Revised Common Lectionary (Complementary)
काफ्
81 म मर्न आँटेको छु।
तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु।
तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
82 मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु।
तर मेरो आँखाहरू शिथिल भइरहेछन्,
परमप्रभु कहिले मलाई सान्त्वना दिनुहुन्छ?
83 म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि,
तपाईंको नियमहरू भुल्ने छैन।
84 म कहिले सम्म बाँच्ने छु?
हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?
85 कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको
उपदेशहरूको विरूद्ध हुन् तीद्वारा मलाई प्रहार गरे।
86 हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्,
ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे, मलाई सहायता गर्नुहोस्!
87 ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके।
तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ।
88 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस्
अनि मलाई बाँच्न दिनुहोस् र तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।
14 “मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदैछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो। 15 मानिसहरूले शपथ ग्रहण गर्नेछन्, “परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।” मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु।
16 परमप्रभु भन्नुहुन्छ, “म धेरै जालहारीहरूलाई पठाउँनेछु। तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्। 17 तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउँन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउँन सक्तैनन्। 18 म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुनःक्षतिपूर्ति गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”
19 हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ।
तपाईं सङ्कटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ।
सारा पृथ्वीका कुना-कुनाबाट जातिहरू तपाईंकहाँ आउँछन्।
तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए।
तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे,
जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।
20 के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ?
अँहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।”
21 परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्।
तिनीहरूलाई अघिबाटै म मेरो शक्ति
र बल विषयमा बताउनेछु।
तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”
येशू र उहाँका भाइहरू
7 यो घट्ना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए। 2 त्यसबेला यहूदीहरूको छाप्रो वासको चाड थियो। 3 तब येशूका भाइहरूले उहाँलाई भने, “तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्। 4 यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।” 5 (येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)
6 येशूले उहाँका भाइहरूलाई भन्नुभयो, “मेरो निम्ति ठीक समय अझै आइपुगेको छैन। तर कुनै समय पनि तिमीहरूको लागि जाने बेला आउँछ। 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ। 8 यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पल्ट जाँदिन। मेरा निम्ति ठीक समय अझै आएको छैन।” 9 त्यति भनिसके पछि, उहाँ गालीलमा नै बस्नु भयो।
© 2004, 2010 Bible League International