Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 23-27

अय्यूबले जवाफ दिंदछ

23 तब अय्यूबले जवाफ दिएः

“म थाकेर कमजोर भएता पनि
    अझै म विद्रोही कुरा गरिरहेको छु।
म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनुहुन्छ,
    तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए।
    म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथिएँ।
अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ।
    अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ?
के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ?
    होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
उहाँसँग मेरो ईमान्दार त्यहाँ छलफल हुनेथियो,
    अनि म मेरो मामला जित्ने थिएँ।

“यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन।
    यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।
अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिनँ।
    अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।
10 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ,
    उहाँले मलाई जाँच्न सक्नुहुन्छ अनि म त्यो जाँचमा शुद्ध सुन जस्तो उत्तीर्न हुनेछु।
11 म परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिँडे।
    परमेश्वरको बाटोबाट म भड्किनँ।
12 मैले सधैँ परमेश्वरको आज्ञाको पालन गरे।
    परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।

13 “तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न।
    परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्।
    परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
14 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो
    अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।
15 यसकारण म परमेश्वरसँग डराउँछु।
    म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
16 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो।
    सर्वशक्तिमान परमेश्वरले मलाई त्रासित पार्नुभयो।
17 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो,
तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्।
    तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।

24 “यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन,
    तर को आँउदैछ भनेर उनका अनुवाईहरूलाई थाहा हुँदैन।

“मानिसले आफ्नो जमीन बढाउन सिमाना सार्छन्,
    अनि अर्काको बगाल चोरेर टाढा खर्कमा चराउँछन्।
तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन।
    तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ, जबसम्म उसले ऋण तिर्न सक्तिनँ।
तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्।
तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमि हिँड्न बाध्य गराउँछन्।
    सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।

“गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरुभूमिमा घुमिरहेका छन।
    भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुन्जेलसम्म काम गर्छन्।
गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन्
    अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।
गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ।
    जाडोबाट जोगिनँ तिनीहरूसित केही हुँदैन्।
तिनीहरू पर्वतहरूमा बर्षाले निथ्रुक्क भिज्छन्।
    चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीने कुनै उपाय छैन।
खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन।
    तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।
10 गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन यसैले तिनीहरू नाङ्गै छन्।
    तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सधैँ भोको हुन्छन्।
11 गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्।
    मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन
12 शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ।
    ती पीडित मानिसहरू गुहार माग्दै चिच्याउँछन् तर परमेश्वरले सुन्नुहुन्न।

13 “कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन।
    तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ।
    तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।
14 हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ।
    अनि रातमा त्यो चोर हुन्छ।
15 एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ।
    उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’
    तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।
16 जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन,
अनि मानिसहरूको घरहरू फोर्छन्।
    तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ
    अनि प्रकाशलाई मन पराउँदैन।
17 ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो।
    हो, तिनीहरू डरलाग्दो अँध्यारो रात मन पराउँछन्।

18 “तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्।
    तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।
19 तिनीहरूको निम्ति हिउँदको हिउँबाट पानी आउँछ तर गरमको सुख्खा मौसमले सुकाइदिन्छ।
    अनि ती पापीहरू चिहानमा लगिन्छन्।
20 त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे।
    कीराहरू उसको प्रियसी हुन्छन् जसले शरीर खान्छन्।
मानिसहरूले उसलाई सम्झने छैनन्।
    त्यो दुष्ट मानिस कुहेको लट्ठी जस्तै भाँचिएको छ।
21 दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन्।
    अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
22 दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्।
    दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।
23 दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्।
    उसले आफैंमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।
24 नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन।
    तिनीहरू बाली काटे जस्तै काटिन्छन्।

25 “म कसम खान्छु कि ती कुराहरू सत्य हुन्।
    कसले प्रमाणित गर्ला मैले ढाँटे भनेर?
    कसले देखाउन सक्छ म गल्ती छु भनेर?”

बिल्ददले अय्यूबलाई जवाफ दिंदछ

25 तब शुहबाट आएका बिल्ददले जवाफ दिएः

“परमेश्वर शासक हुनु हुन्छ।
    उहाँले मानिसहरूलाई त्रासित पार्नुहुन्छ र तिनीहरूले उहाँलाई आदर गर्छन्।
    उहाँले माथि आफ्नो स्वर्गिय राज्यमा शान्ति कायम राख्नु हुन्छ।
परमेश्वरले सबै मानिसहरूको निम्ति सूर्य उदय गराउनु हुन्छ।
    कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिँदैन।
    कुनै पनि मानिस कहिल्यै साँच्चो शिद्ध हुन सक्तैन।
परमेश्वरको दृष्टिमा, जुन पनि शुद्ध र चम्किलो छैन,
    अनि ताराहरू पनि शुद्ध छैनन्।
मानिसहरू कम्ती नै शुद्ध हुन्छन्,
मानिसहरू कीराहरू जस्ता हुन,
    मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”

अय्यूबले बिल्ददलाई जवाफ दिंदछ

26 तब अय्यूबले जवाफ दिएः

“बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ।
    के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई,
    जसको बहुबलमा केही शक्ति छोडिएको छैन त्यसलाई बचाएका छौ?
तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन।
    के तिमीले धेरै अर्न्तज्ञान हासिल गरेकाछौ भनी सोच्छौ?
कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो?
    कसको आत्माले तिमीलाई उत्साह प्रदान गर्यो?

“मरेकाहरूका आत्माहरू
    डरले पृथ्वी मुनि पनि काम्दछ।
तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ।
    मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन।
परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो।
    परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो।
परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ।
    तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न।
परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ।
    उहाँले आफ्नो बादलहरू त्यसतर्फ फैलाउनु हुन्छ अनि त्यस माथि लुकाउनु हुन्छ।
10 जहाँ अँध्यारो र उज्यालोको सङ्गम हुन्छ
    त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो।
11 आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ
    जब परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ।
12 परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ।
    परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।
13 परमेश्वरको स्वासले आकाश सफा हुन्छ।
    परमेश्वरको हातले भाग्न तयार भएका सर्पलाई नाश गरिदिनु हुन्छ।
14 यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन।
हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छौं।
    परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर,
    कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”

27 तब अय्यूबले आफ्नो उत्तर भनि रह्यो:

“परमेश्वर जीवित हुनु भए झैं, कसले मबाट न्याय खोसेको छ!
    सर्वशक्तिमान परमेश्वर,
जसले मेरो जीनव तिक्त बनाउनु भयो,
तर जबसम्म जीवन म भित्र रहन्छ
    अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ।
तब मेरो ओठहरूले परमेश्वरको विषयमा गल्ती कुराहरू भन्नेछैन,
    अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण कामहरू गर्न सक्तैन।
म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी
    म नमरूञ्ञेलसम्म लगातार भनी रहने छु कि म निर्दोष छु।
मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु
म ठीकसँग बाच्नँलाई कहिल्यै चुक्ने छैन।
    जबसम्म म बाँच्दछु मेरो चेतनाले मलाई कहिल्यै सताउने छैन।
मेरो शत्रुहरू दुष्ट मानिसहरूले जस्तै सजाय पाउन्।
    जो मानिस मेरो विरोधमा उठ्छ, त्यसको मृत्यु खराब मानिसको जस्तै होस्।
जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन।
    जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।
त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ।
    तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।
10 त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसँग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो।
    त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो।

11 “म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु।
    म सर्वशक्तिमान परमेश्वरको योजनाहरूलाई लुकाउने छैन।
12 तिमीहरूले परमेश्वरको शक्ति आफ्नैं आँखाले देख्यौ।
    यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौ?

13 “परमेश्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो।
    सर्वशक्तिमान परमेश्वरबाट यस्तै पाइन्छ।
14 दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ।
    दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।
15 उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन्
    अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।
16 दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउनँ सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ।
    उसले धेरै लुगाहरू पाउन सक्ला तर त्यो उसको लागि माटोको थुप्रो बराबर हुनेछ।
17 तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ
    अनि निर्दोष मानिसहरूले त्यो चाँदी पाउने छन्।
18 दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन।
    त्यो माकुराको जालो जस्तो हुने छ अथवा प्रहरीको तम्बु जस्तो हुनेछ।
19 दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ।
    तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएको हुनेछन्।
20 ऊ भयभीत हुनेछ, यो बाढी बतास आए जस्तो हुनेछ,
अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ।
हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ,
    अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ।
21 पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि ऊ सदालाई जाने छ,
    बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।
22 दुष्ट मानिस बतासको शक्तिबाट भाग्ने कोशिश गर्ला
    तर निर्दयी तूफान ऊमाथि आइलाग्नेछ।
23 जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्।
    जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।”

2 कोरिन्थी 1:12-2:11

पावलको योजनामा परिवर्तन

12 यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँच्चो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन। 13 हामी तिमीहरूलाई तिनै कुराहरू मात्र लेख्छौं जुन तिमीहरूले सम्पूर्ण रूपले पढ्न र बुझ्न सक्छौ। अनि म आशा गर्छु तिमीहरूले पुरै बुझ्नेछौ। 14 तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौ। त्यो दिन जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौ, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौ।

15 म यी कुराहरूमा ढुक्क थिएँ। त्यसैले मैले पहिले तिमीहरूकहाँ आउने योजना बनाएँ। तब तिमीहरूले दुइ पल्ट आशीर्वाद पाउने थियौ। 16 म्यासिडोनिया जाँदा मैले तिमीहरूलाई भेट्न सोचेको थिएँ। अझ फर्कंदा पनि तिमीहरूलाई भेट्ने योजना थियो। मैले आफ्नो यहूदिया यात्रामा तिमीहरूबाट सहायता लिन सोचेको थिएँ। 17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।

18 तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन। 19 परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सधैँ “हो” हो। 20 परमेश्वरका जम्मै प्रतिज्ञाहरू ख्रीष्टमा यो सधैँ “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं। 21 अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ। 22 हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

23 म तिमीहरूलाई यो भन्छु अनि यो साँच्चो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस् भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्ति दिन वा तिमीहरूको चित्त दुःखाउनु चाहन्नथें। 24 मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्न चाहन्छौ। तिमीहरू विश्वासमा दृढ छौ। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं।

यसैले, मैले निश्चय गरें कि मेरो अर्को भ्रमणले तिमीहरू दुःखी हुनु पर्दैन। मैले तिमीहरूलाई दुःखीत बनाएँ भने कसले मलाई खुशीयाली दिन्छ? केवल तिमीहरूले मात्र मलाई खुशी पार्न सक्छौ जसलाई मैले दुःखीत बनाएँ। यही कारणले मैले तिमीहरूलाई पत्र लेखें जब म भ्रमणमा आएँ जसले मलाई खुशी बनाउँछन् तिनीहरूबाट म दुःखी हुनु पर्दैन। तिमीहरूको विषयमा बेफिक्री छु। म पक्का विश्वासमा छु कि तिमीहरू मेरो प्रसन्नतालाई आफ्नो प्रसन्न सम्झन्छौ। अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुःखीत थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुःखीत तुल्याउनु लेखेको थिइनँ। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ।

भुल गर्नेलाई क्षमा देऊ

तिमीहरूलाई मण्डलीमा कसैले दुःखीत पार्यो। उसले मलाई दुःखीत बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ। तिमीहरूका मण्डलीबाट धेरैले उसलाई जो दण्ड दिए उसको लागि मनग्गे छ। तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हरेस खानुबाट जोगाउँछ। यसककारण म विन्ती गर्छु कि तिमीले उसलाई तिम्रो प्रेम देखाऊ। यसैले मैले तिमीहरूलाई यो लेखेको हुँ। हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँच्न र हेर्न म चाहन्थें। 10 कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिम्रोलागि दिएँ। 11 शैतानले हामीबाट केही नखोसोस भनेर मैले त्योसो गरेको हुँ। शैतानको के-के योजनाहरू छन् त्यो हामी राम्ररी जान्दछौं।

भजनसंग्रह 41

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ,
    त्यसैले धेरै आशीर्वादहरू पाउनेछ।
    जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।
परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ।
    त्यो मानिस पृथ्वीमा धन्य हुनेछ।
    परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा नष्ट हुन दिनु हुनेछैन।
जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ।
    त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।

मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्।
    मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।”
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे।
    तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”
मानिसहरू मलाई हेर्न आउँछन्।
    तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्।
तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्,
    अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।
मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्।
    तिनीहरूले मेरो विरूद्ध षड्‌यन्त्रहरू गरिरहेछन्।
तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो
    त्यसैले गर्दा ऊ बिमारी भयो।
    हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।”
मेरो प्रिय साथीले मसँगै खायो, जसलाई म भरोसा गर्थें।
    तर अहिले, ऊ मेरो बिरोधी भएकोछ।
10 यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्।
    मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुक्ता गर्नेछु।
11 हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्।
    तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।
12 म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो।
    तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।

13 परमप्रभु, इस्राएल का परमेश्वर धन्यको हुनुहुन्छ।
    उहाँ सधैँ हुनुहुन्थ्यो, अनि उहाँ सधैँ हुनुहुनेछ।

आमेन, आमेन।

हितोपदेश 22:5-6

दुष्ट मानिस नाना थरीका फन्दामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ।

नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International