Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: पीडापूर्ण रोग बारे, एज्री हेमानको मस्किल भन्ने एउटा भजन।
88 हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ,
रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
2 मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
3 मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो!
म चाँडै मर्ने छु।
4 मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको
एकदम कमजोर मानिस जस्तो व्यवहार गर्दछन्।
5 मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्।
म चिहानमा लडिरहेको मुर्दा जस्तो छु।
तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ।
तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो।
6 तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो।
हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
7 परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो,
अनि मलाई सजाय दिनुभयो।
8 मेरो साथीहरूले मलाई छाडी गए।
सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे।
म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिन थिएँ।
9 मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो।
हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु,
मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
10 हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ?
के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
11 चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्।
मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
12 मृत मानिसहरू अन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्।
मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।
13 हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु।
प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
14 हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो?
किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
15 युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ।
मैले तपाईंको क्रोध सहें, म असहाय छु।
16 हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ,
अनि सजायले मलाई मार्दै छ।
17 दुःखाई र पीडाहरू सधैँ मसँग छन्,
म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
18 हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्न मलाई बाध्य गराउनु भयो।
खाली अन्धकार मात्र मसँग रहेको छ।
19 “यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछे। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ। 20 एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्। 21 कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ। 22 यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ। 23 कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस् र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ।
24 “कुनै स्त्री रजस्वला भएको समय कसैले ऊसित सहवास गरे त्यो पुरूष सात दिनसम्म अशुद्ध हुन्छ। त्यो पुरूष सुतेको प्रत्येक ओछ्यान नै अशुद्ध हुन्छ।
25 “कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिन्जेलसम्म अशुद्ध रहनेछिन्। 26 मासिक रजस्वलाको समयमा जुन ओछ्यानमा त्यो स्त्री सुतछिन् त्यो ओछ्यान पनि त्यतिन्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वला हुँदा अशुद्ध भए, उसले छुन्छिन् त्यो चीज अशुद्ध हुन्छ। 27 मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ। 28 त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे। 29 तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ। 30 तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।
31 “यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”
ख्रीष्टियन साथीहरूलाई सहायता गर
9 परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन। 2 म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरदेखि नै दान दिनु तयार थियौ भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धेरै अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्। 3 तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदैछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौ यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस। 4 यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौ। 5 त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।
© 2004, 2010 Bible League International