Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति दाऊदको भजन।
62 मेरो प्राणले धैर्यसित परमेश्वरलाई मेरो सुरक्षाको निम्ति पर्खिन्छ।
मेरो उद्धार उहाँबाट मात्रै आउँदछ।
2 मसँग धेरैजना शत्रुहरू हुन सक्छन, तर परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ।
परमेश्वर अग्लो पर्वतमा मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
कुनै ठूलो सैनिकले पनि मलाई परास्त गर्न सक्तैन।
3 कहिले सम्म तिमीले मलाई आक्रमण गर्नेछौ?
म ढल्की सकेको भित्ता जस्तो छु,
ढल्न तयार भएको बार हुँ।
4 मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि,
ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्।
मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्।
जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन्
तर गुप्त रूपमा भने मलाई सराप्दछन्।
5 मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।
परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
6 परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ।
परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
7 मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।
उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ।
8 हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख।
तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ।
परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
9 मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।
तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ।
परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन्
फगत तिनीहरू पानीको वाफ हुन्।
10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।
चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच।
अनि जब तिमी धनाढ्य हुनेछौ,
सहयोगको लागि धनीहरूमाथि आशा नगर।
11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,
अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’”
12 हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ।
परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।
8 परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो,
“म यो कुरालाई घृणा गर्छु, जसमा याकूबले घमण्ड गर्छ।
म उसको अट्टालिकाहरूलाई घृणा गर्छु।
यसकारण शत्रुलाई शहर र यसमा भएको,
प्रत्तेक कुरा लिन दिनेछु।”
त्यहाँ केही इस्राएलीहरू मात्र जीवित छोडिन्छ
9 यस्तो हुनेछ यदि दशजना मानिसहरू घरभित्र छन् भने, तिनीहरू सबै मर्नेछन्। 10 जब उनका मानिसहरू उसको लास जलाउन लिन आउँछन्, तिनीहरूले उसको हड्डी बाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुक्नेलाई सोध्छ, “तिमीसित अन्य लासहरू छन्?”
तिनीहरूले जवाफ दिनेछन्, “छैन, …।”
त्यस समय त्यस आफन्तले भन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”
11 हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि
बिशाल महल टुक्रा-टुक्रा पारिनुपर्छ।
र सानो घरहरू अझ सानो-सानो टुक्रा पारेर भत्काउनु पर्छ।
12 के घोडाहरू चट्टानमाथि दर्गुछ? अँहँ, छैन।
के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अँहँ छैन।
तर पनि तिमीहरूले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ।
तिमीले त राम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ,
र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।
13 तिमीहरू लो-देबारको पराजयमा खुशी हुन्छौ।
तिमी भन्छौ, “हामीले कर्मेललाई आफ्नो शक्तिले जितेका हौं।”
14 “इस्राएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा़ गर्नेछु। अनि तिनीहरूले तिमीहरूलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।” सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।
लाउडिसियको मण्डलीलाई येशूको पत्र
14 “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“आमिन[a] एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँच्चो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ
15 “तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ। 16 तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु। 17 तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ। 18 म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ।
19 “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। 20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।
21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें। 22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”
© 2004, 2010 Bible League International