Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
101 म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु।
परमप्रभु, म तपाईंको निम्ति गाउने छु।
2 म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु।
म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु।
परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ?
3 म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन,
म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ।
म त्यस्तो घृणित कामहरू गर्नेछैन!
4 म ईमान्दार हुनेछु।
म दुष्टपूर्ण कामहरू गर्नेछैन।
5 यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने,
म त्यस मानिसलाई रोक्छु।
आफूलाई घमण्ड गर्ने र अरू भन्दा म श्रेष्ठ छु भनेर सोंच्नेहरूलाई
म अनुमति दिनेछैन।
6 म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ
अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु।
खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जीवन जिउँछ।
7 म मेरो घरमा झूटाहरू बस्न दिने छैन।
म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन।
8 यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सधैँ नाश गर्नेछु।
परमेश्वरको शहरबाट जानलाई म ती सब दुष्टहरूलाई बाध्य पार्नेछु।
सामरियेली मानिसहरूको शुरूआत
24 अश्शूरका राजाले इस्राएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अश्शूरका राजाले बाबेल कूता, अब्बा, हमात र सपर्वेमबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले। 25 जब ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे। 26 केही मानिसहरूले अश्शूका राजालाई भने, “ती मानिसहरू जसलाई तिमीले लग्यौ अनि सामरियाका शहरहरूमा बस्न लगायौ। त्यस देशका देवताको नियमहरू जान्दैनन्। यसकारण देवताले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाए। सिंहहरूले ती मानिसहरूलाई मारे किन भने तिनीहरू त्यस देशका देवताको नियम जान्दैन थिए।”
27 यसकारण अश्शूरका राजाले यस्तो आदेश दिएः “तिमीले सामरियाबाट केही पूजाहारी ल्याउ। ती पूजाहारीहरूमध्ये एक जनालाई पठाऊ जसलाई बन्दी बनाएर सामरिया लगेको थिए। त्यो पूजाहारी जाओस् अनि त्यहीं बसोस। तर त्यस पूजाहारीले मानिसहरूलाई त्यस देशको देवताको नियम पढाउन सक्नेछन्।”
28 यसकारण पूजाहारीहरूमध्ये एक जना जसलाई अश्शूरीहरूले सामरियाबाट ल्याएका थिए, उनी बेतेलमा बस्न आए। यस पूजाहारीले मानिसहरूलाई कसरी तिनीहरूले परमप्रभुको सम्मान गर्नुपर्छ बताए।
29 तर ती सबै मानिसहरूले आ-आफ्नो देवताहरू बनाए अनि अग्लो ठाउँहरूमा भएका मन्दिरहरूमा तिनीहरूलाई स्थापित गरे जो सामरीहरूले बनाएका थिए। ती मानिसहरूलाई यस्तै गरे जहाँ-जहाँ तिनीहरू बस्थे। 30 बाबेलका मानिसहरूले झूटा देवता सुक्कोत-बनोत बनाए। कूतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए। 31 अब्बाका मानिसहरूले झूटा देवता नेभज र तर्ताक बनाए अनि सपर्वेका मानिसहरूले आफ्ना झूटा देवताहरूको सम्मान गर्नका लागि आफ्ना नानीहरू आगोमा जलाए। झूटा देवताहरू अद्रमेलेक र अनमेलेक थिए।
32 तर ती मानिसहरूले परमप्रभुको पनि आराधना गरे। तिनीहरूले मानिसहरूबाट अग्ला पूजा स्थलका लागि पूजाहारीहरू रोजे। ती पूजाहारीहरूले ती पूजा स्थलहरूमा मन्दिरभित्र मानिसहरूका लागि बलि दिए। 33 तिनीहरूले परमप्रभुको आदर गरे तर तिनीहरूले आफ्ना देवताहरूको पनि सेवा गरे। ती मानिसहरू आफ्ना देवताहरूको सेवा त्यसरी नै गर्दथे जसरी तिनीहरू ती देशमा गर्दथे जहाँबाट तिनीहरूलाई ल्याइयो।
34 आजसम्म ती मानिसहरू त्यसरी बस्छन् जसरी तिनीहरू अतीतमा बसेका थिए। तिनीहरूले परमप्रभुको डर मान्छन् नत भक्ति नै गर्छन्। तिनीहरूले नियमको, निर्देशन, व्यवस्था अथवा आदेशहरू जुन परमप्रभुले याकूबको सन्तानहरूलाई दिएको थियो पालन गर्देनन्। 35 परमप्रभुले इस्राएलका मानिसहरूसँग एउटा करार गर्नुभयो। परमप्रभुले तिनीहरूलाई आदेश दिनुभयो, “तिमीहरूले अरू देवताहरूको आदर नगर। तिमीहरूले तिनीहरूको पूजा गर्नु हुँदैन, सेवा गर्नु हुँदैन अथवा बलि चढाउनु हुँदैन। 36 तर तिमीहरूले परमप्रभुको अनुशरण गर्नु पर्छ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ जसले तिमीलाई मिश्रबाट बाहिर ल्याउनुभयो। परमप्रभुले तिमीलाई बचाउनका लागि आफ्नो महाशक्ति प्रयोग गर्नुभयो। तिमीले परमप्रभुको आराधना गर्नुपर्छ अनि उहाँका लागि बलि चढाउनु पर्छ। 37 तिमीले विधिहरू, नियमहरू, उपदेशहरू तथा आदेश पालन गर्नु पर्छ जो उहाँले तिम्रो निम्ति लेख्नुभएको थियो। तिमीले यी कुराहरू सधैँ हर समय पालन गर्नु पर्छ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन। 38 तिमीले त्यो करार बिर्सिनु हुँदैन जो मैले तिमीहरूसित गरेको थिएँ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन। 39 तिमीले परमप्रभु तिनीहरूको परमेश्वरको मात्र डर मान्नु पर्छ अनि आदर गर्नुपर्छ। तब उहाँले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट बचाउनु हुनेछ।”
40 तर इस्राएलीहरूले सुनेनन्। तिनीहरू त्यही कामहरू गरिनैरहे जस्तो पहिला गर्दथे। 41 यस प्रकार अहिले अरू राष्ट्रहरू परमप्रभुको सम्मान गर्छन् तर तिनीहरू आफ्ना देवताका मूर्तिहरूको पनि सेवा गर्दछन्। तिनका छोरा-छोरी र नाता नातिनीहरू त्यही काम गर्छन जो उनका पुर्खाहरू गर्दथे। तिनीहरू अझै पनि ती कामहरू गर्छन्।
हाम्रो जीवनको रहस्य
14 म तिमी भएकोमा चाँडै आउन सकुँला कि भन्ने आशा छ। अहिलेलाई म यो पत्र लेख्दैछु। 15 यदि म तिमीकहाँ झट्टै आउन सकिनँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जानेकैछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खाँबा र जग हो। 16 निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छः
उहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो,
आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ।
उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो,
सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो,
विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे।
अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
झूटा शिक्षकहरू बारे सावधान
4 पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाड्नेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुशरण गर्नेछन्। 2 यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ। 3 ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्। 4 पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन। 5 परमेश्वरको वचन अनि प्रार्थनाद्वारा हरेक कुरो पवित्र बन्दछ।
© 2004, 2010 Bible League International