Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 31-33

31 “मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि
    व्याविचारको दृष्टीकोणले म कुनै तुरूणीलाई हेर्नेछैन।
परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाँहि हो?
    उँभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम!
परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ,
    खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।
मेरो चाल परमेश्वरले जान्नु हुन्छ
    मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ।

“यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए
    र छली चालमा म फँसेको भए,
न्यायको तराजुमा परमेश्वरले मलाई तौलिउन्,
    उहाँले नै जान्नुहुनेछ कि म निर्दोष छु।
यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए,
    यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने
    अथवा मेरो हातमा मैला टाँसिएको छ भने,
मैले रोपेको अन्न अर्कोले खाओस्,
    र मेरा बाली जरै समेत उखेलियोस्!

“यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने
    अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
10 मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्,
    र अरू मानिसहरू उसित सुतोस्।
11 किनभने सम्भोग लाजलाग्ने कुरा हो,
    न्यायको सामुन्ने एउटा अपराध हो।
12 त्यो त नाश गर्ने आगो हुनेछ,
    मेरो सम्पूर्ण कुरा यसले उखेल्छ।

13 “मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए,
    तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको भए,
14 परमेश्वरको अघाडी जाँदा म के गर्ने?
    उहाँले सबै कुरा सोध्दा मैले के जवाफ दिने?
15 परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो,
र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो।
    परमेश्वरले हामीहरूलाई आफ्नी आमाको गर्भमा नै रूप दिनुभएको हो।

16 “गरीबहरूलाई सहायता गर्न मैले इन्कार गरेको छैन,
    विधवाहरूलाई चाहिएको कुराहरू दिन मैले इन्कार गरेको छैन।
17 म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।
18 तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ,
    मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई वास्ता गरें।
19 जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा थिएनँ।
    अथवा पोशाक बिहीन एक गरीब मानिसलाई देखें,
20     मैले सधैँ तिनीहरूलाई लगाउने लुगाहरू दिएँ।
मैले आफ्नै भेंडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें
    अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।
21 फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा-जान्दै पनि
    मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।
22 यदि मैले त्यस्तो कहिल्यै गरे भने
    तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।
23 तर मैले त्यस्तो नराम्रो काम गरिनँ।
    म परमेश्वरको दण्डदेखि त्रासित छु।
    उहाँको महिमाले मलाई भयभीत पार्छ।

24 “मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिनँ।
    मैले धनलाई कहिल्यै पनि भनिनँ कि तिमी मेरो आशा हौ।”
25 म धनी थिएँ,
    तर धनले मेरो घमण्ड बढाएन।
मैले प्रशस्त धन कमाएँ,
    तर त्यसले मलाई सुखी बनाएन।
26 मैले कहिल्यै पनि उज्वल घाम
    र सुन्दर जूनलाई पूजिनँ।
27 मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन
    अनि मेरो हात घाम र जून पूज्न कहिल्यै चुमिनँ।
28 त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ।
    यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।

29 “जब मेरो शत्रुहरू नष्ट भए
    म कहिले खुशी भइनँ।
शत्रुहरूमाथि नराम्रो आई लाग्दा
    मैले तिनीहरूलाई खिसी गरिनँ।
30 शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ।
    अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन।
31 मेरा घरका सबै मानिसहरू जान्दछन कि
    मैले परदेशीहरूलाई सधैँ भोजन खुवाएँ।
32 परदेशीहरू गल्लीमा सुत्न नपरोस् भनी
    मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।
33 अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन्
    तर मैले मेरो दोष कहिल्यै लुकाइनँ।
34 मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ।
त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन।
    मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनँ।
    मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनँ।

35 “अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु।
    मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्।
म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्।
    म इच्छा गर्छु कि मैले जे कु-कर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्।
36 तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु
    म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु।
37 यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला।
    म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं।

38 “मैले कसैबाट जमीन चोरिनँ
    कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।
39 मैले सधैँ किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें
    अनि कहिल्यै पनि अर्काको दखलमा भएको जमीन खोस्ने प्रयास गरिनँ।
40 यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहुँ र जौं उम्रिनुको सट्टामा
    काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।”

अय्यूबको प्रवचन समाप्त भयो।

इलीहुले तर्क थप्दछ

32 त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो। तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसँग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो। एलीहू अय्यूबका तीनजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अय्यूबका साथीहरूले अय्यूबका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अय्यूब गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्। अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुन्जेल उसले पर्खियो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो। अनि जब एलीहूले देखे कि अय्यूबका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो। यसकारण उसले भन्न थाल्यो। उसले भन्योः

“म जवान मानिस मात्र हुँ अनि तिमीहरू बूढा मानिसहरू हौ।
    यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।
म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ।
    बूढा मानिसहरू धेरै लामो बाँचे यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’
तर परमेश्वरको ‘आत्माले’ मानिसलाई ज्ञानी बनाउँछ।
    सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।
बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्।
    बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।

10 “यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ।
    अनि मैले के सोच्दछु त्यो भन्नेछु।
11 जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें।
    मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अय्यूबलाई दियौ।
12 तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने।
    तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ।
    तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।
13 तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ।
    परमेश्वरले अय्यूबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।
14 अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन,
    यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।

15 “अय्यूब, ती मानिसहरूले साहस हराए।
    तिनीहरूसँग अब भन्ने केही कुरा छैन।
    तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।
16 अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें,
    तर तिनीहरू चुपचापछन्।
    तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।
17 यसैले अब तिमीलाई म जवाफ दिनेछु।
    हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।
18 म कुरै कुराहरूले भरिएकोछु कि
    म बोल्नै पर्छ नत्र म पड्किनेछु।
19 म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन।
    म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।
20 यसकारण म बोल्नै पर्छ तब मात्र म शान्तिको सास फेर्ने छु।
    मैले बोल्नै पर्छ र अय्यूबको तर्कहरूको जवाफ दिनेछु।
21 मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गर्दथे।
    म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।
22 म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन।
    यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।

33 “अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन।
    ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।
म बोल्न तयार छु।
मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु।
    ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।
परमेश्वरको आत्माले मलाई बनाउनु भयो।
    मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।
अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ।
    तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।
परमेश्वरको समक्ष तिमी र म बराबर छौं
    परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।
अय्यूब म देखि नडराऊ
    म तिमीमाथि निष्ठूर हुने छैन।

“तर अय्यूब,
    तिमीले भनेको मैले सुनें।
तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु,
    मैले केही गल्ती काम गरिनँ म दोषी छैन।
10 मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।
    परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।
11 परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो,
    परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’

12 “तर अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु।
    किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।
13 अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ।
    तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।
14 परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ,
    यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।
15 हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ,
    अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।
16 तिनीहरू एकदमै भयभीत हुन्छन्
    जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।
17 परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ,
    अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।
18 परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ।
    परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।

19 “दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर
    अनि उसका हडडीहरू सधैँ रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।
20 तब त्यस मानिसले खान सक्तैन्।
    त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।
21 उसको शरीर जीर्ण हुँदै जान्छ
    अनि उ हाड र छाला मात्र हुन्छ।
22 त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ
    अनि उसको जीवन सम्मुखिन हुन्छ।
23 परमेश्वसँग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ।
    त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।
24 त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ
    अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्।
    उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’
25 तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ।
त्यो मानिस पहिले जस्तो तन्नेरी थियो त्यस्तै नै हुनेछ।
26 त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ।
    त्यो मानिस आनन्दले चिच्याउने छ
    अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।
27 तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ।
    उसले भन्नेछ, ‘मैले पाप गरें, मैले असललाई खराब बनाएँ।
    तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
28 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो।
    अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’

29 “परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।
30 त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई,
    ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग गर्न सकोस्।

31 “अय्यूब, मेरो कुरा होशियारीले सुन,
    शान्त हौ र मलाई बोल्न देऊ।
32 तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन।
    मलाई उत्तर देऊ,
    किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।
33 तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ।
    शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”

2 कोरिन्थी 3

परमेश्वरका सेवकहरूको नयाँ करार

फेरि के हामी हाम्रै विषयमा गर्व गर्छौं? अरूहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ? तिमीहरू नै हाम्रो परिचय पत्र हौ। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्। यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुङ्गाका पाटीहरूमा[a] लेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।

हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अघि हामी ढुक्क छौं। हामी भन्दैनौं कि कुनै पनि काम आफैं राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ। (परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योगय बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ।

नयाँ वाचाले बढी महिमा ल्याउँछ

मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो। पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ। 10 त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ। 11 त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो।

12 हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। 13 हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्। 14 तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझ्न सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढ्छन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ। 15 तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ। 16 तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ। 17 प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। 18 हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।

भजनसंग्रह 43

हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।
    त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ।
    हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु।
    मलाई त्यो मानिसबाट बचाउनु होस्।
हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ,
    किन तपाईंले मलाई त्यग्नु भयो?
किन तपाईंले मलाई देखाउनु भएन
    कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।
    तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
म परमेश्वरको वेदीमा जानेछु।
    हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ।
हे परमेश्वर, हे मेरो परमेश्वर,
    म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।

किन म यति साह्रो तल झरें?
    किन म यत्ति साह्रो विचलित छु?
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ,
    म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु,
    उहाँले मलाई बचाउनु हुन्छ।

हितोपदेश 22:8-9

अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।

एकजना उद्धार योग्य मानिसले आशिष पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International