Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GNT. Switch to the GNT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
नहेम्याह 11:1-12:26

नयाँ मानिसहरू यरूशलेममा भित्र हिंडन थाले

11 मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे। मानिसहरूले सइच्छाले यरूशलेममा बस्न चाहनेहरूलाई आशीष दिए।

यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू। अनि कोही यहूदाका मानिसहरू अनि कोही बिन्यामीनका मानिसहरू यरूशलेममा बसे।

यी यहूदाका सन्तानहरू थिए जो यरूशलेममा बसेः

अतायाहरू, उज्जियाहका छोरा, (अमर्याहको छोरा, शपत्याहको छोरा, महलेलका छोरा पेरेसका कुलका।) कोल-होजेका छोरा, हजायाहका छोरा, अदायाहका छोरा, योयारीबका छोरा, जकर्याहका छोरा एउटा शीलोनीहरूको सन्तान। यरूशलेममा बस्ने पेरेसक कुलहरूमा जम्मा 468 साहसी मानिसहरू थिए।

यी बिन्यामीनका कुलहरू थिए जो यरूशलेममा बसेः

मशुल्लामका छोरा, सल्लू, (योएदका छोरा, पदायाहका छोरा, कोलायाहका छोरा, वासेयाहका छोरा, इतीएलका छोरा), यशायियाहका छोरा अनि तिनको पछि गब्बै अनि सल्लै, जिंक्रीका छोरा योएललाई तिनीहरू अनि यहूदामाथि अधिकारी नियुक्त गरियो, अनि हासेन्आका छोरा शहरका दोस्रो प्रमुख अधिकारी थिए।

10 पूजाहारीहरू मध्येबाटः

योयारीबको छोरा, यदायाह, याकिन, 11 सरायाहका, हिल्कियाहका छोरा, (मशुल्लामका छोरा, सादोकका छोरा, मरायोतका छोरा, अहीतूबका छोरा), 12 परमेश्वरको मन्दिरका निरीक्षक अनि तिनीहरूका सहयोगी भए जो परमेश्वरको मन्दिरको निरिक्षक थिए 822 अदायाह यरोहामका छोरा, जकर्या मल्कियाहका 13 अनि तिनका सहयोगीहरू जो कुलका अगुवाहरू थिएः 242 अमाशै, अजैलका छोरा, अहजैका छोरा, मेशिल्लेमोतका छोरा, इम्मेरका छोरा 14 अनि तिनका सहयोगीहरू साहसी योद्धाहरूः 128 तिनीहरू माथिका अधिकारी हग्गेदोलीमका छोरा जब्दीएल थिए।

15 लेवीहरूबाट यिनीहरू यरूशलेममा बसेः

शमायाह हश्शूबका छोरा, अज्रीकामका छोरा हशबियाहका छोरा बुन्नीका छोरा। 16 अनि शब्बतै र योजाबाद, लेवीहरूका दुइजना अगुवाहरू जो परमेश्वरको मन्दिरको बाहिर कामका जिम्मामा थिए 17 अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा। 18 पवित्र शहर यरूशलेममा भएका समस्त लेवीहरू जम्मा 284

19 यी यरूशलेममा बस्ने द्वारपालकहरू थिए।

अक्कूब, तल्मीन अनि तिनीहरूका आफन्तहरू जसले द्वारको हेरचाह गर्थे 172 जना थिए।

20 इस्राएलका रहेका मानिसहरू, पूजाहारीहरू अनि लेवीहरू यहूदाका सबै शहरहरूका आफ्ना पुर्खाका भूमिमा बसे। 21 मन्दिरका सेवकहरू ओपेल पहाडमा बसे अनि सीहा र गिश्पा मन्दिरका सेवकहरूको जिम्मा मा थिए।

22 यरूशलेममा मुख्य अधिकारी लेवीहरू उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहरू, गवैयाहरू थिए जो परमेश्वरको मन्दिरको कामहरूका जिम्मामा थिए। 23 किनभने तिनीहरूको सम्बन्धमा राजकीय आदेश थियो अनि प्रतिदिन गायकहरूको सेवाको आवश्यक्ता थियो। 24 पतहियाह मशजबेलका छोरा, यहूदाका छोरा जेरहको कुल मानिसहरू सम्बन्धी सबै कुरामा राजाका सल्लाहकार थिए।

25 गाउँहरूमा तिनीहरूमा खेतहरू सहितः यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका स-साना गाउँहरू, दीबोन अनि त्यसका वरिपरिका स-साना गाउँहरू अनि यकब्सेल अनि यसका वरिपरिका स-साना गाउँहरू 26 येशूअमा, मोलादा, बेत्पलेत। 27 हसर्शूआल, बेर्शेवा अनि त्यसका वरिपरिका स-साना गाउँहरू। 28 सिकलगा, मकोना अनि त्यसका वरिपरिका स-साना गाउँहरू। 29 एरिमोन, सोराह, यर्मूत, 30 जानोह, अद्‌दूलाम अनि तिनीहरूका गाउँहरू लाकीश अनि त्यसका खेतहरू अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहरू। यसरी तिनीहरू बेर्शेबा देखि लिएर हिन्नोमको बेंसीसम्म अधिकार गरेर बसे।

31 बिन्यामीनका केही मानिसहरू गेबा, मिकमाश, अय्या, बेतेल अनि त्यसका वरिपरिका स-साना गाउँहरूमा बसे। 32 अनातोत, नोब, अनन्याह, 33 हासीर, रामा, गित्तैम, 34 हादीद, सबोईम, नबलत, 35 लोद र ओनो, गे-हाराशिम ओनोमा बसे, 36 केही यहूदाय लेवी समूह बिन्यामीनलाई सुम्पियो।

पूजारि र लेवीहरू

12 यी पूजाहारीहरू अनि लेवीहरू हुन्। जो कैदबाट यरूशलेममा यरूबाबेल शालतीएलका छोरा अनि येशूअसित आएः

सरायाह, यिर्मयाह, एज्रा,

अमर्याह मल्लूक, हत्तूश,

शकन्याह, रहूम, मरेमोत,

इद्दो, गिन्नतोन, अबियाह,

मियामीन, माथह, बिल्गा,

शमायाह, योयारीव, यदायाह,

सल्लू, अमोक, हिल्कियाह अनि यदायाह।

येशूअको समयमा यिनीहरू पूजाहारीहरू अनि तिनीहरूका सहयोगीहरू अगुवाहरू थिए।

लेवीहरू येशू, बिन्नूई, कदूमीएल, शेरेबियाह, यहूदा अनि मत्तन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए। तिनीहरूका सहयोगीहरू बक्बुवयाह उन्नी, सेवामा तिनीहरू देखि पारि खडा भए। 10 येशूअ योयाकीम्‌का पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए। 11 योयादा जोनाथनका पिता थिए। जोनाथन यदूतूनका पिता थिए।

12 योयाकीमको समयमा यी पूजाहारीहरू कुलका अगुवाहरू थिएः

सरायाहको कुलका अगुवा मरायाह थिए।

यिर्मयाहको कुलका अगुवा हनन्याह थिए।

13 एज्राको कुलका अगुवा मशुल्लाम थिए।

अमर्याहको कुलका अगुवा यहोहानान थिए।

14 जोनाथन मल्लूदाको कुलका अगुवा थिए।

यूसुफ शकन्याहको[a] कुलका अगुवा थिए।

15 अदूना हारीमको कुलका अगुवा थिए।

हेल्कै मरेमोत[b] परिवार अगुवा थिए।

16 इद्दोको कुलका अगुवा जकर्याह थिए।

गिन्नतोनको कुलका अगुवा मशुल्लाम थिए।

17 अबियाहको कुलका अगुवा जिक्री थिए।

मिन्यामीन अनि मोअद्याहका कुलहरूकाअगुवा पिल्तै थिए।

18 बिल्गाको कुलका अगुवा शम्मू थिए।

शमायाहको कुलका अगुवा यहोनात थिए।

19 योयारीबका कुलका अगुवा मत्तनै थिए।

यदायाहको कुलका अगुवा उज्जी थिए।

20 सल्लूको कुलका अगुवा कल्लै थिए।

आमोकको कुलका अगुवा एबेर थिए।

21 हिल्कियाको कुलका अगुवा हशबियाह थिए।

यदायाहको कुलका अगुवा नतनेल थिए।

22 एल्याशीब, योयादा, योहानान अनि यद्‌दूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए। 23 लेवीहरूका कुलका अगुवाहरूका नाउँ एल्याशीबका छोरा योहानानको समयसम्म विवरण पुस्तकमा लेखिएका थिए। 24 लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्‌मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।

25 मतन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन अनि अक्कूब द्वारपालहरू थिए। जो द्वारहरूमा भएका भण्डार कक्षको छेउमा थिए। 26 यिनीहरूले योयाकीम येशूअका छोरा, योसादका छोराको समयमा अनि प्रशासक नहेम्याह अनि पूजाहारी र शिक्षक एज्राको समयमा सेवा गरे।

1 कोरिन्थी 10:14-33

14 यरकारण, मेरा प्रिय मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस। 15 तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफैं जाँच। 16 आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँच्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र? 17 त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।

18 इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बली खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र? 19 मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो। 20 तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न। 21 तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ। 22 के तिमी प्रभूलाई रिस उठाउनु चाहन्छौ? हामी उहाँ भन्दा बलिया छौं र? छैनौं।

आफ्नो स्वतन्त्रा परमेश्वरको महिमाको लागि प्रयोग गर

23 तिमीहरू भन्छौ, “सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर ती कुराहरूले सबैलाई बलियो बनाउँदैन। 24 तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ।

25 मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खाओ। 26 तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”(A)

27 यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अघिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर। 28 तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ, जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानु अनुचित मान्छन्। 29 तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसको सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन। 30 यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिंदा किन मेरा निन्दा हुने?

31 यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर। 32 त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली। 33 म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिष गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिष गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।

भजनसंग्रह 34:11-22

11 केटा-केटीहरू मलाई ध्यान देऊ,
    म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
    र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
    त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
    शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
    उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
    उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
    उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
    परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
    अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
    तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
    एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
    असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
    उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

हितोपदेश 21:14-16

14 गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।

15 न्यायले ईमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।

16 जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरूसँग समाप्त हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International