Revised Common Lectionary (Complementary)
8 उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ।
परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू,
अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने,
उनीहरूले शान्ति पाउने छन्।
9 परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ।
हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
10 परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
13 धार्मिकताचाँहि परमेश्वरको अघि जान्छ,
र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।
इस्राएलको निम्ति दण्ड़
6 परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरूले गरेका विभिन्न अपराधहरूका निम्ति दण्ड दिनेछु। किनकि तिनीहरूले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे। 7 तिनीहरूले ती गरीब मानिसहरूलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्। 8 तिनीहरूले गरीब मानिसबाट उनीहरूको लुगा बन्धक लिए अनि ती लुगाहरू तिनिहरूले मूर्ति आराधना गर्दा लगाए। तिनीहरूले मानिसहरूलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरूले दाखरस किने र तिनीहरूका देव-मन्दिरमा पिए।
9 “तर मैले एमोरीहरूलाई तिनीहरूको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरू माथिदेखि र त्यसका जरा तलै सम्म नष्ट गरिदिएँ।
10 “मैले तिमीहरूलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरुभूमिका उजाड स्थानहरूमा चालीस बर्ष सम्म डोर्याएँ। मैले तिमीहरूलाई एमोरीहरूको भूमिदिएँ। 11 मैले तिमीहरूका कतिपय नानीहरूलाई अगमबक्ताहरू बनाएँ। अनि मैले कतिपय युवकहरूलाई नाजिरीहरू बानाएँ। हे इस्राएलीहरू हो! के योकुरा सत्य होइन?” परमप्रभु भन्नुहुन्छ। 12 “तर तिमीहरूले नाजिरीहरूलाई दाखरस खुवायौ। तिमीहरूले अगमबक्ताहरूलाई अगमवाणी गर्न रोक लगायौ। 13 हेर, म तिमीहरूलाई अन्नले ठेलागाडी लादिए झैं दबाउनेछु। 14 कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन। 15 धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सक्ने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन। 16 परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।” परमप्रभुले यो कुरा भन्नु भयो।
2 तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियाका मानिसहरूलाई सहायता गर्न प्रगाढ़ कोशिशमा छु जसले मलाई देखेकै छैन। 2 म तिमीहरूलाई दृढ र प्रेमले सँगठित बनाउन चाहन्छु म तिमीहरूलाई दह्रिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ। 3 ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रीष्टमा गुप्तरूपले राखिएको छ।
4 म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकुन्। 5 म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शुरू गरेको र ख्रीष्टमा दह्रिलो विश्वास राखेको देखेर म आनन्दित छु।
© 2004, 2010 Bible League International