Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GNT. Switch to the GNT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 1-3

असल मानिस अय्यूब

अय्यूब नाउँ भएको एकजना मानिस ऊज मुलुकका वासिन्दा थिए। अय्यूब एकजना असल र ईमान्दारी मानिस थिए। अय्यूबले परमेश्वरलाई आदर गर्थे र तिनी खराब कामहरूबाट पर सर्थे। अय्यूबका सात भाइ छोराहरू र तीन बहिनी छोरीहरू थिए। अय्यूबको आफ्नै 7,000 भेंडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।

अय्यूबका छोराहरूले पालैपालो गरेर आफ्ना घरहरूमा प्रितीभोजहरू दिने गर्थे, अनि तिनीहरूले आफ्ना बहिनीहरूलाई निमंत्रणा गर्थे। तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाँडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैंले सोच्थे, “हुनसक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैँ गर्ने गर्थे।

एक दिन स्वर्गदूतहरू[a] परमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतान[b] पनि थियो। परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”

शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिएँ।”

तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र ईमान्दार मानिस छ। ऊ परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैँ टाडो रहन्छन।”

शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ। 10 तपाईंले सधैँ उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेंडाका बथानहरू फैलिएका छन्। 11 तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”

12 परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस् गर। तर उसको शरीरलाई चोट नपुर्या।”

तब शैतान परमप्रभुदेखि टाढा गयो।

अय्यूबले सारा चीजहरू गुमाउँछ

13 एकदिन, अय्यूबका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खाँदै अनि दाखरस पिउँदै उत्सव मनाइरहेका थिए। 14 तब एकजना सन्देश-वाहक अय्यूबकहाँ आए र भने, “गोरूहरूले जोतिरहेका थिए र गधाहरूले छेउमा नै घाँस खाईरहेका थिए। 15 शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

16 त्यो सन्देश-वाहक बोलिरहेकै बेला अर्को सन्देश-वाहक अय्यूबकहाँ आई पुग्यो। त्यो दोस्रो सन्देश-वाहकले भन्यो, “आकाशबाट आएको चट्याङले तपाईंको सारा भेंडाहरू र नोकरहरू मार्यो। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

17 त्यो सन्देश-वाहक बोलिरहेको बेला अर्को सन्देश-वाहक आई पुग्यो। त्यो तेस्रो सन्देश-वाहकले भन्यो, “कल्दीहरूले तीन सैन्यदलहरू पठाए। तिनीहरूले हामीमाथि आक्रमण गरे अनि सारा ऊँटहरू लगे। तिनीहरूले नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

18 तेस्रो सन्देश-वाहक बोलिरहेकै बेला, अर्को सन्देश-वाहक त्यहाँ आई पुग्यो। त्यो चौथो सन्देश-वाहकले भन्यो, “तपाईंका जेठा छोरोको घरमा तपाईंका अन्य छोरा-छोरीहरूले खाइरहेका र दाखरस पिइरहेका थिए। 19 तब एक जोडदार हावा मरुभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

20 जब अय्यूबले ती सबै खबरहरू सुने आफ्नो दुःख र उदासीनता प्रकट गर्नका लागि उनले आफ्ना लुगाहरू च्याते अनि केश खौरिए। तब अय्यूब भूईंमा घोप्टो परेर परमेश्वरलाई दण्डवत गरे। 21 उनले भनेः

“जब म यस संसारमा जन्मको थिएँ,
    म नाङ्गै थिएँ अनि मसँग केही पनि थिएन।
जब म मर्छु अनि यो संसार छाडेर जान्छु,
    म नाङ्गै नै जानेछु अनि मसँग केही रहनेछैन।
परमप्रभुले दिनुभयो,
    अनि परमप्रभुले लानु भयो।
परमप्रभुको नाउँको प्रशंसा होस्।”

22 ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।

शैतानले अय्यूबलाई फेरि सतायो

अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो।

परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”

शैतानले जवाफ दियो, “म पृथ्वी वरिपरि घुमरहेको थिएँ।”

तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई कतै देखिस्? अय्यूब जस्तो यस पृथ्वीमा अन्य कोही मानिस छैन। अय्यूब एक असल र ईमान्दारी मानिस हो। उसले परमेश्वरको आराधना गर्दछ र नराम्रा कुराहरू गर्न देखि टाढा बस्छ। तैंले मलाई उसित भएको प्रत्येक चीज कुनै कारण बिनै ध्वंश पार्ने सुझाव दिएता पनि अझ उसले सही काम नै गर्छ।”

शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई! एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ। यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।”

यसकारण परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूब तिम्रो अधीनमा छ। तर उसलाई मार्ने अनुमति भने तँलाई छैन।”

तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो। यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले। अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति ईमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!”

10 अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले सङ्कटहरू पनि ग्रहण गर्नुपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरूद्ध बोलेनन्।

अय्यूबका तीनजना साथीहरू उनलाई भेट्न आउँदछन्

11 अय्यूबका तीनजना साथीहरू थिए। तेमानीका एलीपज, बिल्ददबाट शुही अनि नमातीबाट सोपर। ती तीनजना साथीहरूले अय्यूबमाथि जो आपतहरू घटेका थिए ती सबै सुने। तिनीहरूले आफ्ना घरहरू छाडे अनि एक-अर्कालाई भेटे। आफ्ना सहानुभूति देखाउनु र सान्त्वना दिनका लागि अय्यूबलाई तिनीहरूले एक साथ भेट्न राजी भए। 12 जब तिनीहरूले अय्यूबलाई टाढाबाट देखे, तिनी अय्यूब नै थिए भन्ने निश्चय भएन तिनी अर्कै देखिन्थे। तिनीहरू चिच्याउँदै रून थाले। आफ्ना दुःख र उदासीनता देखाउनका लागि तिनीहरूले आफ्ना लुगाहरू च्याते, धूलोमैलो टाउकोमाथि हावामा उडाए। 13 तब ती तीनजना साथीहरू अय्यूबसँग सात दिन सात रातसम्म भूईंमा बसे। तिनीहरू कसैले पनि अय्यूबलाई एक शब्द पनि भनेनन् किनभने तिनीहरूले अय्यूबलाई सही नसक्ने पीडाले ग्रस्त पारेको बुझे।

आफू जन्मेको दिनलाई अय्यूबले सराप्छ

तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे। उनले भनें,

“म जन्मेको जुन दिन थियो त्यो सधैँको लागि लोप होस्
    अनि जुन रात तिनीहरूले मलाई ‘त्यो केटो हो?’
    भने त्यो रात पनि हराओस् भन्ने म कामना गर्छु।
म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु।
    परमेश्वरले त्यो दिन भुलुन् भन्ने कामना राख्दछु।
    त्यो दिनमा प्रकाश नपरोस् भन्ने कामना गर्दछु।
म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्।
बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु।
    म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसँग पारिदिन सकोस्।
निष्पट्ट अन्धकारले त्यो रात राखोस्।
    त्यो रातले त्यस बर्षको पञ्चाङ्गमा जग्गा नपाओस्।
    त्यो रात कुनै पनि महीनामा नपारियोस्।
त्यो रात रित्तो रहोस्।
    कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।
कतिपय जादुवालाहरूले सधैँ लिब्यातनलाई[c] जगाउनु चेष्टा गरिरहेका छन।
    यसकारण तिनीहरूका श्रापहरू तिनीहरूलाई भन्न देऊ
    अनि म जन्मेको दिनलाई श्रापित पारिदेऊ।
त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्।
    त्यो रातले बिहानलाई पर्खिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नपाओस्।
    यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्।
10 किनभने त्यस रातले म जन्मनु मलाई रोकेन।
    त्यो रातले ती दुःख सङ्कटहरू हेर्न मलाई रोकेन।
11 म जन्मदा नै किन मरिन?
    किन म गर्भमा नै तुइनँ?
12 किन मेरी आमाले मलाई घुँडामाथि राखिन्?
    किन मेरी आमाले मलाई दूध खुवाइन्?
13 यदि म जन्मेकै दिन मरेको भए
    म अहिले विश्राममा हुने थिएँ।
म गहन निद्रामा परेको हुन्थें।
14     आरामसँग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसँग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए।
    ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ।
15 म ती शासकहरूसँगै दफनाइयोस्
    जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए।
16 किन म आमाको गर्भमा नै तुइनँ?
    म त्यस्तो बालक हुन चाहन्थें
जसले दिनको उज्यालो नै देख्न पाएन।
17 दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्।
    अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।
18 कैदीहरूलेसम्म मोक्षा पाउँछन्,
    तिनीहरूले आफ्ना पालेहरूका चित्कारहरू सुन्ने छैनन्।
19 सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधरण मानिसहरू
    अनि दास पनि आफ्नो मालिकबाट मुक्त हुन्छन्।

20 “किन पीडित मानिसहरू मात्र सधैँ बाँच्नै पर्छ?
    जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?
21 त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन।
    त्यस दुःखी मानिसले मृत्युलाई गाडधन भन्दा पनि ज्यादा खोज्छ।
22 ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्।
    ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्।
23 तर परमेश्वरले तिनीहरूका भविष्यलाई गुप्त राख्नुहुन्छ
    अनि तिनीहरूका सुरक्षाका निम्ति चारैतिर पर्खालहरू निर्माण गर्नुहुन्छ।
24 जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु।
    मेरा गुनासोहरू पानी झैं बग्छन्।
25 जुन कुराहरूसित म डराउँथें मलाई त्यही भयो,
    अनि जेसित म अति डराउथें त्यही ममाथि पर्यो।
26 म चुप लाग्न सक्तिनँ।
म विश्राम लिन सक्तिनँ।
    म शान्त रहन सक्तिन मेरो सन्तापले मलाई छोपि रहन्छ।”

1 कोरिन्थी 14:1-17

आत्मिक वरदानहरूलाई मण्डलीको मद्दतमा लगाऊ

14 प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान। किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर ऊ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। ऊ आत्माद्वारा गुप्ती सत्य बोल्छ। तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ। जसले अन्य भाषामा बोल्छ आफूलाई मात्र मद्दत गरिहेको हुन्छ। तर जसले अगमवाणी बोल्छ उसले सारा मण्डलीलाई मद्दत पुरयाइरहेको हुन्छ।

म तिमीहरू सबैलाई विभिन्न भाषा बोल्ने वरदान मिलोस् भन्ने चाहन्छु। तर अझै, म तिमीहरूले अगमवाणी गर्नु पर्छ भन्ने चहान्छु। विभिन्न भाषाहरूमा बोल्न सक्ने भन्दा जसले अगमवाणी गर्छ त्यो ठूलो हो। तर ती भाषाहरूको उल्था पनि गर्न सक्ने भए त्यो विभिन्न भाषाहरूमा बोल्ने पनि अगमवाणी गर्ने जत्तिकै हो। त्यसो हो भने उसले जे भन्छ त्यसबाट मण्डली पनि उपकृत हुन्छ। दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाईदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ। त्यो खाली निर्जीव चीजहरूबाट निकालेको आवाज जस्तो मात्र हुनेछ, बाँसूरी अथवा साराङ्गी। यदि सँगीतको आवाज स्पष्ट छैन भने के गीत बाजाइँदैछ तिमीहरूले बुझ्ने छैनौं। गीत बुझ्नुको लागि प्रत्येक आवाज स्पष्ट हुनु पर्छ। युद्धमा यदि तुरहीले स्पष्ट स्वर निकालेन भने युद्धको लागि को तयार हुनेछ?

तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौ भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ। 10 त्यो साँच्चो हो, संसारमा घेरै किसिमका भाषाहरू छन् अनि ती सबै अर्थ हुन्छन्। 11 यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म संझन्छु उसले विदेशी कुरा गर्दैछ र उसले मलाई विदेशी संझन्छ। 12 तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।

13 यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्। 14 यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन। 15 तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नेछु र मेरो मनले पनि प्रार्थना गर्नेछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ। 16 तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन। 17 परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन।

भजनसंग्रह 37:12-29

12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्।
    ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ।
    उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्।
    ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्।
    ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
15 तर तिनीहरूको धनुहरू भाँचिने छन्
    र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
16 दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा,
    कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
17 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
    तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
18 परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ,
    तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।
19 जब सङ्कटहरू आउँछन्,
    धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्।
अनिकालको समयमा पनि
    धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।
20 तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्,
    अनि तिनीहरू नष्ट हुने नै छन्।
तिनीहरूका घाँटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्।
    तिनीहरू सबै नाश हुनेछन्।
21 दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्,
    तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्।
22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्।
    तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।
    परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,
    र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25 म जावन थिएँ तर अब वृद्ध भएको छु,
    तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन।
    मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्
    अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने
    तिमी सँघै बाँच्ने छौ।
28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,
    उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ
    तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्।
    तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।

हितोपदेश 21:25-26

25 एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।

26 लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International