Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
एज्रा 7:1-8:20

एज्रा यरूशलेमा आए

फारसका राजा आर्टा-जारसेजको को शासनकालमा, यी कुराहरू पछि एज्रा बाबेलबाट यरूशलेममा आए। एज्रा सरायाहका छोरा, अजर्याहका छोरा, हिल्कियाहका छोरा। हिल्किया शल्लूमका छोरा, शल्लूम सादोकका छोरा, सादोक। अहीतूबका छोरा, अहीतूब अमर्याहका छोरा, अमर्याह, अजर्याहका छोरा, अजर्याह मरायोतका छोरा। मरायोत, जरहियाहका छोरा, जरहियाह उज्जीका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हारूनका छोरा थिए।

एज्रा बाबेलबाट यरूशलेम आए अनि तिनी मोशाको व्यवस्थाको विषयमा राम्रो ज्ञान भएका शिक्षक[a] थिए। जो परमप्रभु इस्राएलका परमेश्वरले इस्राएललाई दिनु भएको थियो। अनि राजाले एज्रालाई उसले चाहेका हरेक बस्तु दिए किनकि परमप्रभु उसका परमेश्वरले उसलाई सहायता गर्दै थिए। इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू। राजा आर्ट-जारसेजको शासनको सातौं बर्षमा यरूशलेम सम्म आए। उनी यरूशलेममा राजाको सातौं बर्षको पाँचौं महिनामा आए किनभने उनले पहिलो महिनाको पहिलो दिनमा मा नै बाबेल छाडे अनि पाँचौ महिनाको पहिलो दिनमा यरूशलेम आए किनभने उनलाई उनका परमेश्वरले सहायता गर्दै थिए। 10 किनकि एज्राले स्वयंलाई परमप्रभुको शिक्षाको अध्यायन गर्नमा अनि त्यसलाई व्यवहारमा प्रयोग गर्नमा इस्राएलमा त्यसका सम्बन्धि अध्यादेशहरू अनि कानून सिकाउनमा आफूलाई समर्पण गरेका थिए।

राजा आर्ट-जारसेजले एज्रालाई पत्र पठाए

11 यो पत्रको प्रतिलिपि हो, जो राजा आर्ट-जारसजले पूजाहारी लेखक अनि परमप्रभुबाट विधिका गूरू, एज्रा अनि उसका नियमहरू इस्राएललाई दिएका थिए।

12 राजा आर्ट-जारसेज बाट,

स्वर्गका परमेश्वरको व्यवस्थाका शिक्षक, पूजाहारी एज्रा प्रतिः

अभिवादन!

13 अब-म यो आदेश दिंदछु कि मेरो राज्यमा कोहि पनि इस्राएलका मानिसहरू वा तिनीहरूका पूजाहारीहरू वा लेवीहरू स्वेच्छाले तिमीसित यरूशलेममा जान चाहन्छन् भने जानसक्छन्।

14 म राजा अनि मेरा सातजना सल्लाहकारहरूले तिमीलाई यहूदा अनि यरूशलेममा पठाएका छौं। गएर हेर तिम्रा मानिसहरूले कसरि परमेश्वरको व्यावस्था पालन गरिरहेका छन्। जुन व्यावस्था तिमीसँग छ।

15 तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यरूशलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका छन् साथै यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका 16 स्वेच्छिक अर्पणहरू सहित बाबेल प्रदेश भरि तिमीले प्राप्त गर्न सकेका सुन र चाँदीहरू लानु।

17 त्यसकारण, तिमीले यो पैसाले निर्दिष्ट रूपमा साँढे, भेंडा, थुमाहरू अनि अन्नवलि एवं अर्घबलि किन्नु पर्छ, अनि तिमीले ती यरूशलेममा तिम्रो परमेश्वरको मन्दिरको बेदीमा अर्पण गर्नुपर्छ। 18 बाँकी रहेका सुन अनि चाँदीद्वारा तिम्रो परमेश्वर को इच्छा अनुसार तिमी अनि तिम्रा यहूदी भाइहरूका निम्ति के गर्दा राम्रो हुन्छ त्यही गर्न सक्ने छौ। 19 तिम्रा परमेश्वरकको उपासनाका निम्ति तिमीलाई प्रदान गरिएका भाँडा-वर्त्तनहरू तिमीले यरूशलेमको मन्दिरमा परमेश्वरको समक्ष राख्नुपर्छ। 20 अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिएका अन्य चीज-बीजहरू, जसको प्रबन्ध गर्ने जिम्मावारी तिम्रोहो तिमीले राज खजानाबाट प्रबन्ध गर्न सक्नेछौ।

21 म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिदंछु जो यूफ्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एज्राले जे भने पनि त्यसलाई पूर्ण परिश्रम सहित गर। 22 3,400 किलो ग्राम चाँदी, 250 मूरी गहुँ, 22,000 लीटर दाखरस 22,000 लीटर भद्राक्षेको तेल अनि चाहिएजती नुन समेत पूर्णरूपले तुरून्तै दिनु। 23 स्वर्गका परमेश्वरले गर्नु भएको जेसुकै आदेश पनि पूर्णरूपले तुरून्तै गर्नु। परमेश्वरको मन्दिरको निम्ति सम्पूर्ण परिश्रमले गर्नु जसमा कि परमेश्वरको क्रोध राजा अनि उनका छोराहरूका राज्य माथि पर्न नपरोस्।

24 हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन। 25 अनि एज्रा, तिमीसित भएका तिम्रा परमेश्वरका ज्ञान अनुसार तिमीले नदीपारीको प्रदेशका मानिसहरूको न्याय गर्न न्यायकर्त्ता अनि हाकिमहरूको नियुक्ति गर्नु जसले तिम्रो परमेश्वरको व्यवस्था जान्दछन्। अनि जसले जानदैनन्, तिनीहरूलाई तिमीले सिकाउने छौ। 26 जसले तिम्रा परमेश्वरका व्यवस्था अनि राजाका व्यवस्थाको पालन गर्देन त्यसमाथि मृत्यु वा देश निकाला वा जरिमाना कि त कारावास पूर्णरूपले पूर्ण परिश्रमद्वारा तुरून्तै न्याय गरियोस्।

एज्राबाट परमेश्वरको महिमा

27 परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर! उहाँले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए। 28 अनि उहाँले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उहाँको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि मसँग यरूशलेमसम्म जानका निम्ति इस्राएलका अगुवाहरूलाई एकत्रित गरें।

एज्रासँग फर्केर आउने अगुवाहरूको सूची

यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसँग बाबेलदे आएकाथिए।

पीनहासका कुलका; गेर्शोम, ईतामारका कुलबाट; दानियेल दाऊदका कुलबाटः हात्तूश;

शकन्याहका कुलबाट; परोश, जकर्याह, अनि तिनीसित सूची भएका 150 मानिसहरू थिए;

पहत-मोआबका कुलबाट; जरहियाहका छोरा एल्याहोएनै अनि तिनीसित 200 मानिसहरू;

जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनीसित 300 मानिसहरू।

आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनीसित 50 मानिसहरू।

एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनीसित 70 मानिसहरू।

शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

योआबका कुलबाटः यहीएलका छोरा ओबदिया अनि तिनीसित 218 मानिसहरू।

10 बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरू।

11 बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरू।

12 अज्गादका कुलबाटः हक्कातानका छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।

13 आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ: एलीपेलेत, यीएल र शमायाह तिनीसित 60 मानिसहरू थिए।

14 बैग्बै कुलबाटः उत्तै, जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।

यरूशलेमा फर्कीएका

15 मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौं। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिनँ। 16 यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अश्शूलाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुज्झकि मानिस थिए। 17 अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्। 18 किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू। 19 अनि शरेबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाइ र छोराहरू। 20 अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

1 कोरिन्थी 4

ख्रीष्टका प्रेरितहरू

हामीबारे मानिसहरूले के सम्झनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छौं। यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि ऊ त्यो विश्वासको योग्य छ। यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफैं पनि आफूलाई जाँच्दिन। मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ। यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।

दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैंलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ। तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?

तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ। तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। 10 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन। 11 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन। 12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं। 13 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिङ्गर र धर्तीको मैला जस्तो सम्झन्छन्।

14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु। 15 ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ। 16 यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु। 17 यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।

18 तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन। 19 तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्। 20 किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिदैन, तर शक्तिमा छ। 21 तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?

भजनसंग्रह 30

मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।

हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
    तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
    यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
    र मलाई निको पार्नु भयो।
तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
    मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।

हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
    उहाँको पवित्र नाउँको प्रशंसा गर!
परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
    तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
    अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!

जब म जोगिएँ र सुरक्षित भएँ,
    सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
    मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,
    म डराएँ र कामे।
यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें।
    मैले तपाईंलाई दयाको बिन्ती गरें।
मैले भने, “परमेश्वर के यदि म मरें,
    अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र?
    मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
    कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
    तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
    हे परमप्रभु, मलाई साथ दिनुहोस्!”

11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो
    र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
    अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।

हितोपदेश 20:28-30

28 यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।

29 एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो।

30 कुटाइले चोट पुर्याउँछ र खराबी हटाउँछ अनि मुक्काहरूले भित्रि जीवलाई सफा गर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International