Imprimir Opciones de la página Listen to Reading
Anterior Día anterior Día siguienteSiguiente

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 7-8

इस्साकारका सन्तानहरू

इस्साकारका चारजना छोराहरू थिए। तिनीहरूका नाउँ तोला, पूवा, याशूब अनि शिम्रोन थियो।

तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।

उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए।

वंशावली सूचिले देखाउँछ कि इस्सकारका कुल समूहमा 87,000 शक्तिशाली सैनिकहरू थिए।

बिन्यामीनका सन्तानहरू

बिन्यामीनका तीन जना छोराहरू थिए। तिनीहरूका नाउँ बेला, बेकेर, अनि यदीएल थियो।

बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए।

बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए। तिनीहरूका वंशावलीका सूचिले देखाउँछ कि परिवारका अगुवाहरू को-को हुन्। अनि तिनीहरूको वंशावलीका सूचिले यो पनि देखाउँ छ कि तिनीहरूसित 20,200 सैनकहरू थिए।

10 यदीएलका छोरा बिल्हान थिए। बिल्हानका छोराहरू- यूऊश, बिन्यामीन, एहुद, कनाना जेतान, तर्शीश अनि अहीशहरू थिए। 11 यदीएलका सबै छोराहरू तिनीहरूका परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूसित 17,200 सैनकिहरू युद्धका निम्ति तयार थिए।

12 शुप्पी अनि हुप्पीहरू ईरका सन्तानहरू थिए। हुशीम अहेरका छोरा थिए।

नप्तालीका सन्तानहरू

13 नप्तालीका छोराहरू यहसीएल, गुनी, येसेर अनि शल्लूम थिए।

अनि यी बिल्हाका सन्तानहरू थिए।

मनश्शेका सन्तानहरू

14 यी मनश्शेका सन्तानहरू हुनः मनश्शेको अरामी उप-पत्नीबाट जन्मेका छोराको नाउँ अस्त्रीएल थियो। तिनले माकीर जन्माइन्। माकीर गिलादका पिता थिए। 15 माकीरले हुप्पी अनि शुप्पी मानिसहरूका समूहकी एउटी स्त्रीलाई विवाह गरे। माकीरका बहिनीको नाउँ माका थियो। अर्कोको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए। 16 माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरेस राखिन्। पेरेसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए।

17 ऊलामका छोरा बदान थिए।

यी गिलादका सन्तानहरू थिए। गिलाद माकीरका छोरा थिए। माकीर मनश्शेका छोरा थिए। 18 माकीरकी बहिनी हम्मोलेकेतका छोराहरूका नाउँहरू ईशोद, अबिएजरे अनि महला थिए।

19 शमीदाका छोराहरू अहियान, शेकेम, लिखी अनि अनीआम थिए।

एप्रैमका सन्तानहरू

20 यी एप्रैमका सन्ताहरूका नाउँहरू यही हो। एप्रैमका छोरा शूतेलह थिए। शूतेलहका छोरा बेरेद थिए। बेरेदका छोरा तहत थिए। 21 तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए।

केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेंडाहरू चोर्न गएका थिए। 22 एप्रैम एसेर अनि एलाका पिता थिए। तिनी धेरै दिनसम्म एजेर र एलादको मृत्युको कारण रोइरहे। एप्रैमका परिवार उनलाई सान्त्वना दिन आए। 23 तब एप्रैमले आफ्नी पत्नीसित सहवास गरे। एप्रैमकी पत्नी गर्भवती भइन् अनि एक छोरा जन्माइन्। एप्रैमले त्यो छोराको नाउँ बरीआ राखे किनभने तिनका परिवार माथि केही नराम्रो घटना घटेको थियो। 24 एप्रैमको छोरी शेराह थिइन्। शेराहले निम्न बेत होरोन र उच्च बेत होरोन अनि निम्न उज्जेन शेराह र उच्च उज्जेन शेराह बनाइन्।

25 रेपा एप्रैमका छोरा थिए। रेशेप रेपाका छोरा थिए। तेलह रेशेपका छोरा थिए। माहान तेलहका छोरा थिए। 26 लादान माहानका छोरा थिए। अम्मीहूद लादानका छोरा थिए। एलीशामा अम्मीहूकादा छोरा थिए। 27 नून एलीशामाका छोरा थिए। यहोशू नूनका छोरा थिए।

28 यी ति शहर अनि देशहरू हुन् जहाँ एप्रैमका सन्तानहरू बस्थेः बेतेल र यस नजिकका गाउँहरू पूर्वमा नारान, पश्चिममा गेजेर अनि यस नजिकका गाउँहरू शेकेम र अज्जा र त्यसका नजिकका गाउँहरू सम्म पुगे। 29 मनश्शेका भूमिका सीमानामा बेत-शान, तानाक, मगिछो अनि दोर र ती नजिकका सा-साना शहररूहरू थिए। यूसुफका सन्तानहरू यी शहरहरूमा बस्थे। यूसुफ इस्राएलका छोरा थिए।

आशेरका सन्तानहरू

30 आशेरका छोराहरू-यिम्ना, यिश्वा, अनि बरीआ थिए। तिनीहरूकी बहिनीको नाउँ सेराह थियो।

31 बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए।

32 येप्लेत, शोमेर, होताम अनि तिनीहरूकी बहिनी शुअका पिता हेबेर थिए।

33 यप्लेतका छोराहरू पासक, बिम्हाल अनि अश्वात थिए। यी येप्लेतका छोराहरू थिए।

34 शोमेरका छोराहरू अही, रोहगा, यहूब्बा अनि अराम थियो।

35 शोमेरका भाइको नाउँ हेलेम थिए। हेलेमका छोराहरू सोपह, यिम्ना, शेलेश अनि आमाल थिए।

36 सोपहका छोराहरू सूह, हेर्नेपेर, शूआल, बेरी, यिम्राह, 37 बेसेर, होद, शम्मा, शिल्शा, यित्रान अनि बेरा थिए।

38 येतेरका छोराहरू- यपून्ने, पिस्पा अनि अरा थिए।

39 उल्लाका छोराहरू आरह, हन्नीएल अनि रिसिया थिए।

40 यी सबै मानिसहरू आशेरका सन्तानहरू थिए। तिनीहरू तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू विशेष रूपले चुनिएका मानिसहरू थिए। तिनीहरू महान् सैनिकहरू अनि अगुवाहरू थिए। तिनीहरूका वंशावली इतिहासले बताउँछ कि तिनीहरूका 26,000 सैनकिहरू युद्धका निम्ति तयार छन् भनी।

राजा शाऊलको परिवारिक इतिहास

बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए। नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए।

3-5 बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, अबीशू, नामान, अहोह, गेरा शपूपान अनि हुराम थिए।

6-7 यी एहूदका सन्तानहरू थिए। तिनीहरू गेबामा तिनीहरूका परिवारका अगुवाहरू थिए? तिनीहरूलाई आफ्ना घर छाड्न अनि मनहतमा जान बाध्य तुल्याइएको थियो। एहूदका सन्तानहरू नामान, अहियाह अनि गेरा थिए गेराले तिनीहरूलाई घर छाड्न कर लगाए। गेरा उज्जा अनि अहीहूदका पिता थिए।

शहरेमले आफ्नी पत्नीहरू हूशीम अनि बारालाई मोआबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो। 9-10 शहरेमका योबाब, सिब्या, मेशा, मल्काम, यूस, साकिया अनि मिर्मा तिनकी पत्नी होदेशबाट जन्मिए तिनीहरू आफ्ना परिवारहरूका प्रधानहरू थिए। 11 शहरेम अनि हुशीमका अबीतूब अनि एल्पाल नाउँका दुइ छोराहरू भए।

12-13 एल्पालका छोराहरू एबेर, मिशाम, शेमेद, बरीअ अनि शेमा थिए। शेमेदले ओनो र लोद शहरहरू अनि लोदको वरिपरि सा-साना शहरहरू बसाए। बरीआ अनि शेमा अय्यालोनमा बस्ने परिवार-परिवारका अगुवाहरू थिए। ती छोराहरूले गातमा बस्ने मानिसहरूलाई गात छाड्न बाध्य गराए।

14 बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए। 15 जबदियाह, अराद, एदेर, 16 मिखाएल, यिश्पा अनि योहा थिए। 17 एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर, 18 यिश्मरै, यिज्लीआ अनि योबाब थिए।

19 शिमीका छोराहरू याकीम, जिक्री, जब्दी, 20 एलीएनै, सिल्लतै, एलीएल, 21 अदायाह, बरायाह अनि शिम्रात थिए।

22 शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल, 23 अब्दोन, जिक्री, हानान, 24 हनन्याह एलाम, अन्तोतियाह, 25 यिपदिया अनि पनूएल थिए।

26 यरोहामका छोराहरू- शम्शरै, शहर्याह, अतल्याह, 27 यारेश्याह, एलिया अनि जिक्री थिए।

28 यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।

29 यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो। 30 यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शूर, कीश, बाल, नेर, नादाब, 31 गदोर अहियो, जेकेर अनि मिक्लोत थिए। 32 मिक्लोत शिमाका पिता थिए। यी छोराहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे।

33 नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।

34 जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।

35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे अनि आहाज थिए।

36 आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए। 37 मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।

38 आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।

39 आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए। 40 ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए।

यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।

प्रेरित 27:1-20

पावल समुद्रयात्राद्वारा रोम

27 यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौं। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए। हामी एड्रमिटियमबाट आएको एशियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढ्यौं जुन जानु तयार थियो। हामीसँग अरिस्तार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सलोनिकाका एक नागरिक थिए।

अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसँग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्। हामीले सायडन शहर छोड्यौं अनि साइप्रस टापूको छेऊ लागेर गयौं किनभने बतास हाम्रो विपरीत बहँदै थियो। हामीले सिलिसिया र प्याम्फिलिया तट हुँदै समुद्र पार गरयौं। त्यसपछि हामी लाइसियामा माइरा आईपुग्यौ। माइरामा त्यस सैन्य अधिकारीले अलेकजाण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए।

हामी समुन्द्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिंडी रह्यौं किनभने बतास हाम्रो मार्गको विरुद्ध चलिरहेको थियो अनि स्नाइडस् भन्ने ठाउँमा खुब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौ। यसकारण हामी सालमोन छेउ क्रेट टापूको दक्षिण तिर लाग्यौ। खुबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लुसिया भन्ने शहर त्यहाँ देखि नजिकै थियो।

तर हामीले निकै समय नष्ट गरेका थियौं। यो समुद्र यात्रा गर्नु भयङकर डरलाग्दो थियो किनभने यहूदीहरूका उपवासको दिन गइसकेको थियो। यसैले पावलले तिनीहरूलाई सावधान गराए र भने, 10 “हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।”

11 तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरू उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने। 12 अनि सुरक्षित बन्दरगाहमा शीतकालमा जहाज राख्न उचित जग्गा थिएन। यसैले धेरै मानिसहरूले जहाज त्यहाँ नराख्ने निर्णय लिए। मानिसहरूले फोनिक्स जान सकिने आशा गरे। शीतकालमा जहाज त्यहाँ रोकिन अथवा रहन सक्थ्यो। फोनिक्स एउटा दक्षिण पश्चिम अनि उत्तर पश्चिम पट्टि फर्केको क्रेट टापूको शहर थियो।

आँधी-तूफान

13 त्यसपछि, मन्द बतास दक्षिणबाट बहन थाल्यो। जहाजका मानिसहरूले भने, “यस्तै बतासको प्रतिक्षा गरिरहेका थियौं, ऐले हामीले त्यस्तै पायौं!” यसकारण तिनीहरूले लङ्गार ताने। जहाजलाई क्रेटको किनारै किनार पारेर लगे। 14 तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो। 15 त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाड्यौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं।

16 हामी तलतिर सानो टापू कलौदा गयौ। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं। 17 जीवनरक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावओस् भनेर पाल मुनी झारे।

18 अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके। 19 एकदिन पछि तिनीहरूले जहाजको यन्त्रहरू पनि फ्याँकीदिए। 20 धेरै दिनसम्म यस्तो बाक्लो आँधीले गर्दा हामीले घाम, ताराहरू केही पनि देखेनौं। आँधी एकदमै डरलाग्दो गतिमा चल्यो। हामीले बाँच्ने आशा त्याग्यौं। हामी मर्ने रहेछौ भनेर सोच्यौं।

भजनसंग्रह 7

परमप्रभुको लागि गाइने दाऊदको यो भजन कूशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्।

हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु।
    ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु।
    मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!

हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ।
    म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्।
    म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्।
    मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्।
    मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलो-मूलोमा फालिदिउन्।

हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्।
    मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्।
    हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्।
    परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्।
    मेरो न्याय गर्नुहोस्।
    म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्,
    अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्।
हे परमप्रभु, तपाईंले
    मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।

10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ।
    यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
11 परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ,
    उहाँ सधैँ अधर्मको विरूद्ध बोल्नु हुन्छ।
12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
    यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने,
परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ।
    परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ
    अनि काँड हान्न तयार हुनुहुन्छ।

14 दुष्ट मानिसहरूले दिएको कष्ट
    र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ।
    यस विषायमा तपाईंले केही गर्नुहोस्।
15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्।
    दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्,
    जो अरूको लागि कपटी छन्।
    तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ।
सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।

हितोपदेश 18:22

22 जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्यो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International