Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
नहेम्याह 5:14-7:73

14 अनि मानिसहरूले शपथलिए जस्तै गरे। अझ यहूदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौं बर्ष देखि बत्तीशौं बर्ष, (करिब बाह्र बर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहरूले प्रशासकको भोजन भोग गरेनौं। 15 पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे। 16 त्यसको सट्टा म स्वयंले पर्खाल निर्माण गर्न लगाएँ अनि हामीहरूले कुनै भूमि प्राप्त गरेनौं। मेरा समस्त मानिस र सेवकहरू काम गर्नका निम्ती त्यहाँ भेला भएका थिए।

17 मेरो टेबलमा हाम्रा वरिपरिका राष्ट्रहरूबाट आएका मानिसहरू सहित एक सय पचासजना यहूदी अधिकारीहरू थिए। 18 प्रत्येक दिन एउटा गोरू छःवटा चुनिएका भेंडाहरू अनि केही पंक्षिहरू मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहरूमाथी कामको भारै भार थियो। 19 हे मेरा परमेश्वर मेरो भलाईको निम्ति यी मानिसहरूका निम्ती मैले गरेका सबै याद गरी दिनुहोस्।

धेरै कष्टहरू

जब यी कुरा सम्बलत, तोबियाह, अरबी गेशेम अनि हाम्रा अन्य शत्रुहरूलाई भनियो कि मैले पर्खाल पुनःर्निर्माण गरे। अनि त्यहाँ कुनै खाली छाडिएन यद्यपि त्यससमय मैले ढोका फाटकहरूमा ढोकाहरू लगाएको थिइनँ। सम्बलत अनि गेशेमले यो खबर म कहाँ पठायो, “आऊ अनि हामी किपहीराम ओनोमा भेट गरौं।” तर तिनीहरूले मलाई हानि गर्ने योजना गरिरहेका थिए।

यसकारण मैले तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ जसले भने, “मैले एउटा मुख्य काम गरिरहेछु। यसर्थ म तिमीहरूकहाँ आउन सक्तिनँ। काम रोकेर म किन तिमीहरूकहाँ आउँनु?”

तिनीहरूले त्यही सन्देश मलाई चारपल्ट पठाए, अनि मैले तिनीहरूलाई त्यही प्रकारले उत्तर दिएँ। तब सम्बलतले त्यही प्रकारले उनको सेवकलाई म भएकहाँ पाँचौ पल्ट यस्तै प्रकारले उसको हातमा एउटा खुल्ला पत्र पठाए। त्यसमा यो लेखिएको थियो,

“राष्ट्रहरूमाझ यो भनिएकोछ अनि गेशेमले पनि त्यो सत्य हो भन्छ कि तिमीले अनि यहूदीहरूले विद्रोह गर्ने योजना गरिरहेछौ, यसैकारणले गर्दा तिमीले पर्खाल निर्माण गरिरहेछौ। अनि यी भनाई अनुसार तिमी नयाँ राजा हुन लागेकाछौ। तिमीले अगमवक्ताहरू नियुक्त गरेका छौ, यरूशलेममा तिम्रो सम्बन्धमा घोषणा गर्नका निम्तीः ‘यहूदामा एक राजा छन्!’

“अब यी शब्दहरू राजालाई भनिनेछ, यसर्थ अब हामीसित आऊ। भेटगरौं।”

मैले यो सन्देश तिनीलाई पठाएँ, “तिमीले भनेका यस्ताकुरा कहिले भएको छैन। किनभने तिमीले आफ्नो हृदयमा यी कुराहरू उत्पन्न गरिरहेछौ।”

किनभने तिनीहरू आफ्ना काम गरिरहन हतोत्साहित हुनेछन्, “अनि काम समाप्त हुने छैन। भन्ने सोंचेर तिनीहरूले हामीलाई भयभीत तुल्याउने कोशिश गर्दैछौ।”

तर मैले प्रार्थाना गरें, “हे परमेश्वर मलाई सुदृढ तुल्याउनुहोस्।”

10 एकदिन म शमायाह दलायाहका छोरा मेहेतबेलका नातिको घरमा गएँ। अनि तिनी आफ्ना घर छाड्न समर्थन थिएनन्। तिनले भने, “हामी परमेश्वरको मन्दिर भित्र भेट गरौं हामी मन्दिरको ढोकाहरू बन्द गरौं, किनभने तिनीहरू तिमीलाई मार्न राती आउँदैछन्।”

11 तर मैले भने, “के म जस्तो मानिस भाग्नु? तिमीलाई त्यो थाहा छ म जस्तो एउटा साधारण मानिस मृत्युमा नलगिए सम्म मन्दिर भित्र जान सक्दैन। म जाने छैन्।”

12 मैले बुझें कि परमेश्वरले तिनलाई यहाँ पठाउनु भएको होइन तर तिनले यो अगमवाणी मेरो विरूद्ध भनेका हुन् किन भने सम्बलत अनि तोबियाहले उसलाई घूस दिएका रहेछन्। 13 उसलाई यसकारण घूस थिइरहेकोछ कि म भयभीत होस् अनि उसले दिएको सुझाव अनुसार काम गरोस् र पाप गरोस्। तब मलाई अपमान गर्नका निम्ति तिनीहरूसित मेरो नराम्रो नाउँ हुनेछ।

14 हे परमेश्वर तिनीहरूले जे गरे, त्यसका निम्ती सम्बलत, तोबियाहलाई अनि नोअदियाह अगमवक्ता अनि अन्य अगमवक्ताहरू जसले मलाई भयभीत तुल्याउने कोशिश गरिरहेका थिए तिनीहरूलाई दण्ड दिनुहोस्।

पर्खाल बनाई सकियो

15 यसरी एलूल महिनाको 25औं दिनमा निमार्ण पूरा भयो। सो बनाउँन 52 दिन लाग्यो। 16 जब हाम्रा सबै शत्रुहरूले सुने अनि हाम्रा वरिपरिका सबै राष्ट्रहरूले देखे तिनीहरूले आफ्ना आत्मा विश्वास गुमाए। यो कार्य हाम्रा परमेश्वरले गर्नु भएको हो भनी तिनीहरूले बुझें।

17 ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए। 18 किनकि यहूदामा धेरैजनाले तिनीप्रति स्वामिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका ज्वाईं थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए। 19 तिनीहरूले उसको असल कार्यको प्रतिवेदन पनि तिनी समक्ष दिइरहेका थिए। अनि तिनीहरूले भनिरहेका थिए, मैले के गरिरहेको थिएँ। तोबियाहले मलाई भयभीत तुल्याउन पत्रहरू पठाए।

जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरें। तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक ईमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे। मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुन्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”

फर्केर आएका कैदिहरूको सूची

यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माण घरहरू प्रशस्त थिएनन्। यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण[a] पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।

यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।) तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः

परोशका कुलहरू2,172
शपत्याहका कुलहरू372
10 आरहका कुलहरू652
11 पहात-मोआबका कुलहरू अर्थात येशूअ अनि योआबका कुलहरू2,818
12 एलामका कुलहरू1,254
13 जत्तूका कुलहरू845
14 जक्कैका कुलहरू760
15 बिन्नूईका कुलहरू648
16 बेबैका कुलहरू628
17 अज्गादका कुलहरू2,322
18 अबोनीकामका कुलहरू667
19 बिग्बैका कुलहरू2,067
20 अदीनका कुलहरू655
21 आतेरका अर्थात हिज्याहका कुलहरू98
22 हशूमका कुलहरू328
23 बेसैका कुलहरू324
24 हारीमका कुलहरू112
25 गिबोनका कुलहरू95
26 बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू188
27 अनातोत शहरका मानिसहरू128
28 अज्मावेत शहरका मानिसहरू42
29 किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू743
30 रामा अनि नेबा शहरहरूका मानिसहरू621
31 मिक्मास शहरका मानिसहरू122
32 बेतेल अनि ऐ शहरहरूका मानिसहरू123
33 अर्को नेबो शहरको मानिसहरू52
34 अर्को एलाम शहरको मानिसहरू1,254
35 हारीम शहरका मानिसहरू320
36 यरीहो शहरका मानिसहरू345
37 लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू721
38 सना शहरका मानिसहरू3,930

39 पूजाहारीहरूः

यदायाहका कुलहरू अर्थात973
40 इम्मेरका कुलहरू1,052
41 पशहूरका कुलहरू1,247
42 आरीमका कुलहरू1,017

43 लेवीहरूः

येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल74

44 गवैयाहरूः

आसापका कुलहरू148

45 द्वारपालहरूः

शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू138

46 मन्दिरका सेवकहरूः

सीहा, हसूपा, तब्बाओत।

47 केरोस, सीआ, पादोन।

48 लबान, हगाबा, सल्मै।

49 हानान, गिदूदेलका, गहर।

50 रायाह, रसीन, नेकादा।

51 गज्जाम, उज्जा, पसेह।

52 बेसै, मुनीम, नापीश।

53 बक्बुक, हकूपा, हर्हूर।

54 बस्लीत, महीदा हर्शा।

55 बर्कोस, सीसरा, तेमह।

56 नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन्।

57 सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा

58 याला, दर्कोन, गिददेल।

59 शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।

60 शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू392

61 मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अद्दोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।

62 दलायह, तोबियाह अनि नकोदाका कुलहरू642

63 पूजाहारीहरूमा होबायाह, हक्कोस अनि बर्जिलैका सन्तानहरू थिए।

(त्यो मानिसहरू जसले गिलादबाटको बर्जिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँद्वारा बोलायो।)

64 तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए। 65 प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।

66-67 सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो। अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए। 68-69 त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,720 गधाहरू र 245 खच्चरहरू थिए।

70 केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19 पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए। 71 केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे। 72 अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।

73 जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।

1 कोरिन्थी 8

मूर्तिमा चढ़ाइएका खाना

अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ। जसले केही जान्दछु भन्ने सन्झन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन। तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।

यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ। धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन्, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई “देवताहरू” र “मालिकहरू” मान्छन्। तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटनै प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशूको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ।

तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफैं निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैंलाई दोषी सम्झन्छन्। तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखाँदैमा कुनै हानी छैन र खाँदैमा कुनै लाभ छैन।

तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्। 10 तिमीसित बुद्धि छ यसर्थ मूर्तिको मन्दिरमा बस्नु अनि खानु तिमीलाई स्वतन्त्र लाग्छ। दुर्वल विश्वास भएका कुनै मानिसले तिमीलाई त्यहाँ खाँदै गरेको देख्न सक्छ, यसर्थ उसलाई मूर्तिमा चढाएका मासु खानु उत्साह हुन्छ, यद्यपि वास्तवमा उसले भूल काम सम्झन्छ। 11 यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ। 12 जब तिमी तिम्रो ख्रीष्टमा भएका दाज्यू-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ। 13 यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।

भजनसंग्रह 33:1-11

हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ!
    उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।
वीणा बजाएर परमप्रभुको स्तुति गर!
    दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।
उहाँको निम्ति एउटा नयाँ गीत गाऊ।
    सुखमय सुन्दर वाद्यहरू बजाऊ!
परमेश्वरको वचन सत्य छ।
    उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।
परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ।
    परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ।
परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो।
    परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।
परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो।
    उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ।
    संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।
किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन।
    अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।
10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ।
    उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।
11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ।
    उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।

हितोपदेश 21:8-10

दुष्ट मानिसहरू सधैँ अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।

एउटी झगडा़लु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।

10 दुष्ट मानिसहरू सधैँ खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International