Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 88

प्रमुख संगीतकारलाई: पीडापूर्ण रोग बारे, एज्री हेमानको मस्किल भन्ने एउटा भजन।

88 हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ,
    रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्।
    कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो!
    म चाँडै मर्ने छु।
मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको
    एकदम कमजोर मानिस जस्तो व्यवहार गर्दछन्।
मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्।
    म चिहानमा लडिरहेको मुर्दा जस्तो छु।
तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ।
    तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो।
तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो।
    हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो,
    अनि मलाई सजाय दिनुभयो।

मेरो साथीहरूले मलाई छाडी गए।
    सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे।
म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिन थिएँ।
    मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो।
हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु,
    मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
10 हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ?
    के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।

11 चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्।
    मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
12 मृत मानिसहरू अन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्।
    मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।
13 हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु।
    प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
14 हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो?
    किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
15 युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ।
    मैले तपाईंको क्रोध सहें, म असहाय छु।
16 हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ,
    अनि सजायले मलाई मार्दै छ।
17 दुःखाई र पीडाहरू सधैँ मसँग छन्,
    म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
18 हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्न मलाई बाध्य गराउनु भयो।
    खाली अन्धकार मात्र मसँग रहेको छ।

लेवी 21:1-15

पूजाहारीहरूको निम्ति नियमहरू

21 परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारूनका छोराहरू पूजाहारीहरूलाई भनः पूजाहारीले लाश छोएर आफैंलाई अशुद्ध पार्नु हुँदैन। तर यदि मृतक मानिस उनको आफन्त हो भने मात्र उनले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्। यदि मृतक मानिस उनका आमा अथवा बाबु, उनका छोरा-छोरी, दाज्यू-भाइ। अथवा अविवाहित दिदी-बहिनी भए तिनले लाश छोएर आफैंलाई अशुद्ध पार्न सक्छन्। (कन्ये दिदी अथवा बहिनी उनको साक्खै मानिन्छ जबसम्म तिनीहरूको बिहे हुँदैन, यसर्थ तिनीहरू मरेको खण्ड पूजाहारीले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्।) तर यदि मरेको मानिस बिहेद्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले ऊ आफूलाई अशुद्ध बनाउन सक्दैनन्।

“पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना-कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्। पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।

“पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्। पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।

“यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ।

10 “प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन। 11 यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्। 12 प्रधान पूजाहारी पवित्र स्थानबाहिर जानुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्‌याइन्छ हो। म परमप्रभु हुँ।

13 “प्रधान पूजाहारीले कन्ये केटीलाई बिहे गर्नुपर्छ। 14 प्रमुख पूजाहारीले वेश्या, छुटानाम गरेकी आइमाई र विधवालाई बिहे गर्नु हुँदैन। प्रमुख पूजाहारूरीले आफ्ना मानिसहरूबाट कन्येलाई मात्र बिहे गर्नु पर्छ। 15 यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अलग्गै राखेको छु।”

2 कोरिन्थी 8:16-24

तितस र उनका साथीहरू

16 म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ। 17 हामी उनलाई जे गराउन निवेदन गरेका थियौं, उनले त्यही स्वीकार गरे। उनी तिमीहरूकहाँ जान औधी चाहन्थे। यो उनको आफ्नै विचार थियो। 18 तितसको साथमा हामी एक जना भाइलाई पठाउँदैछौं जसको प्रशंसा सबै मण्डलीहरूबाट भएको छ। सुसमाचार प्रचारमा उनको सेवाको कारणले यी भाइ प्रशंसित छन्। 19 हामीले यस्तो दान लिएर हिँड्दा यी भाइ हामीसित हिँड्न मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।

20 यो घरै धन व्यावहार गर्दा कसैले हामीलाई दोष लाउन मौका नपाओस्। यसर्थ हामी खुबै सर्तक छौं। 21 हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।

22 अर्को एकजना भाइलाई पठाउँदैछौं जो मद्दत गर्न भने पछि सधैँ अघि सर्छन्। उनको सहायता गर्ने इच्छा अनेकौ पल्ट प्रमाणित गरिसकेका छन्। अनि अहिले पनि उनी अझै धेरै सहयता गर्न चाहन्छन्, किनभने तिमीहरूमाथि उनको त्यस्तो विश्वास छ।

23 अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाइएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्। 24 त्यसकारण यी मानिसहरू प्रति तिमीहरूले आफ्नो प्रेम देखाऊ। हामी तिमीहरू प्रति किन गर्वित छौं। त्यो तिनीहरूलाई देखाऊ ताकि जम्मै मण्डलीहरूले त्यो देख्नेछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International