Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GW. Switch to the GW to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
एज्रा 4:24-6:22

मन्दिरको काम स्थगित

24 तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो बर्ष[a] नभए सम्म शुरू भएन।

अहिले अगमवक्ता हाग्गै अनि इद्दोको छोरा जकर्याहले यहूदा अनि यरूशलेमका यहूदीहरूलाई इस्राएलका परमेश्वर-जो तिनीहरूमा थिए। परमेश्वरको नाउँमा अगम वाणी गरे। तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे। त्यसबेला यूफ्रेटिस नदि पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तात्तेनै शत्तर-बोज्नै अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधेः “यो मन्दिरको पुनःर्निर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?” त्यसपछि तिनीहरूलाई यो पनि भने, “ती मानिसहरूका नाउँ के-के हुन् जसले यो भवन निर्माण गरिरहेकाछन्?”

तर परमेश्वरले यहूदीहरूका अगुवाहरूलाई हेरिरहनु भएको थियो। अनि दारालाई वृत्तान्त पठाइएको बेला तिनीहरूलाई कामगर्नबाट तिनीहरूले रोकेनन्, अनि यस सम्बन्धि एक लिखित आदेश फिर्ता पठाउँनु भयो।

यो नदी पारि यूफ्रेटिस नदीको पश्चिम को प्रदेशका राज्यपाल तत्तनै अनि शत्तर-बोज्नै र तिनीहरूका सहकारिहरू, नदीपारीको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो। तिनीहरूले तिनलाई एक वृत्तान्त पठाए अनि त्यसमा यी कुराहरू लेखिएको थियोः

राजा दारा प्रति,

सम्पूर्ण अभिवादन!

यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौ, अनि विशाल शिला खण्डद्वारा यसको पुनःर्निर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियौ यो काम सरासरी गरिदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।

तब हामीले यी अगुवाहरूलाई यसप्रकारले प्रश्न गर्यौं हामीले तिनीहरूलाई भन्यौ, “तिमीहरूलाई यो परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि यो पर्खालको काम पुरा गर्न कसले अनुमति दियो?” 10 हामीले तिनीहरूलाई उनीहरूको नाउँहरू पनि सोध्यौ जसद्वारा हामी तपाईंलाई यो सूचित गर्न सकौं कि हामी ती मानिसहरूका अगुवाहरू को-को थिए नाउँ लेख्न सकौं।

11 तिनीहरूले हामीलाई यस प्रकारले जवाफ दिएः

“हामी स्वर्ग अनि पृथ्वीका परमेश्वरका सेवकहरू हौं हामीले त्यो मन्दिरको पुनःर्निर्माण गरिरहेराछौं जो धेरै बर्ष अघि बनिएको थियो जसलाई इस्राएलका एक महान राजाले निर्माण गरी पूर्ण गरेका थिए। 12 किनभने हाम्रा पूर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याएका हुनाले उहाँले तिनीहरूलाई बाबेलका राजा नबूकदनेस्सर, चलदियनको हातमा सुम्पिनु भयो, अनि तिनले यो मन्दिरलाई तोडि दिए र बाबेलमा कैदी बनाए ती मानिसहरूलाई लगे। 13 तर बाबेलका राजा कोरेस को प्रथम बर्षमा, यो परमेश्वरको मन्दिरलाई पुनःर्निर्माण गर्ने आदेश दिए। 14 परमेश्वरको मन्दिरमा भएका सुन र चाँदीका भाँडा-वर्तन, थालहरू जो नबकदनेस्सरले यरूशलेमको मन्दिरबाट हटाएर बाबेलको मन्दिरमा राखेका थिए, राजा कोरेसले ती सबै बाबेलको मन्दिरबाट निकाले अनि शेशबज्जर नाउँ गरेका मानिसलाई दिए,” जसलाई तिनले प्रशासक नियुक्त गरेका थिए।

15 अनि कोरेसले शेशबज्जरलाई भने, “यो बस्तुहरू लैजाउ यरूशलेमको मन्दिरमा राख अनि परमेश्वरको मन्दिरको, त्यसको खास स्थानमा पुनःर्निर्माण होस्।”

16 त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःर्निर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।

17 अब, यदि राजालाई इच्छा लाग्छ भने बाबेलको राज अभिलेखमा खोज-तलाश गरियोस कि यरूशलेममा परमेश्वरको त्यो मन्दिरको पुनःर्निर्माण गर्ने आदेश राजा कोरेसले दिएका थिए भन्ने कुरा सत्य हो कि होइन भनी हेर्नलाई अनि त्यस पछि यस विषयमा राजाले उनको इच्छा हामी कहाँ पठाउन्।

दाराको आदेश

तब राजा दाराले एक आदेश जारिगरे अनि तिनीहरूले बाबेलमा जहाँ कोष भण्डार गरिएका थिए, त्यहाँ अभिलेखाको खोज-तलाश गरे। तर मादी प्रदेशमा राज वासस्थान-एक्बातानामा एक मुठा चर्मपत्र भेट्टाए त्यसमा यस्तो लेखिएको थियोः

स्मारिकाः राजा कोरेसको प्रथम बर्षमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर सम्बन्धी एक आदेश दिए।

मन्दिर त्यस स्थानमा पुनःर्निर्माण होस् जहाँ तिनीहरूले बलिदानहरू अर्पण गर्थे अनि यसको घडेरीमा जग उचालियोस्। यसको उचाइ 90 फीट चौंडाई 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ। परमेश्वरको मन्दिरका सुन, चाँदी, भाँडा-वर्त्तनहरू पनि जो नबूकदनेस्सरले यरूशलेमको मन्दिरबाट लगेका थिए, अनि बाबेलमा ल्याएका थिए फर्काइ ल्याउनु पर्छ, र यरूशलेमको मन्दिर त्यसको आफ्नो स्थानमा राखिनु पर्छ। अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखिनु पर्छ।

अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तनै अनि शत्तर-बोज्नै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहाँबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ। यहूदीहरूका प्रशासक अनि यहूदीहरूका धर्मगुरूलाई त्यसको खास स्थानमा परमेश्वरको र मन्दिर पुनःर्निर्माण गर्न देऊ।

अब, परमेश्वरको त्यो मन्दिर को पुन:र्निर्माण गर्दा यी यहूदी धर्मगुरूहरूका निम्ति तिमीहरूले के गर्नु पर्छ त्यस सम्बन्धमा यो आदेश दिन्छु; परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पूर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरीनेछ, जसमा कि तिनीहरूले काम रोक्न नसकुन। बाछाहरू, भेंडाहरू वा धुपहरू स्वर्गका परमेश्वरका निम्ति के चीज खाँचो छ गहुँ, नून, दाखरस वा तेल जे पनि यरूशलेमका पूजाहारीहरूले निवेदन गरून्। 10 ती दिइनेछ। नबिराइकन तिनीहरूलाई दिइयोस् जसमा कि तिनीहरूले सुबास युक्त बलिदानहरू स्वर्गका परमेश्वरलाई अर्पण गर्न सकुन् अनि राजा र उनका। छोराहरूको जीवनका निम्ति प्रार्थना गरून्।

11 म आदेश दिन्छु, कि यदि कसैले यो आदेशको अवहेलना गरे उसको घरबाट एउटा खम्बा निकालेर उसलाई यसमा ठाडै झुण्डाउनु पर्छ र पिट्नु पर्छ अनि त्यसको घरलाई भग्नावशेषको राश तुल्याउनु पर्छ।

12 आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्।

म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानी पूर्वक चाँडो पालन गरियोस्।

मन्दिरको निर्माको समाप्ति र समर्पण

13 तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे। 14 यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा 15 अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराको शासनकालको छैटौं बर्षको[b] अदार[c] महीनाको तेस्रो दिन पूर्ण गरियो।

16 त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै हर्षसाथ मनाए।

17 परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेंडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे। 18 तिनीहरूले यरूशलेममा परमेश्वरको मन्दिरमा सेवाका निम्ति मोशाको पुस्तकमा लेखिए अनुसार पूजाहारीहरूलाई र तिनीहरूका विभागमा अनि लेवीहरूलाई तिनीहरूका वर्गमा स्थापित गरे।

निस्तार चाड

19 यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए। 20 किनभने सबै पूजाहारीहरू अनि लेवीहरूले स्वयंलाई शुद्ध पारेका थिए। तिनीहरू सबै स्वच्छ थिए। यसकारण तिनीहरूले कैदबाट फर्केर आउने सबै यहूदीहरू अनि तिनीहरूका पूजाहारीहरू, अनि तिनीहरूस्वयंका निम्ति निस्तार थुमा मारे। 21 कैदबाट फर्केर आउने इस्राएली मानिसहरूले निस्तार भोज खाए जसरी परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्नका निम्ति जसले स्वयंलाई देश तथा राष्ट्रहरूको अस्वच्छ पनबाट अलग पारेर तिनीहरूसित मिल्नेहरूले गरेका थिए। 22 तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्शूरका राजाको[d] मन परिवर्त्तन गरिदिनु भएर, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।

1 कोरिन्थी 3:5-23

अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं। मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो। यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ। हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं।

अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो। 10 परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। 11 जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। 12 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। 13 प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन[a] आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ। 14 त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ। 15 तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ।

16 तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ। 17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।

18 कसैले आफैंलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ साँच्चिकै ज्ञानी बन्न सक्छ। 19 किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।” 20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।” 21 यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो 22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। 23 अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।

भजनसंग्रह 29

दाऊदको भजन।

परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
    उहाँको महिमा र शक्तिको प्रशंसा गर।
परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
    आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
    मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
    उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
    परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
    सिरिओन हल्लिन्छ।
    त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
    कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
    परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।

10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
    अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
    परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।

हितोपदेश 20:26-27

26 एकजना ज्ञानी राजाले दुष्टहरूलाई भूस निफने झैं गरी छुट्याउँनेछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

27 एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International