Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 5:18-6:81

युद्धमा निपुण केही सैनिकहरू

18 मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए। 19 तिनीहरूले हगारीहरू र यतूर, नापीश अनि नोदाबका मानिसहरूसित युद्ध शुरू गरे। 20 मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरूले युद्धमा परमेश्वरसित प्रार्थना गरे। तिनीहरूले परमेश्वरसित सहायता मागे किनभने तिनीहरूले उहाँमा भरोसा गरेका थिए। यसर्थ परमेश्वरले तिनीहरूलाई सहायता गर्नु भयो। परमेश्वरले तिनीहरूलाई हगारीहरूलाई हराउन आशिष दिनुभयो। अनि तिनीहरूले अन्य मानिसहरूलाई पनि हराए जो हगारीहरूसित थिए। 21 तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेंडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे। 22 धेरै हगारीहरू मारिए किनभने परमेश्वरले रूबेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहरूलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्।

23 मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।

24 मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए। 25 तर ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले पुज्ने परमेश्वरको विरूद्ध पाप गरे। तिनीहरूले त्यस भूमिका देवताहरूको पूजा गर्न शुरू गरे। परमेश्वरले ती मानिसहरू जसलाई पहिले ध्वस्त गर्नु भएको थियो।

26 इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पूल अश्शूरका राजा थिए। तिनलाई तिग्लत-पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।

लेवीका सन्तानहरू

लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।

कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।

अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।

हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए। एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए। अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए। उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए। मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए। अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए। अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए। 10 योहानान अजर्याहका पिता थिए। (अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमानद्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।) 11 अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए। 12 अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए। 13 शुल्लूम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए। 14 अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए।

15 यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेस्सरलाई प्रयोग गर्नुभयो।

लेवीका अन्य सन्तानहरू

16 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।

17 गेर्शोमका छोराहरूको नाउँ: लिब्नी र शिमी थिए।

18 कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।

19 मरारीका छोराहरूः महली अनि मूशी थिए।

यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।

20 यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए। 21 योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।

22 यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए। 23 एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए। 24 जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।

25 एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए। 26 सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए। 27 एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए। 28 शमूएलका जेठा छोरा योएल र कान्छा अब्याह हुन्।

29 यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए। 30 शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।

मन्दिरका सँगीतकारहरू

31 यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने। 32 यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउन्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुशरण गर्दै सेवा गरे।

33 यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले सँगीतद्वारा सेवा गरे।

कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए। 34 शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए। 35 तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए। 36 योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए। 37 सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। 38 कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।

39 आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए। 40 शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बसेयाह मल्कियाहका छोरा थिए। 41 मल्कियाह एत्नीका छोरा थिए। एत्नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए। 42 अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जिम्मा शिमीका छोरा थिए। 43 शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।

44 मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए। 45 मल्लूक हश्बयाहका छोरा थिए। हश्बयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए। 46 हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए। 47 शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।

48 हेमान अनि आसापका दाज्यू-भाइहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो। 49 तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुशरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।

हारूनका सन्तानहरू

50 यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए। 51 बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए। 52 मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए। 53 सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।

लेवी परिवारहरूका निम्ति घरहरू

54 यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो। 55 तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो। 56 तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो। 57 हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो, 58 हीलेन, दबीर, 59 आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। 60 बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।

कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।

61 कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।

62 ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।

63 परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।

64 यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए। 65 तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।

66 एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए। 67 तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए। 68 योकमाम, बेथहोरोन, 69 अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए। 70 अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसँगै खेतहरू पनि पाए।

अन्य लेवी परिवारहरूले घरहरू प्राप्त गरे

71 गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसँगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।

72-73 गेर्शोम परिवारहरूले केदेश, दाबरत, रामोत अनि अनेम शहरहरू पनि इस्साकारका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरू नजिकका खेतहरू पनि यी शहरहरूसितै पाए।

74-75 गेर्शोम कुलहरूले माशाल, अब्दोन, हूकोक अनि रहोबले पनि आशेरका कुल समूहबाट शहरहरू पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।

76 गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।

77 बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।

78-79 मरारी परिवारहरूले मरुभूमिको बेसेर अनि यहसा, शहरहरू रूबेनका कुल समूहबाट पाए। रूबेनका कुल समूह यर्दन नदी पारि यरीहो शहरको पूर्वमा बस्थे। यी मरारी परिवारहरूले ती शहरहरूसितै नजिकका खेतहरू पनि पाए।

80-81 अनि मरारी वंशहरूले गिलादको रामोत, महनेम, हेश्बोन, अनि याजेर शहरहरू गादका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरूसँगै नजिकका खेतहरू पनि पाए।

प्रेरित 26

पावल राजा अग्रिपा समक्ष

26 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले। “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु। म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले तर्क गर्छन् सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।

“सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्। यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु। यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ। तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?

“जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ। 10 अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ। 11 जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।

पावलले येशूलाई देखेको कुरा भन्दछ

12 “एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए। 13 हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसँग जाने मानिसहरूका वरिपरि चम्कियो। 14 हामी सबै जना भूइँमा लड्यौ। त्यसपछि मैले यहूदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसँग लडेर केवल आफैंलाई चोट पुर्याइरहेका छौ।’

15 “मैले भने, ‘तिमी को हौ प्रभु?’

“प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ। 16 उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ। 17 म तिम्रो आफ्नै मानिसहरूलाई तिमी माथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु। 18 तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अँन्ध्यारोबाट उज्यालोमा फर्कनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसँग एक बनाइनेछ।’”

पावलले आफ्नो कार्यको विषयमा भन्छन्

19 पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन। 20 मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति फर्क र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदियाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।

21 “यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे। 22 आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु। 23 तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”

पावलले अग्रिपालाई मनाउन खोज्यो

24 पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”

25 पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्। 26 राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन। 27 राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।”

28 राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?”

29 पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङ्लो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”

30 राजा अग्रिपा, राज्यपाल फेस्तस, वर्णिस अनि तिनीहरूसँगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जुरूक्क उठे। 31 सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।” 32 अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”

भजनसंग्रह 6

संगीत प्रमुखलाई, तार-वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।

हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
    तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
हे परमप्रभु, ममाथि दया राख्नुहोस्
    कारण म रोगी र कमजोर छु।
मलाई निको पार्नुहोस्!
    मेरो हड्डीहरू दुःखीरहेका छन्।
    मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस!
    तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्।
    मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्।
    यसैले मलाई निको पार्नुहोस्!

हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें।
    मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ।
आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ।
    म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए।
    त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो।
    अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।

दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
    किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।

10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।
    अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।

हितोपदेश 18:20-21

20 आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ, त्यसमा ऊ सन्तुष्ट हुन्छ।

21 आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International