Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 105:1-11

105 परमप्रभुलाई धन्यवाद देऊ, उहाँको नाउँको उपासना गर।
    सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर।
    उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ जो उहाँले गर्नुहुन्छ।
परमप्रभुको पवित्र नाउँमा घमण्ड गर।
    तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौं त्यसैले अब खुशी हौ।
बल पाउनुलाई परमप्रभु कहाँ जाऊ।
    सहायताको लागि सधैँ उहाँकोमा जाऊ।
याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ।
    याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ।
    तिमीहरू याकूबका सन्तानहरू हौं तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ।
    परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
परमेश्वरको करार पत्र सदा-सर्वदा याद गर।
    याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो।
    परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
10 त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो।
    परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो,
    यो सदा-सर्वदा रहिरहने छ।
11 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु।
    त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।”

भजनसंग्रह 105:37-45

37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो।
    तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए।
    परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए
    किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
39 परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो।
    परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो।
    परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो।
अनि त्यहाँबाट भल-भल पानी निस्क्यो।
    मरुभूमिमा नदी बग्न थाल्यो।

42 परमेश्वरले उहाँको वचन सम्झनु भयो।
    परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो।
    मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए।
    परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
45 परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन।
    यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन।

परमप्रभुको प्रशंसा गर!

उत्पत्ति 21:1-7

अन्तमा साराको निम्ति एउटा बालक

21 परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो। साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे। परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।

अब्राहाम एक सय बर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो। अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ। कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”

हिब्रू 1:8-12

तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो:

“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ।
    न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ,
    त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई,
    तपाईंका साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”(A)

10 परमेश्वर अझै भन्नुहुन्छ,

“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो,
    अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
11 यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ।
    अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्।
12 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ।
    ती फेरि वस्त्र झैं बद्लिने छन्,
तर तपाईं कहिल्यै बद्लिनु हुने छैन।
    तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”(B)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International