Revised Common Lectionary (Complementary)
118 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
2 इस्राएल ले यसो भन्छ,
“उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
फेरि आज प्रफुल्लित र खुशी हौं!
25 मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर!
परमप्रभुले हामीलाई बचाउनु हुन्छ!
26 परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।”
पूजाहारीहरूले जवाफ दिए, “हामी तपाईँलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं!
27 परमप्रभुनै परमेश्वर हुनुहुन्छ।
अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ।
भेंडाका पाठालाई बलिदानको लागि बाँध,
अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।”
28 परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
म तपाईंलाई धन्यवाद दिन्छु।
परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
29 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहेनेछ।
परमेश्वरको प्रतिज्ञा
33 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो। 2 “परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ, 3 ‘यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।’ 4 परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ: ‘परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा नष्ट भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।
5 “‘यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध गर्न बाबेलका सेनाहरू आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।
6 “‘तर म शहरमा पुनः आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु। 7 म यहूदा र इस्राएलबाट लुटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु। 8 मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु। 9 जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।’
परमेश्वरले चाहे जस्तै मानिस बन
12 मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर। 13 परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।
14 कुनै गनगन वा बहस नगरी सबै काम गर। 15 तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। 16 जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।
17 तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु। 18 त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।
© 2004, 2010 Bible League International