Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 43:14-45:10

14 परमप्रभु, इस्राएलका परम-पवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। (कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।) 15 म परमप्रभु तिमीहरूका परम-पवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।”

परमेश्वरले आफ्ना मानिसहरूलाई पुन: बचाउनु हुन्छ

16 परमप्रभुले समुद्रमा बाटोहरू बनाउनु हुनेछ। उहाँले धमिलो पानीबाट पनि आफ्ना मानिसहरूको लागि बाटो बनाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, 17 “मानिसहरू ज-जसले मेरो विरूद्ध तिनीहरूको रथहरू, घोडाहरू, र सेनाहरू सहित लड्ने छन तिनीहरू पराजित हुनेछन्। तिनीहरू फेरि उठ्न सक्ने छैनन तिनीहरू नष्ट हुनेछन्। तिनीहरू मैनबत्ती जस्तो थामिने छन्। 18 यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै बर्ष अगडी जे भइसकेको छ त्यसलाई नसोच। 19 किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरुभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुख्खा जग्गाहरूमा नदीहरू बगाउनेछु। 20 यसले गर्दा जङ्गली पशुहरू सम्मले मलाई धन्यवाद प्रकट गर्नेछन्। विशाल पशुहरू र चराहरूले पनि मप्रति धन्यवाद प्रकट गर्नेछ। तिनीहरूले मलाई सम्मान गर्नेछन् जब म मरुभूमिमा पानी पार्नेछु। म यसो गर्नेछु मेरा मानिसहरूलाई पानी दिनलाई-जसलाई मैले रोजे। 21 ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।

22 “याकूब, तिमीले मेरो पुकारा गरेनौ। किनभने तिमी इस्राएलीहरू मसँग थकित भएकाछौ। 23 तिमीहरूले मेरो लागि होमबलि चढाउनलाई आफ्नो भेंडा़ ल्याएनौ। तिमीहरूले मेरो सम्मान गरेनौ। तिमीहरूले मेरोलागि बलि चढाएनौ। मैले बलिहरू चढाऊ भनेर जबरजस्ती गरिनँ। मैले धूपहरू सत्काउनु भनेर कर लगाइन जब सम्म तिमीहरू थकित भयौ। 24 यसर्थ मेरो सम्मानकोलागि तिमीहरूले आफ्नो पैसाले केही पनि किनेनौ, तर तिमीहरूले मलाई आफ्नो पापको भारी बोकायौ। तिमीहरूले त्यतिन्जेल पाप गर्यौ जब सम्म म तिमीहरूका नराम्रा कुराहरूले अत्यन्त कमजोर भईन्।

25 “म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्। 26 तर तिमीहरूले मलाई सम्झनु पर्छ। हामी एकै साथ भेला हुनुपर्छ अनि निर्णय लिनुपर्छ जसले गर्दा तिमीहरू आफ्नो स्थिति प्रस्तुत गर्न सक्छौ अनि हामी के सही हो निर्णय लिनु सक्छौं। 27 तिमीहरूका पहिले पिता-पुर्खा पापी थिए। अनि तिमीहरूका वकीलहरूले मेरो विरूद्ध कुराहरू गरे। 28 यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराम्रा घटनाहरू इस्राएलमा हुनेछन्।”

परमप्रभु नै केवल परमेश्वर हुनुहुन्छ

44 “याकूब, तिमी मेरो दास हौ। मेरो कुरा होशियारी साथ सुन, इस्राएल मैले तिमीलाई छानेको छु। म जे कुरा भन्छु सुन्। म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ।

“म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ। तिनीहरू संसारका मानिसहरूका माझमा बढ़नेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढ़ने रूखहरू जस्ता हुनेछन्।

“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”

परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ। यहाँ म जस्तै अन्य कुनै परमेश्वर छैन। यदि यहाँ छ भने, त्यो परमेश्वरले जस्तै बोल्नु पर्छ। त्यो परमेश्वर आएर म जस्तै परमेश्वर हो भनी प्रमाण गर्नु पर्छ। त्यो परमेश्वरले त्यस समयदेखिको घटनाहरू बताउनु पर्छ जब मैले प्राचीन मानिसहरू बनाएँ। त्यस परमेश्वरले भविष्यमा हुने कुराको संकेत पनि दिन सक्नुपर्छ।

“तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”

झूटा देवताहरू व्यर्थका छन्

केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन्—तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।

10 कसले ती झूटा देवताहरू बनाए? कसले ती व्यर्थका मूर्तिहरू बनाए? 11 कारीगरहरूले ती देवताहरू बनाए! अनि ती कारीगरहरू केवल मानिसहरू नै हुन् देवताहरू होइनन्। यदि त्यस्ता मानिसहरू एकसाथ आएर ती कुराहरूमा छलफल गर, तब तिनीहरू लज्जित र त्रसित हुने थिए।

12 एक कारीगरले तातो आगोमा फलाम तताउनु आफ्ना हतियारहरू चलाउँदछ। त्यो धातु पिट्नलाई त्यस मानिसले मार्तोल चलाउँदछ, अनि त्यो धातुबाट मूर्ति बन्दछ। त्यस मानिसले आफ्ना शक्तिशाली पाखुराहरू चलाउँदछ। तर जब त्यो मानिस भोको हुन्छ, उसले आफ्नो शक्ति प्रयोग गर्दछ। यदि मानिसले पानी पिउँदैन भने, उसको तिर्खा मेटीदैन।

13 अर्को कारीगरले काठमाथि रेखाहरू खिच्नका लागि फिता र सिसाकलम चलाउँदछ। यसो गर्नाले के देखाउँछ भने उसले काठ कहाँ काट्नु पर्छ। त्यसपछि त्यस मानिसले आफ्नो छिनोहरू चलाउँदछ र काठबाट मूर्ति काट्दछ। उसले आफ्नो फिताले मूर्ति नाप्ने काम गर्दछ। यस प्रकारले, कारीगरले काठलाई एउटा मानिस जस्तो देखिने स्वरूप बनाउँदछ। अनि यो मानिस जस्तो देखिने मूर्तिले केही गर्दैन, तर त्यसको घरमा बस्दछ।

14 मानिसले धुपी, देवदारहरू काठ र फलाँटको रूखहरू काट्छ। त्यो मानिसले रूखहरू उमारेन, ती रूखहरू आफैं उम्रन्छ। यदि कुनै एउटा मानिसले धुपीको रूख रोप्दछ भने, बर्षाले ती रूख उमार्दछ।

15 त्यसपछि त्यस मानिसले त्यो रूख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस रूखलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही रूखलाई अथवा त्यस रूखको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूज्न थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्। 16 मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउन्जेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्नु सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।” 17 तर सानो रूखको टुक्रा त्यहाँ छाडियो, यसकारण मानिसले त्यस टुक्राबाट मूर्ति बनाउँछ अनि ईश्वर मान्छ। ऊ त्यस देवता समक्ष झुक्छ अनि पूजा गर्दछ। मानिसले देवताहरूलाई प्रार्थना गर्दै भन्दछ, “तपाईं मेरा ईश्वर हुनुहुन्छ, मलाई बचाउनु होस्।”

18 ती मानिसहरूले जान्दैनन् तिनीहरूले के गरिरहेकाछन्। तिनीहरूले बुझ्दैनन्। तिनीहरूका आँखा बन्द भए जस्तै छन, यसैले तिनीहरूले देख्न सक्दैनन्। तिनीहरूको हृदयले बुझ्ने कोशिश गर्दैनन्। 19 ती मानिसहरूले यस विषयमा सोच विचार गरेका छैनन्। मानिसहरूले बुझ्दैनन् यसकारण तिनीहरूले आफ्नो बारेमा कहिल्यै सोचेका छैनन, “मैले आधा दाउरा आगोमा बालें। मैले तातो कोइलामा रोटी बनाएँ अनि मासु पकाएँ। त्यसपछि मैले मासु खाँए। अनि मैले बाँचेको ती काठहरूले यस्तो भयानक चीज बनाएँ। मैले दाउराका मुढालाई पूजीरहेको छु।”

20 त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। ऊ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झूटो बाटोमा लगिरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन्। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झूटा देवता हो।”

परमप्रभु, सत्य परमेश्वरले, इस्राएललाई साथ दिनुहुन्छ

21 “याकूब, यी कुराहरू याद राख।
    इस्राएल, याद राख, तिमी मेरो सेवक हौ।
मैले तिमीलाई बनाएँ! तिमी मेरो सेवक हौ,
    यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन्।
22 तिम्रो पापहरू ठूलो बादल जस्ता थिए
    तर मैले ती पापहरू पखालिदिएँ।
तिम्रा पापहरू मेटिएर गए,
    जसरी बादल पातलो हावामा हराउँदछ।
मैले तिमीलाई जोगाएँ,
    अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।”

23 आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो।
    पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याई सम्म।
पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगर्दै गाउँदछन्।
    जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्।
किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो।
    परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।
24 परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ।
    परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाको गर्भभित्रै थियौ।
परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो।
    म स्वयंले आकाश राखें।
    मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”

25 झूटा अगमवक्ताहरूले झूटो बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन् भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ। 26 परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ।

परमेश्वरले यहूदा पुन:निर्माण गर्नलाई कोरेस छान्नु हुन्छ

परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।”
परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।”
    परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए,
    “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”
27 परमप्रभुले गहिरा पानीलाई भन्नुहुन्छ, “सुख्खा भई जाओस्।
    म तिम्रा मूल श्रोतहरू पनि सुकाइदिनेछु।”
28 परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला हौ,
    तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु।
तिमीले यरूशलेमलाई भन्नेछौ, ‘तिमी पुनःनिर्माण हुनेछौ।’
    तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुनःनिर्माण हुनेछ।’”

परमेश्वरले इस्राएललाई स्वतन्त्र पार्नु कोरेस छान्नु हुन्छ

45 आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ:

“म कोरेसको दाहिने हात समाउनेछु।
राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु।
    शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन,
    म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।
कोरेस, तिम्रा सेनाहरूले अघि बढ्नेछन् अनि म तिम्रो अघाडी जानेछु।
    म पर्वतहरू मैदान तुल्य पारिदिनेछु।
म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु।
    म फलामका ढोकाको बारहरू काटिदिनेछु।
म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बँचाउनेछ।
    म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु।
म यसो गर्ने छु ताकि तिमीहरूले म इस्राएलको परमप्रभु परमेश्वर हुँ, भनेर जान्नेछौ।
    अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु।
म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु।
    म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु।
कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु तिमी मलाई जान्दैनौ।
    तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु।
म परमप्रभु हुँ, म मात्र परमेश्वर हुँ।
    म बाहेक अरू परमेश्वर छैन्।
मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ।
    तर अझै तिमी मलाई बुझ्दैनौ।
यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले
    म नै परमेश्वर हुँ भनेर जानुन्।
पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्,
    अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।
मैले उज्यालो बनाएँ अनि मैले अँध्यारो बनाएँ।
    मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ।
    म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।

“माथि आकाश बाट पृथ्वीमा पण्टा बर्षिन्छ,
    जसरी बादलबाट पानी बर्षिन्छ, पृथ्वी खोलिन्छ,
अनि मुक्ति उत्पन्न होस्! मुक्तिको विकास हुन्छ
साथ-साथै सद्भावना बढ्छ।
    म परमप्रभुले नै यी सबैथोक बनाएँ।”

परमेश्वरले आफ्ना सृष्टिलाई वशमा राख्नु हुन्छ

“यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्। 10 एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?’”

एफिसी 3

अन्य जातीहरूमा पावलको काम

यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ। अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ। परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु। अनि मैले लेखेका ती कुराहरू पढ्यौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ। अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ। गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्।

परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ। परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ। अनि परमेश्वरले मलाई उहाँको गुप्त सत्यताको योजना बारे सबै मानिसलाई भनि दिने काम दिनुभयो, त्यो सत्यता आदि कालदेखि नै उहाँमा लुकेको थियो। उहाँनै परमेश्वर हुनुहुन्छ जसले सब कुरा सृष्टि गर्नु भयो।

10 उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानुन्। 11 युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो। 12 ख्रीष्टमा हामीहरू परमेश्वरको अघि निर्भय भई विश्वाससित उभिन सक्छौं। ख्रीष्टमा विश्वासद्वारा हामी यो गर्न सक्छौं। 13 यसैले म तिमीहरूलाई बिन्ती गर्दछु तिमीहरूको कारण मेरा कष्टहरू देखेर तिमीहरूले हरेश खानु हुँदैन र आशा पनि मार्नु हुँदैन। मेरो कष्टले तिमीहरूमा आदर ल्याउने छ।

ख्रीष्टको प्रेम

14 यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु। 15 स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्। 16 म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। 17 तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। 18 अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। 19 ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।

20 परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। 21 मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।

भजनसंग्रह 68:1-18

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन।

हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्।
    उहाँका शत्रुहरू उहाँलाई देखेर भागुन्।
हावाले धूवाँलाई फुके जस्तै
    तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्।
मैन अगोमा पग्लिए जस्तै
    तपाईंको शत्रुहरू नष्ट होऊन्।
तर धर्मी मानिसहरू सुखी छन्,
धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुनेसँगै आनन्दमा छन्।
    धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।
उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ।
    परमेश्वरको निम्ति बाटो तयार पार।
उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ
    उहाँको नाउँ “याह”[a] हो उहाँको नाउँको प्रशंसा गर!
उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ,
    उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ।
    उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ।
    तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।

हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो।
    तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।
हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो,
    तब पृथ्वी काम्यो अनि आकाश पग्लियो।
हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो,
    क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन।
10 तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए।
    हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।
11 परमेश्वरले आज्ञा दिनुभयो
    अनि धेरै मानिसहरू सुसमाचार सुनाउन गए।
12 “शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए।
    नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन्,
    जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए।
    ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँड्ने छन्।
13 तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्।
    तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।”

14 जालमन पर्वतमा परमेश्वरले शत्रु राजाहरू तितर-बितर पार्नु भयो।
    ती झरिरहेका हिमपात जस्तै थिए।
15 परमेश्वरको पर्वत बाशान पर्वत हो।
    बाशान पर्वत धेरै चुचुराहरू भएको विशाल पर्वत हो।
16 हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ?
    परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ।
    उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो।
17 परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो।
    उहाँको पछि लाखौंलाख रथहरू छन्।
18 उहाँ उच्च पर्वत माथि-माथि जानु भयो।
    ती मानिसहरूसित जो उहाँका विरूद्ध भए
कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै
    पुरूषहरूबाट उपहार लिनलाई,
    परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।

हितोपदेश 24:1-2

—19—

24 दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर। तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International