Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन।
12 हे परमप्रभु मलाई बचाउँनु होस्!
अब धार्मिक मानिसहरू छैनन्।
त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
के भन्नु पर्ने हामी जान्दछौं,
यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
5 तर परमप्रभु भन्नुहुन्छ,
“दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
तर म ती असहाय मानिसहरूको
पक्ष लिएर लडाइईँ गर्नेछु।”
6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
तातो आगोमा बिलाएको चाँदी जस्तो,
तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।
8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्।
तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्,
जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।
17 प्रत्येक मानिसले झगडा़ गर्दै अन्नले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।
2 एकजना बुद्धिमान नोकरले एकजना हड़बडाउँने छोरामाथि शासन गर्छ, अनि उसले एउटा दाज्यू-भाइ झैं पैतृक धन प्राप्त गर्छ।
3 सुन अनि चाँदीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाँचिन्छ।
4 दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनि
ढँटुवाहरूले अरूको निन्दा सुन्छ।
5 जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।
19 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। 20 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ। 21 ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु। 22 कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ। 23 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ।
© 2004, 2010 Bible League International