Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 16-19

अय्यूबले एलीपजलाई जवाफ दिंदछ

16 तब अय्यूबले जवाफ दिए,

“मैले पहिलाबाट यी कुराहरू सुनेको हुँ।
    तिमीहरू तीनजनाले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।
तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइनन्।
    किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ?
तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें
    यदि तिमीहरूसँग मेरो जस्तै सङ्कटहरू भए।
म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थें
    अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।
तर म तिमीलाई उत्साह दिउँला,
अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।

“मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन,
    तर चुपचाप बसिरहनु पनि लाभ छैन।
हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो।
    तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो,
    अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।

“परमेश्वर क्रोधित हुनुभयो,
    अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो।
मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो।
    अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।
10 मानिसहरूले मेरो वरिपरि थुप्रेर,
    तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।
11 परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो।
    मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो।
12 जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन
    अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन
तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो।
    तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो
र मलाई उहाँको तारोको रूपमा प्रयोग गर्नुभयो।
13     परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्।
    उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो।
उहाँले ममाथि दया देखाउनु भएन
    उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो।
14 घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ।
    उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दौड्नु हुन्छ।

15 “म अत्यन्त उदास छु,
    यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु।
म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु,
    अनि म पराजित भएको ठान्छु।
16 रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो।
    मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्।
17 मैले कसैलाई नोक्सान गरेको छैन।
तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो।
    मेरा प्रार्थनाहरू उचित र चोखा छन्।

18 “पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो।
    मेरो न्यायको पुकारलाई नरोक।
19 अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ।
    त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ।
20 मेरो साथीहरूले मलाई हप्काउँछ।
    मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।
21 तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि
    न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।

22 “केही बर्षमा म नफर्किने ठाउँमा जानेछु।
17 “मेरो आत्मा टुक्रियोः
    म त्याग्न तयार छु।
मेरो जीवन प्रायः बितिसक्यो,
    चिहानले मलाई पर्खिरहेछ।
मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि ममलाई देखेर हाँस्छन्।
    जब तिनीहरूले मलाई जिस्काउँछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु।

“हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ।
    अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।
तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो
    अनि तिनीहरूले बुझ्दैनन्।
    दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्।
तपाईंहरूलाई यो भनाई थाहा छ,
    ‘मानिसहरूले आफ्ना नानीहरूलाई भोक-भोकै राखी साथीलाई मद्दत गर्छन्।’
परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो।
    मानिसहरूले मेरो मुखमा थुक्छन्।
मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु।
    मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।
धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्।
    अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ।
तर ईमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्।
    विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।

10 “तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर।
    तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिनँ।
11 मेरो जीवन बितिरहेछ।
मेरो योजनाहरू नष्ट भइरहेछ।
    मेरो इच्छा मर्यो।
12 तर मेरो सारा मित्रहरू सालेमाले भए।
    तिनीहरू रातलाई दिन सोच्छन, तिनीहरू अन्ध्यारोले उज्यालो भगाउँछ भनेर सोच्छन्।

13 “म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला
    अँध्यारो चिहानमा मेरो ओछ्यान बनाउँने आशा गरौंला।
14 म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’
    अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी’ भन्न सक्छु।
15 तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्।
    यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउँनेछन्।
16 के मेरो आशा मसँगै मरेर मृतलोकमा जानेछ?
    के हामी साथ-साथै मैला धूलोमा सँगै जानेछौं?”

बिल्ददले अय्यूबलाई जवाफ दिंदछ

18 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः

“अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ?
    चुपलाग अनि सुन, हामीलाई केही भन्नदेऊ।
किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?
अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ।
    के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ?
    के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?

“हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ।
    उसको आगो जल्न छाड्नेछ।
उसको घरको प्रकाश अँध्यारो हुनेछ।
    उसको छेउको बत्ती पनि निभ्ने छ।
उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्।
    उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।
उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ
    उ पासोमाथि हिँडनेछ र फँस्नेछ।
पासोले उसको एढी पक्रने छ।
    पासोले उसलाई कस्सेर समात्ने छ।
10 भूईँमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ।
    पासोले उसको बाटो पर्खनेछ।
11 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ।
    त्रासले त्यसको बढ्दो प्रत्येक पाईलालाई पछ्याई रहेछ।
12 भोकले उसको शक्ति दुर्बल पार्छ।
    जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।
13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ।
    त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।
14 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ।
    उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।
15 उसले आफ्नो घरमा केही पनि छाडने छैन।
    किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।
16 उसको मुनिका जराहरू सुकेर जानेछन्
    अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।
17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्।
    कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।
18 मानिसहरूले उसलाई
    उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।
19 उसको न छोरा-छोरीहरू हुनेछ,
    न त नाति-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।
20 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ,
जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा,
    पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।
21 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ।
    त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”

अय्यूबले जवाफ दिंदछ

19 तब अय्यूबले जवाफ दिएः

“कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ
    अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?
तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ।
    ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?
यो मेरो समस्या हो।
    यदि मैले पाप गरें भने पनि त्यसले तिमीहरूलाई चोट पुर्याउँदैन।
तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ।
    तिमीहरूले मेरा सङ्कटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।
तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो।
    मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।
म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन।
    मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।
परमेश्वरले मेरो बाटो रोकि दिनु भयो।
यसकारण म बाटोबाट जान सक्तिन।
    उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।
परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो,
    उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।
10 परमेश्वरले म शेष नहोउन्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो।
    उहाँले मेरो आशा खोसेर लैजानु भयो
    जसरी जराहरूले रूखलाई तान्दछ।
11 परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो।
    उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।
12 परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो।
    तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए
    तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।

13 “परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो।
    म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।
14 मेरो आफन्तहरूले मलाई त्यागेर गए।
    मेरो मित्रहरूले मलाई बिर्से।
15 मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन्
    मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।
16 मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन।
    मैले उसित माफ माग्नु पर्छ।
17 मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे।
    मेरो आफ्नै दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।
18 साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्।
जब म तिनीहरूको छेउमा जाँदछु,
    तिनीहरूले म प्रति नराम्रा वचनहरू बोल्छन्।
19 मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्।
    जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।

20 “म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्।
    मसँग अब अलिकति मात्र प्राण छ।

21 “मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ।
    किनभने परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।
22 किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ?
    तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।

23 “म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु।
    म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।
24 म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस्,
    ताकि सदासर्वदा रहनेछन्।
25 म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ।
    अनि अन्तमा ऊ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।
26 म जान्दछु कि म मरे पछि
    अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।
27 म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु।
    म मात्रै परमेश्वरलाई देख्नेछु, अरू कसैले पनि परमेश्वरलाई देख्न सक्दैन।
    मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।

28 “हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ।
    हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’
29 तर तिमीहरू आफैं नै तरवारदेखि डराउनु पर्नेछ।
किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ।
    परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ।
    तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”

1 कोरिन्थी 16

अरू विश्वासीहरूकोलागी संग्रह

16 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन। जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु। अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्।

पावलको योजना

म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ। यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ। तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु। किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।

10 तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्। 11 यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।

12 अब हाम्रा भाइ अपोल्लोसको बारेमाः मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्।

पावल आफ्नो पत्र टुंग्याउँछन्

13 सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हौ र दृढ बन। 14 हरेक कुरो प्रेमपूर्वक गर।

15 तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखैयामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पेकाछन्। प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि 16 यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड।

17 स्तिफनस, फोर्टुनाटस, र अखाइकस आएकामा म हर्षित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्। 18 तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ।

19 एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्। 20 यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ।

21 पावलले यो मेरो शुभेच्छा, म आफ्नैं हातले लेख्दैछु।

22 जसले परमेश्वरलाई प्रेम गर्दैन, ऊ श्रापित होस्। हे प्रभु, आउनु होस्![a]

23 प्रभु येशूको अनुग्रह तिमीहरूसित रहोस्।

24 ख्रीष्ट येशूमा हुने तिमीहरू सबै प्रति मेरो प्रेम!

भजनसंग्रह 40:1-10

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो।
    उहाँले मेरा विलापहरू सुन्नुभयो।
परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।
    उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो।
उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो
    अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”
    धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,
अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।
    तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।
    यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
    तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
    म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।

परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
    तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
    तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
    जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
    म तपाईंको व्यवस्था जान्दछु।
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।
    अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,
    मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ।
परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्।
    मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ।

हितोपदेश 22:1

22 धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International