Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: गित्तित भन्ने रागमा कोरह परिवारहरूको एउटा भजन।
84 हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।
2 हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु।
म एकदमै उत्तेजित छु।
मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।
3 हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर,
चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए।
तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन्
अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्।
4 तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्।
तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्।
5 मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी हर्षका गीतहरू लिएर आउँछन्,
तिनीहरू धेरै खुशी छन्।
6 तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए,
जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ।
शरद ऋतुको बर्षाले ताल बनिन्छ।
7 ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए
जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।
8 हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्
हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।
9 हे परमेश्वर, हाम्रो रक्षक[a] को रक्षा गर्नुहोस्,
तपाईंका अभिषिक्त राजा[b] प्रति कृपालु हुनु होस्।
10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन
अरू ठाउँका हजार दिनभन्दा उत्तम छ।
दुष्टहरूका घरमा बस्नुभन्दा
बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ।
11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,
परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ।
जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ।
उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
12 हे सेनाहरूका परमप्रभु,
मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।
सुलेमानद्वारा मन्दिरको निर्माण
6 तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 बर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो बर्ष थियो। यो बर्षको दोस्रो महीना, जिबको[a] महिना थियो। 2 मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो। 3 मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौंडाईको बराबर थियो। 4 त्यहाँ मन्दिरमा साँघुरा झ्यालहरू थिए। यी झ्यालहरू बाहिरबाट साँधुरो अनि भित्रबाट फराकिलो थियो।
21 सुलेमानले यस कोठालाई शुद्ध सुनले ढाके उनले महा-पवित्र स्थानको प्रवेश सामुन्ने, सुनको साङ्गलीहरू लगाए। 22 मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा-पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।
10 परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। 11 जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। 12 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। 13 प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन[a] आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ। 14 त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ। 15 तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ।
16 तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ। 17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।
18 कसैले आफैंलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ साँच्चिकै ज्ञानी बन्न सक्छ। 19 किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।” 20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।” 21 यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो 22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। 23 अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।
© 2004, 2010 Bible League International