Revised Common Lectionary (Complementary)
धन्यवादको भजन।
100 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
2 परमप्रभुको सेवामा खुशी हौ!
खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
उहाँले हामीलाई बनाउनु भयो।
हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
5 परमप्रभु, भलो हुनुहुन्छ।
उहाँको प्रेम अनन्त छ।
हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
बाबेलको बारेमा सन्देश
50 यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो।
2 “प्रत्येक जाति-जातिलाई यो घोषण गर,
झण्डा उठाऊ र सन्देश प्रचार गर।
सम्पूर्ण सन्देश सुनाऊ र भन,
‘बाबेलको राज्य कब्जा गरिनेछ।
बाल देवता लाजको पात्र हुनेछ।
मरोदक देवता भयभीत हुनेछ।
बाबेलका मूर्तीहरू लज्जित हुनेछन्।
उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’
3 उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ।
त्यो जातिले बाबेललाई, जन-शून्य मरुभूमि तुल्य पार्ने छ,
कुनै मानिस पनि त्यहाँ बस्ने छैन्।
दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”
4 परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू
अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्।
तिनीहरू सँग-सँगै रूने छन्।
अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।
5 ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्।
तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्।
ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौं।
एक त्यस्तो करार गरौं जुन सदा-सर्वदा रहनेछ।
एक त्यस्तो करार गरौं जुन कहिल्यै भूलिने छैन्।’
6 “मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्।
तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए।
तिनीहरूका अगुवाहरूले तिनीहरूलाई,
पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए।
यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।
7 ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए।
तिनीहरूका शत्रुहरूले भने,
‘हामीले गल्ती काम गरेका छैनौ
किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे
जो तिनीहरूका साँचो आश्रय (घर) थियो।
तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।’
17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
18 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैँ जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ। 19 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढ़ता म केही चाहन्न।
20-21 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
22 मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन। 23 हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।
24 तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई अभिवादन भनिदिनु। इटालीयाबाट आएका सबैको अभिवादन।
25 परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्।
© 2004, 2010 Bible League International