Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GNT. Switch to the GNT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
नहेम्याह 9:22-10:39

22 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो।
    तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो।
तिनीहरूले हेशबोनका राजा सीहोनको देश
    अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।
23 तपाईंले तिनीहरूका सन्तानहरूलाई
    आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो।
तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो
    जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई
    प्रवेश गर्ने, अधिकारदिनु भएको थियो।
24 केटा-केटीहरू प्रवेश गरे
र त्यो भूमि अधिकारमा लिए।
    अनि तपाईंले तिनीहरू समक्ष
त्यस भूमिका कनानीहरूलाई
    परास्त गर्नुभयो।
25 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो,
    तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी।
तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए।
    तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी
अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए।
    यसरी तिनीहरूले पेट भरून्जेल खाए र मोटाभए
तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।
26 तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे
    अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके,
    तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे
जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति
    तिनीहरूलाई चेतावनी दिएका थिए।
    तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।
27 यसर्थ तिनीहरूलाई तपाईंले
    उनीहरूको शत्रुहरूलाई सुम्पि दिनुभयो।
अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए,
    तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे
अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो।
    तपाईंको महान कृपाको कारण
    तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।
28 जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए।
    तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकार पाउन साथ
फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो।
यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो।
    जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गरून् भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे।
तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो
    अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।
29 तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई
फर्काउनका निम्ति
    तपाईंले चेतावनी दिनुभयो।
    तर तिनीहरू अट्टेरी भए
र तपाईंका आदेशको पालन गरेनन्।
    तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे।
जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति
जीवन ल्याउँदछ।
    तिनीहरू ढीठ, अनिच्छुक
    अनि अनाज्ञाकारी बने।

30 “तपाईं धेरै बर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो,
    अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरूद्वारा
तपाईंको आत्माले चेतावनी दिनुभयो।
    तर तिनीहरूले सुनेनन्
यसर्थ तपाईंले तिनीहरूलाई
    विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।

31 “तर, तपाईंको महा-कृपाले गर्दा
    तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन,
अनि तपाईंले तिनीहरूलाई त्याग्नुभएन,
    किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।
32 अब, हे परमेश्वर, महान परमेश्वर,
    शक्तिशाली अनि भय योग्य परमेश्वर,
जसले उहाँका करार प्रेममय विश्वाससँग पालन गर्नुहुन्छ,
    हाम्रो कष्टहरूलाई साधारण नसम्झनु
त्यो कठिनाई हामीमाथि आएको थियो,
    हाम्रा राजाहरूले,
हाम्रा पूजाहारीहरूले,
    हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले
    तपाईंका सम्पूर्ण मानिसहरूले
अश्शूरका राजाहरूको समय देखि लिएर
    आज सम्म सहे।
33 हामी माथि घटेका
    समस्त घटना प्रति
तपाईं न्याय हुनु भएकोछ
    यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।
34 हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू
    अनि हाम्रा पुर्खाहरूले तपाईंको व्यवस्थाको पालन गरेनन्।
    अनि तिनीहरूले तपाईंका आदेश र तपाईंले दिनु भएको चेतावनी प्रति ध्यान दिएनन्।
35 तिनीहरू आफ्नै देशमा हुँदा पनि,
    तपाईंले दिनुभएको महान समृद्धिमा आनन्द भोग गरिरहँदा पनि,
    तपाईंले तिनीहरूलाई दिनुभएको पूरा मलिलो भूमिमा हुँदा पनि
तपाईंको सेवा गरेनन्,
    अनि आफ्ना कु-कर्मबाट फर्केनन्।
36 हेर्नुहोस, हामी आज दास छौं हो,
हामी त्यस भूमिमा दासछौं
    जो तपाईंले हाम्रा पुर्खाहरूलाई
    त्यसका फलहरू अनि असल कुराहरू
    खान भनी प्रदान गर्नु भएको थियो।
37 भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ
    जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो।
तिनीहरूले हाम्रो शरीरहरू
    अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे,
    अनि हामीहरू ठूलो कष्टमा पारिरहेका छौं।
38 यी सबै हुँदा हुँदै पनि
    हामी लिखित रूपमा बाचा बाँध्छौं।”

10 अनि मोहर लाएको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए:

लेवीहरू र हाम्रा पूजाहारी हकल्याहका छोरा राज्यपाल नहेम्याह सिदूकियाह, सारयाह, अजर्याह, यिर्मयाह, पशहूर, अमयाह, मल्कियाह, हत्तूश, शबन्याह, भल्लूह, हारीम, मरेमोत, ओबदियाह। दानियल, गिन्नतोन, बारूक, मशुल्लाम, अजर्याह मियामीन, माज्याह, बिल्गै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ।

यी लेवीहरू थिए, जसले यसमा हस्ताक्षर गरेः

अजन्याहका छोरा येशूअ, हेनाददको छोरा-छोरीहरू बिन्नूइ, कदमीएल, 10 अनि तिनीहरूका सँगी लेवीहरूः शबन्याह, होदियाह, कलीता, पलायाह, हानान, 11 मीका, रहोब, हशब्याह, 12 जक्कूर, शेरेब्याह, शबन्याह, 13 होदियाह, बानी अनि बनीनू।

14 यी मानिसहरूका अगुवाहरू हुन् जसले सन्धी हस्ताक्षर गरेः

परोश, पहत-मोआब, एलाम, जत्तू, बानी, 15 बन्नी, अज्गाद, बवै, 16 अदोनियाह, बिग्बै, आदीन, 17 आतेर, हिज्कियाह, अज्जूर, 18 होदियाह, हाशूम, बेसै, 19 हारीत, अनातोत, नोबै, 20 मग्पीआश, मशुल्लाम, हेजीर, 21 मशेजबेल, सादोक, यद्‌दु, 22 पलत्याह, हानान, अनायाह, 23 होशे, हनन्याह, हश्शूब, 24 हल्लोहेश, पिल्हा, शेबेक, 25 रहूम, हशब्ना, मासेयाह, 26 अहियाह, हानान, आनान। 27 मल्लूक, हारीम, अनि बाना।

28-29 बाँकीरहेका मानिसहरू, पूजाहारीहरू लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू, परमेश्वरको व्यवस्था पालन गर्नको निम्ति वरिपरि भूमिका मानिसहरू बाट स्वयंलाई पृथक गरेका मानिसहरू, तिनीहरूका पत्नी र छोरा-छोरीहरू, बुझ्न सक्ने सबै जना तिनीहरूका आफन्त, तिनीहरूका अगुवाहरूसँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।

30 “हामी वचन दिन्छौं कि यो मूमिमा हाम्रा छोरीहरूलाई पत्नीको रूपमा अन्य मानिसहरूलाई दिने छैनौं। अनि हामी तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका पत्नीको रूपमा लिने छैनौं।

31 “यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेच्नका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौ। हामी सातौं बर्षको बालीहरू त्याग गर्नेछौ। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि बस्तु फिर्ता दिने छौं।

32 “हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति बर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं। 33 त्यो पैंसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औंसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरू कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ।

34 “हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक बर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए।

35 “हामीहरूले पनि प्रत्येक बर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौ।

36 “व्यवस्थामा लेखे झैं हामी पनि हाम्रा पहिलो जन्मेको छोराहरू र हाम्रा पशुहरू अनि हाम्रो पहिलो जन्मेको गाई भेंडा बाख्राहरू हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्ने पूजाहारीहरू कहाँ ल्याउने प्रतिज्ञा गर्यौं।

37 “हामीले परमेश्वरको मन्दिरको भण्डारकोठामा, पूजाहारीहरूका निम्ति पहिलो मुछेको पिठोको डत्ला अनि हाम्रा भेटी-प्रत्येक वृक्षका फल नयाँ दाखरस अनि तेल ल्याउँने छौं। अनि हामी लेवीहरूका निम्ति पनि आफ्ना फसलका दशौ खण्ड पनि ल्याउने छौ। लेवीहरू ति हुन् जसले हामीले काम गर्ने सबै शहरहरूमा दशौं खण्ड सँग्रह गर्छन्। 38 अनि पूजाहारी जो हारूनका सन्तानहरू हुन, तिनीहरूले दशांश सँग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्। 39 किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्त्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वाररक्षकहरू अनि गवैयाहरू छन्।

“हामीले हाम्रो परमेश्वरको मन्दिरलाई तुच्छ सम्झनु हुँदैन।”

1 कोरिन्थी 9:19-10:13

19 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। 20 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ। 21 ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु। 22 कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ। 23 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ।

24 तिमीहरू सबैले जान्दछौ, दौड़मा धेरै जना दगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दगुर ताकि तिमीले पुरस्कार जित्न सक। 25 खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ। 26 यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन। 27 नियन्त्रणको लागि म आफ्नै शरीरलाई कठोर व्यवहार गर्छु। मैले यसो गरेको खण्डमा अरू मानिसहरू माझ प्रचार गरे पछि म आफैं परमेश्वरबाट तिरस्कृत हुने छैन।

यहूदीहरू जस्तै नहोऊ

10 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे। तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए। तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए। अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो। तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।

यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ। तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।” ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे। जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ सर्पहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन। 10 अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्‌-गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।

11 तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्। 12 यसैले त्यो जो दह्रिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्। 13 हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्। तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौं। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ़ता परीक्षा लिनुदिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।

भजनसंग्रह 34:1-10

त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।

हर समय म परमप्रभुलाई धन्यको भन्छु।
    उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
नम्र मानिसहरू! सुन र खुशी बन।
    मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
मसँग-सँगै परमप्रभुको स्तुति गर!
    र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
    अनि उहाँले मलाई उत्तर दिनुभयो।
    मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
    तिमी लज्जित हुनु पर्ने छैन,
    उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
    अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
    उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
    अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
    जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
    उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
    तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।

हितोपदेश 21:13

13 यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International