाहरूले आफ्नो सम्पत्ति
    तपाईंको महल यरूशलेममा ल्याउने छन्।
30 मिश्रमा भएका ती “मानिसहरूलाई” तिम्रो लठ्ठीले सधाऊ।
    तीनीहरू मानिसहरूको चरणमा भएका “पशुहरू” जस्ता छन्।
    “बाछाहरूको” माझमा “साँढेहरू” जस्ता छन्।
तिनीहरूलाई तिमीले अनुशरण गर्ने बनाऊ।
    तिनीहरूले आज्ञा मान्छन्।
तिमीले ती जातिहरूलाई युद्धमा हरायौ।
    अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।
31 मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ,
    एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।
32 हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ।
    हाम्रो स्वामीको स्तुति-गान गर!

33 परमेश्वरकोलागि गीत गाऊ!
उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ।
    उहाँको शक्तिशाली आवाज सुन!
34 परमेश्वरको प्रशंसा गाऊ,
    किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ
    अनि उहाँको शक्ति आकाशमा छ।
35 हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ।
इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो,
परमेश्वरको प्रशंसा गर।

हितोपदेश 24:3-4

—20—

एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ। अनि ज्ञानद्वारा यसको भण्डार कोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International