Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 12-15

अय्यूबले सोपरलाई जवाफ दिंदछ

12 तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः

“निःसन्देह तिमी सोच्छौ,
    तिमी मात्र ज्ञानी पुरूष हौ,
तिमी सोच्छौ जब तिमी मर्छौ,
    ज्ञान पनि तिमीसँगै जानेछ।
तर मेरो मन तिम्रो जस्तै नै छ।
    तिमी जतिकै होशियारी म पनि छु।
कसैले पनि यो सत्यलाई देख्न सक्छ।

“मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ।
    तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि
उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’
    म एक असल मानिस हुँ, म निर्दोष छु।
    तर तिनीहरू अझ ममाथि हाँस्छन्।
दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन।
    जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।
तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन।
    मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ,
    अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।

“तर पशुहरूलाई सोध,
    तिनीहरूले तिमीहरूलाई सिकाउने छन्।
अथवा हावामा उड्ने चराहरूलाई सोध,
    तिनीहरूले तिमीहरूलाई भन्नेछन्।
अथवा पृथ्वीसँग बोल,
    त्यसले तिमीलाई भन्नेछ।
अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान
    तिमीलाई बताउनेछ।
प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।
10 प्रत्येक प्राणीहरू जो बाँच्दछन्,
अनि प्रत्येक मानिस जसको प्राण छ,
    सबै परमेश्वरकै शक्तिको अधीनमा छ।
11 तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै,
    कानहरूले शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?
12 हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ
    लामो जीवनले बुद्धि ल्याउँछ।’
13 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो।
    राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।
14 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने
मानिसहरूले यसलाई फेरि बनाउँन सक्दैन।
    यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने
    मानिसले त्यसलाई मुक्त पार्न सक्दैन।
15 यदि परमेश्वरले बर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ।
    यदि परमेश्वरले बर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।
16 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैँ जित्नु हुन्छ।
    एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।
17 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ
    अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।
18 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन,
तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ
    अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
19 उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ
    अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।
20 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ।
    उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।
21 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ।
    उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।
22 परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ।
    उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ।
23 परमेश्वरले जाति-जातिहरूलाई ठूला र शक्तिशाली बनाउनुहुन्छ,
    अनि तिनीहरूलाई ध्वंश पार्नुहुन्छ।
उहाँले जातिहरूलाई विस्तार गराउनु हुन्छ
    त्यसपछि त्यहाँका जनसमूहलाई छरपष्ट पार्नुहुन्छ।
24 परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ।
    उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ।
25 ती मुखियाहरू त्यस मानिस जस्ता हुन,
जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ।
    तिनीहरू मताहा मानिस जस्ता हुन्छन जसलाई कहाँ गइरहेछु भन्ने होश हुदैन।”

13 अय्यूबले भन्यो,

“यी सबै मैले पहिल्यै देखेको छु।
    तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु।
    म ती सबै कुराहरू बुझ्छु।
तिमीले जाने जति म पनि जान्दछु।
    म तिमी जतिकै तेज छु।
तर म तिमीसँग तर्क गर्न चाहन्न।
    म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु।
    म परमेश्वरसँग आफ्ना सङ्कट विषयमा बहश गर्न चाहन्छु।
तर तिमीले हाम्रो बातचीतलाई झूटो कुराले कलंकित पार्छौ।
    तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।
म चाहन्छु तिमीहरू चूपचाप बस।
    त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।

“अब, मेरो तर्कमा ध्यान देऊ।
    म के भन्छु त्यसमा ध्यानदेऊ।
के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ?
    के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झूटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ?
    के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा मामलामा बहश गर्ने चेष्टा गरिरहेका छौ?
    तिमीहरूले निष्पक्ष भएका छैनौ।
यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने,
    के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ?
जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के
    परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?
10 यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने
    तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।
11 परमेश्वरको महा-महिमाले तिमीहरूलाई भयभीत पार्नेछ।
    तिमीहरू उहाँदेखि डराउँछौ।
12 तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्।
    तिमीहरूका बहशहरू बेकामे छन्।

13 “चूपचाप बस र मलाई बोल्न देऊ।
    जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।
14 म स्वयंलाई सङ्कटमा राख्ने छु,
    अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछु।
15 हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छ,
तै पनि म उहाँलाई विश्वास गरिरहनेछु।
    म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु।
    तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
16 अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए,
त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो।
    कुनै पनि दुष्ट मानिसले परमेश्वरको समक्ष सामना गर्न सक्तैन।
17 मैले भनेको कुरा ध्यान दिएर सुन।
    मलाई व्याख्या गर्न देऊ।
18 म आफैं मेरो मामिलामा बचाऊ गर्न तत्पर छु।
    म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु।
    म जान्दछु म उचित नै ठहरिनेछु।
19 यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने,
    तब म तुरन्तै चुप लाग्नेछु।

20 “हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस्
    अनि म तपाईंबाट लुक्ने छैन।
21 मलाई दण्डदिन रोकिनु होस्
    अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।
22 तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु।
    अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।
23 मैले कति पाप कामहरू गरेको छु?
    मैले के गल्ती कामहरू गरें?
    मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।
24 हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ?
    अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?
25 के तपाईंले मलाई भयभीत पार्नु हुन्छ?
    म हावामा उड्ने पत्कर झैं हुँ।
    तपाईंले परालको एउटा सानो टुक्रालाई आक्रमण गरिरहनु भएको छ।
26 हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो।
    तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।
27 तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो,
    मेरो प्रत्येक पाइला याद गर्नु भयो।
    तपाईंले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।
28 यसैले म कमजोर भन्दा कमजोर भई रहेछु
    सड्दै गएको काठको टुक्रा जस्तो,
    माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।

14 अय्यूबले भने,

“हामी सबै मानिसहरू हौं।
    हाम्रो आयु छोटो अनि सङ्कटहरूले भरिएको छ।
मानिसको जीवन एउटा फूल जस्तो छ।
    चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ।
यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो छोटो समयको लागि छ।
अनि त्यसपछि यो बिलाएर जान्छ।
त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ,
    अनि न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ?

“म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस।
तर कसैले पनि त्यसो गर्न सक्तैन।
मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ?
    तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो,
    अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।
यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु होस्।
    हामीलाई एक्लो छोडि दिनुहोस्,
    ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।

“त्यहाँ एउटा रूखको आशा छ।
    यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ।
    त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।
यसको जराहरू भूईंमा बुढो भएर उम्रेला
    अनि यसको ठुटो मैलोमा सड्नेछ।
तर पानीमा यो फेरि उम्रनेछ।
    यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ।
10 तर जब मानिस मर्छ, ऊ लोप हुन्छ।
    जव मानिस मर्छ, उसको अन्त हुन्छ।
11 नदीहरू सूख्खा नभइन्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला,
    अनि मानिस अझ मृत नै हुनेछ।
12 जब कुनै मानिस मर्छ,
    ऊ तल ढल्छ,
अनि ऊ उठ्दैन।
    मृत मानिस उठ्न अघाडी
आकाश विलिन हुनेछ।
    तर मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।

13 “म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ।
    मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु।
    जबसम्म तिमीहरूका रीस मर्दैन्।
तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।
14 यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ?
    तब सम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला?
15 परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ
    अनि म तपाईंलाई जवाफ दिनेछु।
तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न
    तपाईंले इच्छा गर्नुहुनेछ।
16 तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ,
    तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।
17 तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ।
    मेरा अपराधहरू ढाक्नु हुनेछ।

18 “पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ।
    विशाल चट्टानहरू फुस्केर टुक्रिए र झर्छन्।
19 पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ
    बाढीहरूले मैदानको माटो काटिदिन्छ।
    त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।
20 तपाईंले तिनीहरूलाई,
    पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ।
तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ।
    अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।
21 यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन।
    यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
22 त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ,
    अनि उ आफ्नै लागि चिच्याएर रून्छ।”

एलीपजले अय्यूबलाई जवाफ दिंदछ

15 त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः

“अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त
    तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तिगत विचारहरूले जवाफ दिने थिएनौ।
    तिमी किन आफैंलाई तातो हावाले भराई रहन्छौ?
के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क
    अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ।
अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने
    कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन।
जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ।
    अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ।
म तिमी गल्ती छौ भनेर प्रमाणित गर्न खोज्दिनँ।
    तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ।
    तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ।

“अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ?
    तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?
के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ?
    के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ?
अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ
    हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ
10 केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्।
    हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।
11 परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ
    तर त्यति मात्र तिमीलाई प्रशस्त छैन
हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ।
12 अय्यूब, तिमी किन बुझ्दैनौ?
    किन हामी सत्य देख्दैनौ?
13 जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ,
    तिमी परमेश्वरको विरूद्धमा छौ।

14 “मानिस साच्चै नै निर्दोष हुन सक्तैन।
    मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।
15 परमेश्वरले आफ्ना दूतहरूलाई त विश्वास गर्नुहुन्न।
    परमेश्वरसँग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।
16 मानिस अत्यन्तै निम्न हुन्छ।
    मानिस मैलो र भ्रष्ट छ।
    उसले अधर्म पानी सरह पिउँछ।

17 “मेरो कुरा ध्यान दिएर सुन अय्यूब,
    अनि म यो तिमीलाई व्याख्या गर्नेछु।
    मैले के बुझें त्यही तिमीलाई भन्नेछु।
18 म तिमीलाई ती कुराहरू भन्नेछु,
    जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन्
    ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले
ती कुराहरू तिनीहरूलाई भनेका हुन्।
19 तिनीहरू मात्र आफ्ना देशमा बस्थे।
त्यहाँ कुनै विदेशीहरू बसोवास गर्न पाउँदैन थिएँ,
    यसकारण तिनीहरूलाई कसैले नौलो विचारहरू भनेन्।
20 दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ।
    निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।
21 प्रत्येक कोलाहलले उसलाई तर्साउँछ।
उसका शत्रुहरूले उसलाई सताउँछ,
    शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झन्छ।
22 दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन्,
अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसँग कुनै मौका नै हुँदैन।
    त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।
23 रोटीको खोजीमा ‘त्यो कहाँ छ’ भनी यता उता घुमिरहन्छ।
    उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।
24 चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ।
    राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।
25 किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ
    उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ,
    अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।
26 त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ।
    उसले मोटो बलियो ढालसँग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ।
27 उसको अनुहार बोसोले ढाकिएको छ।
धनी अनि मोटा भएको छ।
28 तर उसको शहर ध्वंश हुनेछ,
    उसको घर ध्वंश हुनेछ,
    उसको घर रित्तो हुनेछ।
29 दुष्ट मानिस सधैँलाई धनी भई रहँदैन।
    उसको सम्पत्ति सधैँलाई रहँदैन
    उसको अन्नबालि सबै उम्रिंन्दैन।
30 ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन।
    उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ।
    अनि बतासले सबै उडाई लैजाईनेछ।
31 दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन,
जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ।
    किनभने उसले केही पनि पाउँने छैन।
32 उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ।
    उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।
33 त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ,
जसले पाक्न अघिनै दाख गुमाउँछ।
    त्यो मानिस भद्राक्षेको रूख जस्तै हुनेछ जसले आफ्नो कोपिलाहरू गुमाउँछ।
34 किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन।
    मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ।
35 दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन्
    अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”

1 कोरिन्थी 15:29-58

29 एक पल्ट मरिसकेका मानिसहरूलाई बौराइँदैन भने मरेकाहरूका निम्ति बप्तिस्मा लिनहरूले के गर्छन्? यदि मरेकाहरू फेरि बौरँदैनन् भने तिनीहरूको निम्ति बप्तिस्मा किन लिइन्छ?

30 अनि हाम्रो चाँहि के हुन्छ त? हामी आफूले आफैंलाई किन प्रत्येक घण्टा आपतमा पार्दछौं? 31 म हरेक दिन मर्छु। यो साँच्चो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँच्चो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु। 32 यदि खाली मानवताको कारणले मैले एफिससमा जङ्गली जानवरसित लडाइँ गरें भने मेलै के लाभ पाएँ। यदि मानिसहरूलाई मृत्युबाट बौराइँदैन भने “खाऊँ, पिऊँ किनकि भोलि हामी मर्छौं।”(A)

33 भ्रममा नपरः “खराब सँगतले असल बानी नष्ट गर्छ।” 34 उचित बिचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरममा पार्नु म यसो भन्छु।

हाम्रो कस्तो किसिमको शरीर हुनेछ?

35 तर कसैले सोध्न सक्छन् “मरेकाहरू कसरी बौरन्छन्? तिनीहरूको शरीर कस्तो हुन्छ?” 36 यी सबै मूर्ख प्रश्नहरू हुन्। जब तिमी केही रोप्छौ, भने बाँच्न र बढन अघि त्यो बीऊ माटोमा मर्छ। 37 जब तिमीले केही रोप्छौ त्यस्को त्यही “रूप” हुँदैन, जस्तो पछि हुन्छ। जब तिमीले छरेका थियौ त्यो वीऊ मात्र थियो चाहे गहुँ होस् अथवा अन्य कुनै। तर परमेश्वरले जे योजना गर्नु भएको छ त्यसले त्यही शरिर पाउँछ। 38 परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ। 39 सबै शरीरको मासु एकै हुँदैनः मानिसहरूको मासु एक प्रकारको हुन्छ, औ पशूहरूको मासु अर्को प्रकारको हुन्छ, पंछीहरूको भिन्दै हुन्छ, अनि माछाहरूको अर्कै प्रकारको मासु हुन्छ। 40 स्वर्गीय शरीरहरू र पार्थिव शरीरहरू छन्। तर स्वर्गीय शरीरहरूको शोभा एक किसिमको हुन्छ। पार्थिव शरीरहरूको शोभा भिन्दै किसिमको हुन्छ। 41 सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।

42 जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन। 43 अनादरमा त्यो “गाडिन्छ,” महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो “गाडिन्छ,” शक्तिमा त्यो जीवित हुन्छ। 44 शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ।

भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ। 45 धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।” (B) 46 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो। 47 पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो। 48 मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्। 49 जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ।

50 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन। 51 तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। 52 यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं। 53 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ। 54 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः

“मृत्यु विजयमा निलिएको छ।”(C)

55 “हे मृत्यु! तेरो विजय कहाँ छ?
    चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”(D)

56 मृत्युको बिषदन्त नै पाप हो, अनि पापको शक्ति नियम हो। 57 तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।

58 यसैकारण मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।

भजनसंग्रह 39

प्रमुख संगीतकार, यदूतूनलाई: दाऊदको भजन।

मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु।
    म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन।
जब म कपटी मानिसको चारैतिर हुन्छु
    म मेरो मुख बन्द राख्ने छु।”

यसैले मैले केही भनिनँ।
    मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ।
    तर मेरो मनोव्याथा अझ बढ्‌यो।
म एकदमै रिसाएको थिएँ
    अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ,
    यसैले मैले केही भनें।

हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ?
    भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु?
    मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!
परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।
    तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ।
प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन!

हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो।
    हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,
    तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ?
    तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।
हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्।
    मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
म केही पनि भन्ने छैन। म आफ्नो मुख खोल्ने छैन,
    म आफ्नो मुख खोल्ने छैन।
    परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।
10 तर परमेश्वर, मलाई सजाय दिन रोक्नु होस्,
    यदि तपाईं रोकिनु भएन भने मलाई नष्ट पार्नुहुनेछ!
11 हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो,
तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्।
    जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ।
    हो, हाम्रो जीवन चाँडै नै हराएर जाने बादल जस्तो छ।

12 हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्!
    मेरा ती विलापका शब्दहरू सुन्नुहोस्,
    मेरा आँसुहरू हेर्नुहोस्।
तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ।
    मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।
13 हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस्
    अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।

हितोपदेश 21:30-31

30 कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।

31 मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International