Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 2:18-4:4

कालेबका सन्तानहरू

18 कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।[a] अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए। 19 जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे। 20 हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।

21 पछि, जब हेस्रोन साठ्ठी बर्षका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्। 22 सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए। 23 तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका स-साना शहरहरू थिए। जम्मा साठ्ठीवटा स-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।

24 हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।

यरहमेलका सन्तानहरू

25 यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए। 26 यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।

27 यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।

28 ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।

29 अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।

30 नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।

31 अप्पेमका छोरा यिशी थिए। यिशीका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।

32 यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।

33 जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।

34 शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशानकहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।

35 शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।

36 अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए। 37 जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए। 38 ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए। 39 अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए। 40 एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए। 41 शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।

42 कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।

43 हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए। 44 शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए। 45 शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।

46 कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।

47 यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन्।

48 माका कालेबकी अर्की उप-पत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्। 49 माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।

50 यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल, 51 बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।

52 शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू, 53 अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।

54 यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए। 55 अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।

दाऊदका छोराहरू

दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः

दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्।

माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।

साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए।

काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।

अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्।

कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।

दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए।

दाऊदले त्यहाँ सात बर्ष छः महीना शासन गरे। दाऊदले यरूशलेममा 33 बर्ष सम्म राज गरे।

यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्।

दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान। 6-8 अन्य नौ जना छोरा छोरीहरू थिए, यिभार, एलीशूअ, एलीपेलेत, नोगह, नेपेग, यापी, एलीशामा, एल्यादा अनि एलीशापेलेत। तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्।

दाऊद पछि यहूदाका राजाहरू

10 सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए। 11 यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए। 12 योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए। 13 योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए। 14 मनश्शेका छोरा आमोन थिए। आमोनका छोरा योशियाह थिए।

15 यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।

16 यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए।

बाबेल कब्जा पछि दाऊदको परिवार

17 यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल, 18 मल्कीराम, पदायाह, शेनस्सर, यकन्याह, होशामा अनि नदब्याह थिए।

19 पदायाहका छोराहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्। 20 यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो।

21 हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।

22 यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।

23 नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अज्रीकाम थिए।

24 एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।

यहूदाका अन्य कुल समूहहरू

यो यहूदाका छोराहरूको सूची हो:

ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।

शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।

एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।

पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।

यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।

प्रेरित 24

यहूदीहरूले पावललाई दोष लगाए

24 पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए। पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले,

“महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूर-दर्शिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए। हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ। तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला। यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो। 6-8 यसले मन्दिर अपवित्र बनाउन खोजिरहेको थियो तर हामीले यसलाई रोक्यौ। जब तपाईंले यस मानिसलाई जाँच गर्नु हुनेछ हामीले उमाथि लाएको सबै दोषहरू सत्य हुन भन् आफैं बुझ्नु हुनेछ।” अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।”

पावल फेलिक्सको अगाडी

10 राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु। 11 म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफैं यो सत्य हो भनेर जाँच्न सक्नु हुन्छ। 12 यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसँग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन। 13 ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्।

14 “तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु। 15 म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठ्नेछ। 16 यही कारणले म सधैँ परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।

17-18 “म धेरै वर्षदेखि यरूशलेमबाट टाढा रहेको थिएँ। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ। जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिएँ। 19 तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसँग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने 20 अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ। 21 मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।’”

22 फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।” 23 फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु।

पावल फेलिक्स र उहाँको पत्नीसँग बोल्दछन्।

24 केही दिन पछि फेलक्स आफ्नी यहूदी पत्नीसँग आए। उनको नाउँ द्रूसिल्ला थियो। फेलिक्सले पावललाई ल्याउनु भनेर आज्ञा दिए। फेलिक्सले ख्रीष्ट येशूमा विश्वासप्रति पावलले भनेको कुराहरू सुने। 25 तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसँग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।” 26 तर फेलिक्सको पावलसँग बात गर्ने अर्को कारण थियो। फलिक्सले पावलबाट घुस पाउने आशा गरेका थिए। यसर्थ उनले पावललाई बारम्बार बोलाएर कुराकानी गर्थे।

27 तर दुइ वर्ष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।

भजनसंग्रह 4

प्रमुख संगीतकारको लागिः तार भएको बाजासहित (वीणा-वाद्य) दाऊदको भजन।

हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु
    मलाई जवाफ दिनुहोस्।
मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्!
    मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!

हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ?
    मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ।
    त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।

तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ।
    यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।

यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर।
    जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ,
    र उहाँमा भरोसा राख।

धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?”
    हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!
हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो।
तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो।
    जब हामीसँग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।
जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु।
    किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउँन दिनुहुन्छ।

हितोपदेश 18:16-18

16 उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महा-पुरूषहरूको सामुन्ने पुग्न सक्छ।

17 आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुन्जेलसम्म सही जस्तो लाग्छ।

18 गोला हालेर झगडा़ मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्दिहरूलाई छुट्टाइन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International