Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 142

यो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको “मस्किल” भन्ने प्रार्थना।

142 म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु।
    म परमप्रभुलाई पुकार्दछु।
म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु।
    म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे।
    म त्याग्न तयार छु।
    तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ।

मैले वरिपरि हेरें,
    अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिनँ।
मेरो भाग्ने ठाउँ कतै छैन।
    कसैले पनि मलाई बचाउँने प्रयास गर्दैन।
यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु।
    हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्,
    मलाई तपाईंको अति खाँचो छ।
मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्,
    तिनीहरू मभन्दा पनि बलिया छन्।
मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्,
    ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ,
अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्।
    किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।

आमोस 9:1-4

वेदीको छेउमा उभिनु भएको परमप्रभुको दर्शन

मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें, उहाले भन्नुभयो,

“सङ्घार हल्लिउन्जेल र मानिसको टाउको चुर हुन्जेल,
    खम्बामाथि ठोक्काऊ।
ती बाँचेकाहरूलाई तरवारले मार।
    भाग्नेहरू मारिनेछन्।
कुनैमानिस पनि
    मेरो रिसबाट उम्कनेछैन।
यद्यपि तिनीहरूले पत्ताल भित्र खने ता पनि
    तिनीहरू भएकहाँ मेरो हात पुग्नेछ,
अनि यदि तिनीहरू स्वर्गमा चढे पनि
    म तिनीहरूलाई त्यहाँबाट तल झार्नेछु।
यद्यपि तिनीहरू कर्मेल पर्वतको टाकुरामा लुके पनि,
म तिनीहरूलाई भेट्नेछु।
    म तिनीहरूलाई मेरो छेउमा ल्याउनेछु।
यदी तिनीहरू समुद्रको फेदमा लुके तापनि म सर्पलाई आज्ञा गर्नेछु,
    र त्यसले तिनीहरूलाई डस्नेछ।
यद्यपि तिनीहरू तिनीहरूको शत्रुको कब्जामा गए पनि
    म तरवारलाई आज्ञा गर्नेछु
अनि त्यसले तिनीहरूलाई मार्नेछ।
    मैले तिनीहरूलाई नोक्सान गर्ने नै
    निश्चय गरें राम्रो गर्ने होइन।”

प्रेरित 23:12-35

केही यहूदीहरूको पावललाई मार्ने योजना

12 अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे। 13 चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षड्यन्त्रमा भाग लिए। 14 ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैंले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारून्जल सम्म न केही पिउँछौं न केही खानेछौं। 15 यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसँग तपाईंले धेरै प्रश्नहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी भई बाटोमा बस्नेछौं।”

16 तर पावलको भानिजले यो षड़यन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए। 17 तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खवर छ।” 18 यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।”

19 सेनापतिले त्यस जवन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासँग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”

20 त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहूँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई माग्ने निर्णय गरेका छन्। 21 तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सहमतिको निम्ति पर्खिरहेका छन्।”

22 सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाईदिए। “कसैलाई पनि तिमीले यसो भने, भनेर नभन्नु।”

पावललाई सिजरिया पठाईयो

23 त्यसपछि सेनापलिले दुइ सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोड सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9 बजे हिडन तयार हुनु पर्छ। 24 केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।” 25 सेनापतिले यस्तो एउटा चिट्ठी पनि उनलाई लेखे:

26 क्लौडियस लायसिअसबाट,

महामहिम राज्यपाल फेलिक्सलाई,

नमस्कार:

27 यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसँग गएँ अनि उनलाई बचाएँ। 28 म जान्न चाहन्थें कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पुर्याएँ। 29 मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन। 30 मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसँग भएको दोष देखाउन पनि लगाएको छु।

31 सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे। 32 अर्को दिन घोडसवार पावलसँग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए। 33 घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपाललाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।

34 राज्यपालले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालले पावल सिलिसियाका हुन भनेर जाने। 35 राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International