Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
नहेम्याह 1:1-3:14

नहेम्याहको प्रार्थना

यी नहेम्याह, हकल्याहका छोराका बचन हुन्; बीसौं बर्षको किसलेव[a] महीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शुशनमा[b] थिएँ। अनि मेरा एकजना भाइ हनानी केही अन्य मानिसहरू सहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें।

तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”

जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे। मैले भनें,

“परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।

“तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आखाँहरू उघारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकाछौं। हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौं अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ।

“तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, ‘यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु। तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।’

10 “ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो। 11 हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।”

म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।

राजाले नहेम्याहलाई यरूशलेममा पठाउनु भयो

बीसौं बर्षको नीशान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिएँ अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइनँ। यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराम्रो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरू केही पनि होइन।”

तब म अत्यन्तै डराएँ। मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”

तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।”

तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें र राजालाई भनें, “यदि राजालाई खुशी लाग्छ भने तथा यदि तपाईंको सेवकले तपाईंलाई खुशी तुल्याएको भए मलाई यहूदामा पठाइदिनु होस् जहाँ मेरो पिता-पुर्खाहरू गाडिएकाछन्। म त्यसको पुनःर्निर्माण गर्नसकुँ।”

तब राजाले उनको छेउमा बसेकी रानी साथ मलाई भन्नुभयो, “तिम्रो यात्रा कति लामो हुन्छ अनि तिमी कहिले फर्कन्छौ?”

यसर्थ मलाई पठाउन राजा खुशी हुनु भयो, जब मैले उनलाई कतिलामो समयको निम्ति म जान्छु सो बताएँ। तब मैले राजालाई भनें, “यदि यसले राजालाई खुशी पार्छ भने यूफ्रेटिस नदी पश्चिमका राज्यपालहरूलाई सम्बोधित पत्रहरू मलाई दिइयोस्, ताकि तिनीहरूले मलाई यहूदा नपुगुन्जेल नदी पारी सम्म जान दिनेछन्। अनि राजाको जङ्गलका रक्षक असापलाई दिने असापको ठेगाना भएको पत्र मलाई दिइयोस्, जसद्वारा उसले मलाई मन्दिरको किल्लाका द्वाराहरू, शहरका पर्खालहरू। अनि मेरो घर बनाउनका निम्ति काठहरू दिनेछन्।”

अनि राजाले मलाई मैले जे मागेको थिएँ दिनु भयो किनभने परमेश्वर म प्रति दयालू हुनु हुन्थ्यो।

यसकारण म यूफ्रेटिस नदी पश्चिमका राज्यपाल कहाँ गएँ, अनि तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथ सैनिक अधिकारीहरू अनि घोडसवारहरू पठाउनु भएको थियो। 10 जब होरोनीको सम्बलत अनि अम्मोनी अधिकारी तोबियाहले यस बारेमा सुने, तिनीहरू दुःखी भए र रिसाए किन भने तिनीहरूले सोचे इस्राएलीहरूलाई सहायता गर्न कोहि आएकोछ।

नहेम्याहले यरूशलेमको पर्खाल पत्ता लगाए

11-12 यसकारण म यरूशलेममा आएँ अनि तीन दिन म त्यहाँ थिएँ। त्यसपछि केही मानिसहरू सित म राती हिँडे। मेरो परमेश्वरले मेरो हृदयमा यरूशलेमको निम्ती गर्नु पर्ने जे कुरा हाल्नु हुँदैछ त्यो मैले कसैलाई भनेको थिइन। म चढिरहेको पशुबाहेक कुनै पशुहरू मसित थिएनन्। 13 राती म बेंसीद्वार अनि अजीङ्गरे कुवा सामुन्ने भएर घुर्याने-मूल ढोका सामुन्ने गएँ अनि म यरूशलेमको भत्किएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ। 14 त्यस पछि म फोहोरा-मूल ढोका अनि राजाको पोखरीमा गएँ तर म चढिरहेको पशु पार भएर जाने ठाउँ थिएन। 15 यसकारण म बेंसी भएर राती गएँ, अनि मैले पर्खाल हेरिरहेको थिएँ म फर्किएर बेंसीको द्वार भित्र पसें अनि त्यही बाटो फर्कें। 16 अधिकारीहरूलाई थाहा भएन म कहाँ गएको थिएँ वा मैले के गर्दै थिएँ, मैले अझसम्म यहूदीहरू, महा-पूजाहारीहरू अथवा बाँकीरहेका अधिकारीहरू जो काम गरिरहेका थिए कसैलाई भनेको थिइनँ।

17 तब मैले तिनीहरूलाई भने, “तिमीहरूले हामीहरूमा परेको कष्ट हेर यरूशलेम कस्तो ध्वंशावशेषमा छ अनि यसका ढोकाहरू आगोद्वारा जलेका छन्। आऊ, हामी यरूशलेमको पर्खालको पुनःनिर्माण गरौं, जसमा कि हामी अझ अपमान बेइज्जतको बस्तु रहने छैनौं।”

18 मैले तिनीहरूलाई भनें, कसरी मेरो निम्ति परमेश्वर दयालु हुनभयो। अनि राजाले मलाई के भन्नु भएको थियो। तब तिनीहरूले भने, “हामी पुनःनिर्माण शुरू गरौं।” यसरी यो महान कार्यको तयारीको निम्ति तिनीहरूले स्वयंलाई उत्साहित तुल्याए। 19 जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?”

20 मैले तिनीहरूलाई भनें “स्वर्गका परमेश्वरले हामीलाई सफलता प्रदान गर्नुहुनेछ। हामी उहाँका सेवकहरू पुनःर्निर्माण शुरूगर्नेछौ, तर तिमीहरूको भाग, (कानूनी) अधिकार वा सनातनी दाबी[c] यरूशलेम माथि छैन।”

पर्खाल बनाउने कर्मचारीहरू

एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेंडा-ढोका[d] फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले यसको हन्मेआ बुर्जा देखी हननेलको बुर्जा सम्म समर्पण गरे।

यरीहोका मानिसहरूले पर्खालको अर्को भाग उसको छेउमा बनाए, अनि इम्रीका छोरा जक्कूरले तिनीहरू छेउको पर्खालको अर्को भाग बनाए।

हस्सनाका छोराहरूले माछा ढोका बनाए। तिनीहरूले त्यसका बीमहरू बनाए अनि त्यसका ढोकामा चुकुलहरू अनि बारहरू लगाए।

तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे।

तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे।

अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।

तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।

पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लमले पूरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए।

तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनोती यादानले गिबोनका मानिसहरू अनि नदी यूफ्रेटिस प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिस्पाका मानिसहरू सहित मर्मत गरे।

उसको छेउमा सुनार[e] हर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौंडा पर्खालको भाग पुनःर्निर्माण गरे।

तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।

10 तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हत्तूशले मर्मत गरे। 11 हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मश्शूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।

12 तिनको छेउमा हल्लोहेशका छोराले शल्लूम यरूशलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।

13 हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।

14 रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।

1 कोरिन्थी 7:1-24

विवाहको विषयमा

अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो। तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ। पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ। आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ। एकार्काको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बनधबाट अलग बस्न सहमत हौ। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिम्रो कमजोरीद्वारा आर्कषण गराउन सक्तैन। केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान। म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको।

अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो। तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।

10 अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस् 11 तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त ऊ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।

12 अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्। 13 अनि ख्रीष्टमा एक स्त्रीको अविश्वासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्। 14 एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्छे। यसो नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।

15 तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्। 16 परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।

परमेश्वरले भन्नु भए जस्तै बाँच

17 जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा ऊ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु। 18 यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन। 19 मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो। 20 प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो। 21 परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर। 22 परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने ऊ प्रभुमा मुक्त हुन्छ अनि ऊ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि ऊ मुक्त थियो भने ऊ ख्रीष्टमा कमारा हुन्छ। 23 तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन। 24 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।

भजनसंग्रह 31:19-24

19 हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ।
    तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ
    जसले तपाईंलाई विश्वास गर्छन्।
20 धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्।
ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्।
    तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ।
    तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।
21 परमप्रभुको स्तुति होस्!
जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए,
    आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो।
22 म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु,
    जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न।
तर मैले तपाईंलाई प्रार्थना गरें,
    अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”

23 हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ!
    परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्।
तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्।
    उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
24 बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।

हितोपदेश 21:4

घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन दीपको सलेदोको काम गर्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International