Revised Common Lectionary (Complementary)
यो आफ्ना छोरो अब्शालोम देखि भागेर जाँदा दाऊदको भजन हो।
3 हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्।
धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
2 धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्।
तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”
3 तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ।
परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ।
तपाईंले मलाई महान् बनाउनु भयो।
4 म परमप्रभुलाई प्रार्थना गर्नेछु
र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।
5 म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु।
किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ!
6 मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्,
तर म ती शत्रुहरूदेखि डराउने छैन!
7 हे परमप्रभु, उठ्नु होस्!
हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!
यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने
तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।
8 हे परमप्रभु, विजय तपाईंको हो!
आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहोस्।
12 “ती दुष्ट शासकहरूलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरूलाई मारेर शहरको निर्माण गर्छन् अनि दुष्ट्याईंद्वारा शहरहरू स्थापित गर्छन् तिनीहरूलाई नराम्रो हुनेछ। 13 सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरूले निर्माण गरेको शहरहरू सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरूको सबै मेहनत बेकामको भएर जानेछ। 14 तब सबै तिर मानिसहरूले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिंजिन्छ त्यसरि नै फिंजिनेछ। 15 हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरूलाई तिनीहरूलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झैं नहुन्जेल सम्म कुर्छौ र जब तिनीहरू नाङ्गो लड्छन् तब हेर्छौ।[a]
16 “तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ।
“हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ। 17 लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरू लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरू अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरू अनि त्यहाँका मानिसहरूलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”
मूर्तिहरूको विषयमा समाचार
18 उसका झूटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ। यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन। 19 जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।
20 तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पूर्ण पृथ्वी चुप बसेर उहाँप्रति सम्मान प्रकट गर्नु पर्छ।
येशूले भन्नुभयो अन्जीरको रूख मर्नेछ
(मत्ती 21:18-19)
12 अर्को दिन, तिनीहरूले बेथानि छोड्नुभयो। येशू भोकाउनु भएको थियो। 13 येशूले टाढामा एउटा अन्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अन्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अन्जीरको फल फल्ने समय थिएन। 14 अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने।
येशूद्वारा विश्वासको शक्ति प्रदर्शन
(मत्ती 21:20-22)
20 अर्को बिहान, येशू आफ्ना चेलाहरूसँग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अन्जीरको रूख देखे जसलाई येशूले शराप दिनुभएको थियो। अन्जीरको रुख जरादेखि टुप्पो सम्मै सुकिसकेको थियो। 21 पत्रुसले येशूलाई भने, “हे रब्बी, अन्जीरको रूखलाई हेर्नुहोस् जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”
22 यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख। 23 म तिमीहरूलाई साँच्चो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्ने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ। 24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ।
© 2004, 2010 Bible League International