Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
आमोस 6:1

इस्राएलबाट राम्रो समय लिइनेछ

हाय! तिमीहरू आफैंलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरू,
    अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरू।
तिमी “महत्वपूर्ण मानिस” जसकहाँ “इस्रएलका राजपरिवार”
    सल्लाहको लागि जान्छन्, तिमीहरूका निम्ति अनिष्ठ हुनेछ।

आमोस 6:4-7

हाय! हेर तिमीहरू आफैंलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ
    अनि सोफामा आफैं तन्कन्छौ।
यिनीहरू नै हुन् जो बथानवाट थुमाहरू खान्छन्
    र गाईको बथानबाट बाछो खान्छन्।
तिमीहरू गरीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ।
    तिमीहरू अल्छिगरि वीणा बजाउँछौ,
तिमीहरू दाऊद जस्तै आफ्नै निम्ति वाद्यहरूको आकार बनाउँछौ[a]
    जसमा आफ्ना गीतहरू बजाउँछौ।
तिमीहरू सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ।
    तिमीहरू उच्चस्तरीय तेलले आफू मालिस गर्छौ।
अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि
    यूसुफ को परिवार नष्ट गरिंदैछ भन्ने।

यसकारण तिनीहरू निस्कासित हुनेछन्। हो, तिनीहरू बन्द बनाई लगिनेहरूमा प्रथम हुनेछन्। तिनीहरू मर्नेमा पहिलो हुनेछन्। तिनीहरूका भोजहरू र मोजमज्जाको अन्तहुनेछन्।

भजनसंग्रह 146

146 परमप्रभुको प्रशंसा गरौं!
    हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
    जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
    किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
मानिसहरू मर्दछन् र गाडिन्छन्,
    अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
    ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
    परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो।
परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ।
दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
    परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
    परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्।
    परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
    परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
    तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ
    हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।

परमप्रभुको प्रशंसा गरौं!

1 तिमोथी 6:6-19

निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने। जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं। यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं। तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ। 10 पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।

याद गर्नु पर्ने केही कुराहरू

11 तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर। 12 आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्। 13 परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु। ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः 14 तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर। 15 ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। 16 परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।

17 यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ। 18 धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँड्नुमा खुशी हुनु भन्नु। 19 त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।

लूका 16:19-31

धनी मानिस र लाजरस

19 येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो। 20 त्यहाँ लाजरस नाउँ गरेको एक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो। 21 यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।

22 “केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकेर अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो। 23 त्यसलाई नरकलोकमा पठाइयो अनि खुबै कष्ठमा पर्यो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो। 24 त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्। किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’

25 “तर अब्राहमले भने, ‘हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ। 26 तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।’

27 “त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्। 28 मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्।

29 “तर अब्राहाले भने, ‘तिनीहरूको लागि पढ्न मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।’

30 “तर त्यो धनी मानिसले भन्यो, ‘होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’

31 “फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।’”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International