Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 121

मन्दिरतर्फ जाँदा दाऊदको भजन।

121 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
    तर मेरो सहायता कहाँबाट आउँछ?
मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
    परमप्रभुबाट आउँछ।
परमेश्वरले पतनहुन दिनु हुनेछैन,
    तिम्रो संरक्षक निदाई जाने होइन।
इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
    परमेश्वर कहिल्यै निदाउनु हुन्न।
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
    उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
तिमीलाई दिउँसो घामले
    अनि राती जूनले हानि पुराउँदैन।
परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
    परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
    परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

उत्पत्ति 32:3-21

याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो। याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन, ‘तपाईंका सेवक याकूब भन्छन्: म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु। मसित गाई, गधा, भेंडाहरू र नोकर-नोकर्नी छन्। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदैछु।’”

ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदैछन्।”

त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुइ भागमा बाँड्यो। उनले गाई-वस्तु, भेंडा बाख्राहरू र ऊँटहरू दुइ भाग पार्यो। याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।”

याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ। 10 तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु। 11 म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउँनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ। 12 तर तपाईं आफैंले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउँने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।’”

13 अनि याकूबले त्यो रात त्यहीं बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो। 14-15 याकूबले दुइ सयवटा बाख्रा, बीसवटा बोका, दुइ सयवटा भेंडा, बीसवटा ठूलो भेंडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्‌यायो। 16 याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्‌याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।” 17 याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’ 18 तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।’”

19 याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु। 20 तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।’”

याकूबले सोच्यो, “यदि यी उपहारहरूसँगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।” 21 यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।

मर्कूस 10:46-52

येशूद्वारा अन्धो मानिस निको

(मत्ती 20:29-34; लूका 18:35-43)

46 उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसँग त्यो शहर छोड्दै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै (“तिमैको छोरो”) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैँ पैसा मगिरहन्थ्यो। 47 त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशू, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”

48 धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु भनि हुकूम गरे। तर त्यो अन्धो मानिस झन्-झन् चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मद्दत गर्नुहोस्।”

49 येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।”

अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।” 50 त्यो अन्धो मानिस जुरुक्क उठ्‌यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रँदै येशूकहाँ गयो।

51 येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?”

त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”

52 येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ।” त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International