Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:65-72

तेथ्

65 परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो।
    तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
66 हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्।
    म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु।
67 म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ
    तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
68 परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ।
    मलाई तपाईंको नियमहरू सिकाउनु होस्।
69 मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्।
    तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।
70 ती मानिसहरू अत्यन्त मूर्ख छन्।
    तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।
71 मेरो निम्ति वेदना उत्तम थियो।
    मैले तपाईंको नियमहरू सिकें।
72 हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्।
    तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरू भन्दा उत्तम छन्।

2 इतिहास 12:1-12

मिश्रदेशका राजा शीशकले यरूशलेममाथि आक्रमण गर्छन्

12 रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।

रहबामको राज्यकालको पाँचौं बर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्। शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए। शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए।

तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्यागेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिनानै तँलाई शीशकको सामना गर्न छोड्ने छु।’”

तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखीत भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो।

परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन। तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”

शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए। 10 राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए। 11 जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।

12 जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंश पार्नु भएन। त्यहाँ यहूदामा केही असल कुरा पनि थियो।[a]

हिब्रू 13:7-21

आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। येशू ख्रीष्ट हिजो, आज र सधैँ एक समान हुनुहुन्छ।

किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।

10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। 11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्। 12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। 13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। 14 यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। 15 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। 16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।

17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।

18 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैँ जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ। 19 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढ़ता म केही चाहन्न।

20-21 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International