Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 147:1-11

147 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
    परमप्रभुप्रति स्तुतिगान गर!
    उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
परमप्रभुले यरूशलेम बनाउनु भयो।
    परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो,
    जसलाई कैदी बनाएर थुनिएको थियो।
परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ।
    तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
परमेश्वरले ताराहरू गन्नुहुन्छ,
    र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
हाम्रो स्वामी महान् हुनुहुन्छ,
उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
    उहाँको ज्ञान अपार छ।
परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ
    तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
परमप्रभुलाई धन्यवाद होस्।
    हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
    परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ
    परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
    परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
    उहाँलाई खुशी पार्दैन।
11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ,
जसले उहाँलाई पूज्दछन्।
    परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ,
    जसले उहाँको प्रेममा भरोसा राख्छन्।

भजनसंग्रह 147:20

20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
    परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।

परमप्रभुको प्रशंसा गर!

यशैया 46

असत्य देवताहरू निरर्थक छन्

46 बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्।

“मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्। ती झूटा देवताहरू झुक्नेछन तिनीहरू सबै पतन हुनेछन्। ती झूटा देवताहरू उम्किन पाउने छैनन्। तिनीहरू सबैलाई कैदीहरू सरह ल्याइनेछ।

“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ। जब तिमीहरू जन्मियौ मैले बोकेर ल्याएँ अनि जब तिमीहरू वृद्ध हुनेछौ म बोकी नै रहनेछु। तिमीहरूका कपालहरू सेतै पाकी सक्नेछ, त्यति बेला पनि म तिमीहरूलाई बोकी नै रहने छु, किनभने मैले तिमीहरूलाई बनाएको हुँ। म लगातार तिनीहरूलाई बोकी रहनेछु अनि म तिमीहरूलाई बचाउनेछु।

“के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अँहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्। कतिपय मानिसहरू सुन र चाँदीको धनी छन्। सुन तिनीहरूको थैलोबाट झर्छ, अनि तिनीहरूले चाँदी तराजुमा तौलन्छन्। ती मानिसहरूले काठबाट झूटा देवताहरू बनाउनलाई शिल्पकारहरूलाई पैसा दिँदछन्। त्यसपछि ती मानिसहरू नतमस्तक भएर झूटा देवता पूज्दछ। ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूईंमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन्। झूटा देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई सङ्कटबाट रक्षा गर्न सक्दैन्। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उत्तर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन्।

“तिमीहरूले पाप गरेकाछौ, तिमीहरूले ती कुराहरूको बारेमा फेरि विचार गर्नुपर्छ। ती कुराहरूलाई सम्झ र बलियो हौ। त्यो धेरै बर्ष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्।

10 “शुरूमा मैले जो कुराहरू भनें ती अन्तमा हुनेछन्। धेरै बर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु। 11 अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। ऊ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु।

12 “तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन्। तर तिमीले राम्रो कामहरू गरेनौ। 13 म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”

मत्ती 12:9-14

येशूले विश्राम दिनमा निको पार्नु भयो

(मर्कूस 3:1-6; लूका 6:6-11)

येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। 10 उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”

11 उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? 12 एउटा मानिस भेंडा़ भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”

13 तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। 14 तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International