Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 102:12-28

12 तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
    तपाईंको नाउँ सदा-सर्वदा र अनन्त सम्म रहनेछ।
13 तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ।
    तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
14 तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ,
    तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।
15 मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्।
    परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।
16 परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ।
    मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
17 परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।
    परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
18 यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख
    अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।
19 परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ।
    परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।
20 अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ।
    उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
21 तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्।
    तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्।
22 जातिहरू परस्परमा भेला हुनेछन्।
    राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।

23 मेरो बलले मलाई नै असफल तुल्यायो।
    मेरो जीवन छोटो भएर घट्‌यो।
24 यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्।
    परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
25 धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो।
    तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।
26 संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ।
    तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्,
अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ।
    तिनीहरू सबै परिवर्तन हुनेछन्।
27 तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न।
    तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ।
28 हामी आज तपाईंका दासहरू हौं।
हाम्रा नानीहरू यहाँ छन्।
    अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”

अय्यूब 6:1-13

अय्यूबले एलीपजलाई जवाफ दिंदछ

तब अय्यूबले जवाफ दिएः

“यदि मेरो पीडाहरू ओजन गर्न सक्ने भएता
    अनि मेरो सबै सङ्कटहरू तराजुमा जोखिन सक्ने भएता।
मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवा भन्दा गह्रुँङ्गो हुने थियो।
    यसैले मेरो वचनहरू अर्थहीन प्रतीत हुन्छ।
सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्।
    मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु।
    परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।
जब कुनै दुर्घटना घटेको छैन तिम्रो शब्दहरू भन्नलाई सजिलो छ।
जङ्गली गधाले पनि गुनासो गर्दैन जब त्यहाँ उसलाई खान घाँस छ।
    अनि गाईले गुनासो गर्दैन् जब सम्म त्योसँग खाद्य हुन्छ।
नुन विनाको भोजनको स्वाद असल हुँदैन
    अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन।
यस प्रकारको खाद्य खान अस्वीकार गर्छु।
यस्ता भोजनले मलाई अस्वास्थ पार्छ।
    अनि तिम्रा कुराहरू त्यस्तै छन्।

“हाय! मैले जे मागें त्यो पाउँन सकूँ।
    म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ।
म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन,
    कोही अघि बढेर मलाई मारून्।
10 अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु।
    म एउटा कुरामा खुशी हुनेछु।
    अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।

11 “मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्।
    म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ।
    यसैले मसँग धैर्य पनि छैन।
12 म चट्टान जस्तो बलियो छैन।
    मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन।
13 म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन।
    किनभने मबाट सफलता जति लगियो।

मर्कूस 3:7-12

अनेकौं मानिसहरू येशूको पछि लाग्छन्

येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए। यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए।

उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो 10 येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे। 11 कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।” 12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International