Revised Common Lectionary (Complementary)
147 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
परमप्रभुप्रति स्तुतिगान गर!
उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
2 परमप्रभुले यरूशलेम बनाउनु भयो।
परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो,
जसलाई कैदी बनाएर थुनिएको थियो।
3 परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ।
तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
4 परमेश्वरले ताराहरू गन्नुहुन्छ,
र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
5 हाम्रो स्वामी महान् हुनुहुन्छ,
उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
उहाँको ज्ञान अपार छ।
6 परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ
तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
7 परमप्रभुलाई धन्यवाद होस्।
हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
8 परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ
परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
9 परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
उहाँलाई खुशी पार्दैन।
11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ,
जसले उहाँलाई पूज्दछन्।
परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ,
जसले उहाँको प्रेममा भरोसा राख्छन्।
20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।
परमप्रभुको प्रशंसा गर!
10 एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ।
11 आफ्नो खेतमा काम गर्ने कृषक सित प्रशस्त खाने चीज हुन्छ, तर बेकारमा समय नष्ट गर्ने मानिसको बुद्धि हुदैन।
12 दुष्ट मानिस सधैँ दुष्टयाईँ कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ।
13 दुष्ट मानिस आफ्नै खराब शब्दहरूका चंगुलमा फस्छ तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन।
14 मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ।
15 एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ।
16 एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ।
17 एक सत्यवादी गवाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ।
18 विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।
19 जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।
20 ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउँछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हन्छन।
21 एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दु:ख पाउँछ।
2 सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) फर्कन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न। 3 फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ। 4 यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ। 5 हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी पर्खिरहेका छौं। 6 कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफैं प्रकट हुन्छ।
7 तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिँड्नमा तिमीहरूलाई कसले रोक्यो? 8 यो रोकावट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो। 9 होशियार होऊ, “अलिकति खमीरले पनि जम्मै पीठोको डल्लालाई फुलाउँछ।” 10 मलाई परमश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्ने छैनौं। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैछ। ऊ जो सुकै होस् द्ण्ड पाउने नै छ।
11 मेरा दाज्यू-भाइहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन। 12 म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनुन्।
13 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर। 14 सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”(A) 15 तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।
© 2004, 2010 Bible League International